Top Navigation
Main Navigation
बुधबार, चैत २५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, चैत २५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • कविता : किन माफि दिने तिमीलाई
कविता : किन माफि दिने तिमीलाई
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, साउन १९, २०७९

अज्ञात त्यो नाममा तिमीले
युगलाई धमिलो बनायौं
जसरी धमिराले
काठलाई धुमिल बनाउँछ
ठिक त्यसैगरी तिमीले
यो समाजलाई
धुमिल बनायौ
हत्याको नाममा
हिंसाको नाममा
आतंकको नाममा
अपहरणको नाममा
फिरौतीको नाममा ।

तिमीले जनताको नाममा
चलाएको क्रान्तिमा
बास दिने आमा
बाबा, दिदी, बहिनी, दाई सबैको
बर्खिलाप गरी 
तिमीले आफूलाई
अव्वल बनाउँदै
आफ्नो योगदान मात्रको कुरा गर्दै
ति बा आमाको योगदानलाई
तिलाञ्जली दियौं
समानताको नाममा
समावेशीताको नाममा
विभेद गर्यौ तिमीले

तिमीले कहिल्यै सोधेनौं
तिम्रा आदेशमा अपहरणमा परि
ज्यान गुमाएका बाका
सन्तानहरुलाई
अनि कहिल्यै सोधेनौंं
अपहरणमा परि ज्यान बचाएका
बालाई
किन हत्या गरे
अनि किन हत्या गरिन भनेर
आज यसको जवाफ तिमीले
दिनै पर्छ
यदि तिम्रो क्रान्ति जनताको
हितमा थियो भने ।

हत्याको बलमा राज्यको
माथिल्लो निकायमा तिमि पुग्दा
तिमीलाई याद हुनपर्छ
एक छाक खाना काटेर
तिम्रा लालसेना पालेको
अनि तिनै लालसेना
आजको खाडीको तातो घाममा
पसिनाका धारा बगाउदै
परिवार पाल्न विवश छन्
तिमी तिनलाई आज
गद्धारको शंज्ञा दिई
पार्टीको सदस्यता 
खारेज गरी
आफूलाई अव्वल क्रान्तिकारी
बनाउँन तल्लिन छौं

तिमीले सिकाएको क्रान्तिले
कुन ठाउँको विकासको मुल फुट्यो ?
तिमी भन्छौ
संघीयता मैले ल्याएको
गणतन्त्र मैले ल्याएको
राष्ट्रियता मैले बचाएको
स्वातन्त्रता मैले दिलाएको
तिमीले दिएको स्वतन्त्रताले केहीलाई
महाजन बनायो यहाँ
नयाँ मुल फुट्यो भ्रष्टचारको
तिमी त्यसैमा रमाएर
सामान्तको हात समाई
बसेका छौं
अव तिमीलाई जनताको अधिकार भन्दा
आफ्नो जिवन प्यारो लाग्न थालेको छ ।
त्यसैले त ?
किन माफी दिने तिमीलाई ।

हो साँच्चै किन
माफि दिने तिमीलाई
तिम्रो कवज भएर
लडेका लालयोद्धाहरु
विदेशीको गुलामी भएर
बाँच्न विवस छन
तिमी आफ्नो चम्चेको वरीपरी
आफूलाई सिमित राखी
पारिवारिक जन्जाल भन्दा माथि उठ्न
सकेका छैनौं ।
तिमी आफू र आफ्नो परिवारको
चुगुलमा देशलाई बाँधी
पारिवारिक सफलताको माध्यमबाट
आफूलाई कुलिन बनाउँदै
क्रान्तिको नायक घोषित गर्दैछौं
त्यसैले त ?
किन माफी दिने तिमीलाई ।

तिमीले छिमेकीलाई
दुश्मन बनाई
छिमेकीको अपहरण गर्न लगाएको
आजै जस्तो लाग्छ
अझै पनि त्यो अपहरण के का
लागि गरिएको थियो
हत्या के का लागि
थियो छिमेकीको प्रश्नको
उत्तर दिन सकिरहेको छैन
आफ्ना बालाई अपहरण गर्दा पनि
तिम्रै लागि लडेका योद्धाहरु
तिमीलाई भगवान ठानी
पुजा गर्दा हिजो
लाग्थ्यो तिमी महान थियौं
तर आज तिम्रा आवाजहरु
फेरीएकाछन्
तिम्रा शैली फेरिएका छन्
शैली संँगै तिम्रा सम्बन्धहरु फेरिएका छन
तिमी भ्रष्टाचारको जालोमा छौं
तिम्रा आवाजले केही परिवर्तन ल्याउदैन यहाँ
त्यसैले त ?
किन माफी दिने तिमीलाई । 

–मणिकुमार श्रेष्ठ सिजन
साल्पासिलिछो, भोजपुर ।

 

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  ०७:३१
##ManiKumarShrestha
प्रतिक्रिया दिनुहोस्
थप समाज
उदयपुरकाे कटारीमा होटलको कोठामा सँगै बसेका प्रेमीको मृत्यु, प्रेमिका घाइते
उदयपुरकाे कटारीमा होटलको कोठामा सँगै बसेका प्रेमीको मृत्यु, प्रेमिका घाइते सोमबार, चैत २३, २०८२
दूरीको दूरी
दूरीको दूरी आइतबार, चैत २२, २०८२
गुराँसको फूल हेर्न स्वदेशी तथा विदेशीहरु लालायित
गुराँसको फूल हेर्न स्वदेशी तथा विदेशीहरु लालायित मंगलबार, चैत १०, २०८२
लालीगुराँसले रङ्गियाे घोडेपानी
लालीगुराँसले रङ्गियाे घोडेपानी शुक्रबार, चैत ६, २०८२
फोहोर सङ्कलक समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ
फोहोर सङ्कलक समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ बिहीबार, चैत ५, २०८२
इभाना परियार भन्छिन् : मेरी आमालाई न्याय दे !
इभाना परियार भन्छिन् : मेरी आमालाई न्याय दे ! मंगलबार, चैत ३, २०८२
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित सोमबार, चैत २, २०८२
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित आइतबार, चैत १, २०८२
सीमाना पारको सम्बन्ध
सीमाना पारको सम्बन्ध शनिबार, फागुन ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी
  • नंः २ पहिलाे संसद् बैठक: प्रतिबद्धता धेरै, विश्वास थाेरै
  • नंः ३ जेनजी आन्दोलन र भदौ २४: अधुरो सत्य, अपूरो छानबिन
  • नंः ४ नयाँ संसद्, नयाँ संकेत: जेन-जीको म्यान्डेट र परीक्षणको घडी
  • नंः ५ संसद्काे पहिलो बैठकमै एमालेको कडा विरोध, भविष्यमा के हाेला ?
विचार
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल राजेश खड्का 
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी विदुर कटुवाल
ओली-लेखक पक्राउ प्रकरणको गहिरो राजनीतिक अर्थ
ओली-लेखक पक्राउ प्रकरणको गहिरो राजनीतिक अर्थ विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्