Top Navigation
Main Navigation
शनिबार, वैशाख २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, वैशाख २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • गौरा पर्वको चहलपहल
गौरा पर्वको चहलपहल
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, साउन २४, २०७९
Api Himal

बैतडी । सुदूरपश्चिम प्रदेशको मुख्य पर्व गौराको चहलपहल सुरु भएको छ । दसैँभन्दा पनि बढी महत्व दिइने यो पर्व विषेश गरेर सुदूरपश्चिम पहाडी समुदायले  मनाउने गर्दछन् ।

गौरा एकादशीपछि यहाँ गौराको चहलपहल सुरु भएको दोगडाकेदार गाउँपालिका-३ की फुनडी विष्टले बताए । हरेक वर्षको साउन शुक्ल एकादशीलाई गौरा एकादशी पर्वको रुपमा मनाउने गरिएको छ ।

एकादशीको दिन गौराको उपासना गर्ने महिला व्रत बस्ने गर्दछन् । उनले भने,“गौरा पर्व उपासना गर्ने व्रतालु महिलाले गौरा एकादशीको व्रत बस्नुपर्ने र साँझको समयमा पूजाआजा गर्ने चलन रहिआएको छ ।”

गौरामा दुबधागो धारण गर्ने व्रतालु महिलाले एकादशीदेखि नै गौरा पर्व सुरुआत भएको मान्ने गरेका छन् । हरेक वर्ष भाद्र शुक्ल अथवा कृष्णपक्षको पञ्चमी तिथिबाट गौरा पर्व सुरु हुन्छ ।

Nepal Oil Corporation

त्योभन्दा अगाडि साउन शुक्ल एकादशीमालाई गौरा एकादशीको रुपमा लिएर  व्रत बस्ने चलन रहिआएको हो । भाद्र शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा र भाद्र कृष्ण पक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने चलन रहिआएको संस्कृतिका जानकार जयानन्द भट्टले बताए ।

याे वर्ष भाद्र शुक्ल पक्षमा गौरा परेको छ । पहिलो पटक गौरा पर्वको व्रत बस्ने महिलाले उजेली गौरामा व्रत बस्न उपयुक्त हुने बताइन्छ । बैतडीसहित सुदूरपश्चिमका सबै जिल्लामा गौरा पर्व मनाउने चलन रहिआएको छ ।

तराईका जिल्लामा पनि पहाडी समुदायले गौरा पर्व मनाउने गरेका छन् । यसका साथै छिमेकी देश भारतको उत्तराखण्डको कुमाउ प्रदेशमा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ ।

गौराको चहलपहल सुरु भएसँगै रोजगारीका लागि देशबाहिर रहेको स्थानीय बासिन्दा घर फर्किने क्रम सुरु भएको छ ।  बजारमा पनि नयाँ लुगा किन्नेको भीड बढ्न थालेको छ ।

घर बाहिर भएका पनि घर फर्किन थालेका र गौराको समयमा नयाँ लुगा लगाउने चलन रहेकाले बजारमा पनि चहलपहल बढेको दोगडाकेदारका गणेश विष्टले बताए ।

गौरामा शिवपार्वतीको पूजाआजा गरिनाका साथै स्थानीय ठाउँमा रहेका देवीदेवताका मन्दिरमा पनि जात्रा लैजाने चलन छ। पौराणिककालमा भगवान् शिव (महेश्वर) प्राप्तिका लागि गौरा गौरीदेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी मनोकामना पूरा भएको विश्वास गरिन्छ ।

त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानामा यो पर्व मनाउने परम्परा चल्दै आएको होे । गौरा पर्व भाद्र शुक्लको पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रम आयोजना गरेर मनाइन्छ ।

गौरा पर्वको पहिलो दिन महिलाले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँचथरिका गेडागुडी भिजाउने गर्छन् । यहाँका महिलाले गहुँ केराउ गहत मास र गुरुस मिसाएर तामाका भाँडामा भिजाउँछन् ।

यी पाँच अन्नलाई बिरुडा भनिन्छ । दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुहर्तमा सामूहिक रुपमा बिरुडा धोइन्छ। सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठ–मन्दिरमा डालोमा स्थापना गरिन्छ ।

गौरा भित्र्याएर पूजाअर्चना गरी महिलाले दुबधागो चढाउने गर्छन् । दुर्गाष्टमी अर्थात अठ्यावाली यो पर्वको मुख्य दिन हो। गौराष्टमीका दिन व्रत बसेर महिला बिहानैदेखि गौराखलो (गौरा मनाउने स्थल)मा फाग गाएर पूजाआजा गर्छन् ।

साँझपख अभिषेक गरी  दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने र सोही दिन व्रतालुले प्रसादका रुपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने गर्छन् ।

महिलाले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान वृद्धि र परिवारमा सुख शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने गर्दछन् । गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिला छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् ।

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःखसुख बाँड्नाका साथै माया प्रेम दर्शाउने गरिन्छ । अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था र आपसी सद्भाव बढाउन मद्दत पुर्याउने मात्र नभइ यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास रहिआएको छ ।

सुदूरपश्चिमेलीहरुले दशै भन्दा पनि बढी महत्वका साथ यस पर्वलाई मनाउने भएकाले गौरामा एकैछिन भए पनि डेउडामा रमाउन परदेशिएका पनि घरपरिवार सम्झिएर फर्किने गर्छन् । गौरामा विवाहित चेली पनि माइत आउने चलन छ ।

 

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १२:२२
##GauraFestival
प्रतिक्रिया दिनुहोस्
थप समाज
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा बिहीबार, वैशाख २५, २०८२
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध बिहीबार, वैशाख २५, २०८२
प्रखर वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालकाे निधन
प्रखर वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालकाे निधन मंगलबार, वैशाख २३, २०८२
अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न
अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न मंगलबार, वैशाख २३, २०८२
कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन
कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन शनिबार, वैशाख २०, २०८२
ललितपुरमा शुरु भयाे जात्रा
ललितपुरमा शुरु भयाे जात्रा शनिबार, वैशाख २०, २०८२
मुस्ताङमा वर्षाले फुल्न लागेको स्याउका बोटमा असर
मुस्ताङमा वर्षाले फुल्न लागेको स्याउका बोटमा असर बुधबार, वैशाख १७, २०८२
उदयपुरमा चट्याङले घर जल्दा पाँच लाख बढीको क्षति
उदयपुरमा चट्याङले घर जल्दा पाँच लाख बढीको क्षति सोमबार, वैशाख १५, २०८२
बस सञ्चालनपछि छायाे खुशीयाली
बस सञ्चालनपछि छायाे खुशीयाली बुधबार, वैशाख १०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ माओवादीकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको क्रान्ति हुन्छ: प्रचण्ड
  • नंः २ चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
  • नंः ३ शुभ–बिबाह गीतमा अनुपम स्वरको रानी गायिका देविका बन्दनाको छलाङ
  • नंः ४ कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन
  • नंः ५ प्रतिनिधि सभा बैठक
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्