Top Navigation
Main Navigation
मंगलबार, वैशाख ३०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, वैशाख ३०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सवारी दुर्घटना १० वर्षमा ३ गुणाले बढ्यो
सवारी दुर्घटना १० वर्षमा ३ गुणाले बढ्यो
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, साउन ३०, २०७९
Accident Graphics
Api Himal

काठमाडौँ । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तक्सेरामा शनिबार सुरक्षाकर्मी चढेको लु १ झ ६६० नम्बरको जीप सडकबाट झण्डै ८० मिटर तल खसेर दुर्घटनामा हुँदा एक प्रहरीको मृत्यु भयो भने केही गम्भिर घाइते भए ।

उनीहरुलाई सरकारले तत्कालै हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि अस्पताल पुर्‍यायो । भौगोलिक हिसाबले विकट क्षेत्रमा भएको उक्त दुर्घटनापछि तत्काल हेलिकप्टरबाट उद्धार नगरिएको भए अझै केही सुरक्षाकर्मीले ज्यान गुमाउन सक्थे।

गत असार २१ गते रामेछापको सुनापाती गाउँपालिका-५ स्थित लुभुघाटमा कच्ची सडकको ठूलो घुम्तीमा हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा३ख ८३९६ नम्बरको यात्रुवाहक मोडिन नपाइ एक्कासी भिरबाट खस्दा १३ जनाले ज्यान गुमाए । त्यस दुर्घटनामा धेरै यात्रु गम्भिर घाइते भएका थिए ।

स्थानीयका अनुसार अघिल्लो दिनमात्रै सामान्य कसकास गरेर राखिएको बसको अवस्था राम्ररी जाँच नगराउँदा बस दुर्घटनामा परेको हो । प्रहरीले पनि सवारी साधनको कमजोर अवस्थाका कारण ब्रेकले काम नगर्दा यात्रुले अकालमै ज्यान गुमाउन पुगेको प्रारम्भिक निष्कर्ष निकालेको थियो ।

Nepal Oil Corporation

नेपालको भौगोलिक अवस्था, चालकको लापरबाही तथा गाडीको अवस्था राम्रो नहुनु, सवारीसाधनको सङ्ख्या वृद्धि हुनुलगायतका कारणले दुर्घटना बर्सेनि बढिरहेका छन् ।

प्रहरीमा रहेको अभिलेख विश्लेषण गर्दा पनि दुर्घटना र मृत्यु तथा घाइतेको ग्राफ बढ्दो छ । पछिल्लो १० वर्षको तथ्याङ्क केलाउँदा सवारी दुर्घटना सङ्ख्या झण्डै तेब्बरले बढेको छ । दुर्घटनाबाट मानवीय क्षति (मानिसको मृत्य) पनि निक्कै बढेको पाइएको छ ।

दश वर्षअघि (आव २०६८/६९) को तथ्याङ्कमा कुल ८ हजार ९२ दुर्घटना भएका थिए । त्यसमा १४ हजार २ सय ८७ सवारी साधन परेका थिए । दुर्घटनामा १ हजार ८ सय ३७ को मृत्यु र ४ हजार १९ जना गम्भिर घाइते भएका थिए । ठिक त्यसको १० वर्षपछि आर्थिक वर्ष २०७८/७९ को अभिलेखानुसार सवारी दुर्घटना ह्वात्तै बढेर २४ हजार ५ सय ३८ पुग्यो । उक्त साल ३९ हजार ३ सय ७९ सवारी साधन दुर्घटनामा परे । ती दुर्घटनाबाट कुल २ हजार ८ सय ८३ जनाको मृत्यु भयो भने ७ हजार २ सय ८२ यात्रु गम्भिर घाइते भएका छन्। 

दश वर्ष अघिको एक वर्ष र १० वर्षपछिको एक वर्षको तथ्याङ्क हेर्दा दुर्घटना सङ्ख्या १६ हजार ४ सय ४६ ले बढ्यो भने मानवीय क्षति १ हजार ४६ ले बढी देखियो । ती दुर्घटनामा संलग्न रहेका सवारी साधान हेर्दा झण्डै आधा मोटरसाइकल परेको देखिएको छ ।

आर्थिक वर्ष २०७८/७९ का कुल ३९ हजार ३ सय ७९ सवारी साधन दुर्घटना हुँदा मोटरसाइकल मात्रै १९ हजार ९ सय ७४ परेको प्रहरी प्रधान कार्यालयको विवरणमा उल्लेख छ । त्यसपछि दोस्रोमा जीपरकार ८ हजार ९ सय ७५, त्यसपछि बस २ हजार ७ सय ८६ र चौथोमा ट्रकरट्याङ्कर २ हजार ४ सय ७६ दुर्घटना भएको अभिलेख छ ।

दुर्घटनामा परेका सवारी साधनमध्ये आधा मोटरसाइकल छन् । त्यसकारण यातायातका साधनमा सबैभन्दा बढी जोखिम मोटरसाइकल र त्यसपछि जिपरकार रहेको विवरणले पुष्टि गर्छ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह प्रहरीको दुर्घटना न्यूनिकरण अभियानका बीच नै दुर्घटना बढ्दो क्रममा रहेको बताउँछन्।

प्रहरी प्रधान कार्यालयले हालै गरेको तीन महिनाको तुलनात्मक अध्ययनले झन् बढी दुर्घटना बढेको देखाएको छ । गत वर्ष र अहिलेको वैशाख, जेठ असार ९तीन महिनाको तुलना मा यसवर्ष सोही अवधिमा ६३.४२ प्रतिशतले दुर्घटना बढेको छ भने मानिसको मृत्यु ३१.५९ प्रतिशतले वृद्धि भएको छ । उक्त तथ्याङ्कले सवारी दुर्घटनाको स्थिति भयावह हुँदै गएको प्रष्ट हुन्छ ।

वि.सं २०७२ पछि ह्यात्तै बढ्यो दुर्घटना

प्राप्त विवरणमा विसं २०७२ सालदेखि भने एक्कासी सवारी दुर्घटना र मानवीय क्षतिमा वृद्धि भएको तथ्याङकले देखाउँछ। विसं २०७५ सम्म सवारी दुर्घटना सङ्ख्या ११ हजार नाघेको थिएन । त्यसपछि भने दुर्घटना ह्वात्तै बढेको छ

आव २०७६/७७ मा तथ्याङ्क हेर्दा अघिल्लो वर्षको तुलनामा ५ हजार बढी दुर्घटना भएका छन् । त्यसपछि हरेक आर्थिक वर्ष ५ हजार कै हाराहारीमा दुर्घटना सङ्ख्यामा वृद्धि भएर दश वर्षको अन्तरालमा तीन गुणाले बढेको पाइएको हो ।

दुर्घटनाको खास कारण के हो, कसरी न्युनिकरण गर्ने ?

यातायात विज्ञ आशिष गजुरेल नेपालका यातायात विश्वसनीय, आरामदायी र सुरक्षित नभएको दाबी गर्छन । “सार्वजनिक सवारीमा यात्रु कोचाकोच गरेर राखिएको हुन्छ, कमजोर मेसिनरीको प्रयोग हुन्छ, राज्यको योगदान पनि कमजोर छ, नीजि क्षेत्रले चाहेका बेला निकाल्ने र थन्क्याउन सक्ने अवस्था छ, अनुगमनको संयन्त्र छैन”, गजुरेलले भने, “त्यसकारण पनि नेपालको यातायात क्षेत्र सुरक्षाका दृष्टिले कमजोर छ ।” 

उनका अनुसार नेपालमा सवारी साधनको सङ्ख्या धेरै छ । उनले भने, “सडकको क्षेत्र साँघुरो छ, त्यसले जाम र दुर्घटना पनि बढाउने गरेको छ, फुटपाथ राम्रो छैन, ज्येष्ठ नागरिक, बालिबालिका, अपाङ्गता भएका व्यक्तिमैत्री सडक पनि छैनन् ।”

सडक पुर्वाधार, सवारी साधनको अवस्था, कानुन र त्यसको कार्यान्वयन, सडक प्रयोगकर्ताको अनुशासन, तत्काल उद्धार र राहतको अवस्था कस्तो छ भन्ने कुराले निर्धारण गर्ने तर नेपालको यातायात क्षेत्र त्यस्तो नहुँदा सुधार गरे मात्रै सुरक्षित सडक बन्न सक्ने उनी बताउँछन् ।

उनी नेपालको राजमार्ग शहरी क्षेत्रबाट लगिनु नै गलत भएको बताउँछन् । त्यसलाई शहरी सडक बनाएर राजमार्ग शहरभन्दा बाहिरबाट लैजानुपर्नेमा उनको जोड छ । ग्रामिण क्षेत्रमा डोजर इन्जिनियरिङ मात्रै रहेकाले जोखिम बढी छ। सडकमा रेलिङ मात्रै राम्ररी व्यवस्थापन गर्न सकिए धेरै दुर्घटना रोक्न सकिने गजुरेल सुनाउँछन्।

दुर्घटना कम गराउन राज्यले कम्तिमा वर्षको दुई पटक सवारी साधनको अवस्था प्रमाणित गर्न लगाउनुपर्ने र कडाइका साथ नियम पालना गराउनुपर्ने उनको सुझाव छ । “हेल्मेट लगाउनु ट्राफिक प्रहरीका लागि हो भने जस्तो भएपछि कसरी दुर्घटना कम हुनु ?”, उनले प्रश्न गरे ।

यस्तो छ १० वर्षको दुर्घटना र मानवीय क्षति

आर्थिक वर्ष २०७८र७९ को दुर्घटना

आव २०७८/७९ मा कुल २४ हजार ५ सय ३८ दुर्घटना भए । ती दुर्घटनामा ३९ हजार ३ सय ७९ सवारी साधान संलग्न रहे । ती दुर्घटनाबाट कुल २ हजार ८ सय ८३ जनाको मृत्यु भएको छ भने ७ हजार २ सय ८२ जना गम्भिर घाइते भएका छन् । 

आर्थिक वर्ष २०७७/७८

यस आवमा कुल २० हजार ६ सय ४० दुर्घटनामा ३३ हजार ९ सय ३५ सवारी साधन परेको पाइएको छ । ती दुर्घटनामा २ हजार ३ सयको मृत्यु भएको छ भने ६ हजार ४ सय ४८ जना गम्भिर घाइते भएका थिए ।  

आर्थिक वर्ष २०७६/७७ 

यस आवमा कुल १५ हजार ५ सय ५९ दुर्घटना भए । त्यसमा २५ हजार ७ सय ८८ सवारी साधन परेका छन् । दुर्घटनामा २ हजार २ सय ८१ को मृत्यु र ४ हजार ६ सय १५ जना गम्भिर घाइते भएका छन् । 

आर्थिक वर्ष २०७५/७६

आव २०७५/७६ मा १० हजार ३ सय ६० सवारी दुर्घटना भएको तथ्याङ्क छ । त्यसमा २२ हजार ८७ सवारी साधन परेका पाइएको छ । ती दुर्घटनामा २ हजार ७ सय ८९ को मृत्यु भएको छ । चार हजार ३ सय ७६ गम्भिर घाइते भएका छन् ।

आर्थिक वर्ष २०७४/७५

यस आवमा कुल १० हजार ९ सय ६५ दुर्घटना भएका छन् । उक्त दुर्घटनामा १८ हजार ३४ सवारी साधन परेका र कुल २ हजार ५ सय ४१ को मृत्यु भएको छ । अन्य ४ हजार १ सय ४१ गम्भिर घाइते भएका छन् ।

आर्थिक वर्ष २०७३/७४

यस आवमा कुल १० हजार १ सय ७८ दुर्घटना भएकामा १५ हजार ५ सय १५ सवारी साधन संलग्न भएका छन् । उक्त दुर्घटनामा दुई २ हजार ३ सय ८४ र ४ हजार २ सय ५० गम्भिर घाइते भएका छन् ।

आर्थिक वर्ष २०७२/७३

कुल १० हजार १३ दुर्घटना हुँदा त्यसमा १६ हजार ५ सय २ सवारी साधन परेको छ । ती दुर्घटनामा २ हजार ६ को मृत्यु भएको छ भने ४ हजार १ सय ८२ जना गम्भिर घाइते भएका छन् । 

आर्थिक वर्ष २०७१/७२

कुल ९ हजार १ सय ४५ दुर्घटनामा १४ हजार ८ सय ३७ सवारी साधनमा क्षति भएको छ । ती दुर्घटनामा २ हजार ४ को मृत्यु भएको र ४ हजार ५४ जना गम्भिर घाइते भएका छन् ।

आर्थिक वर्ष २०७०/७१

यस आवमा जम्मा ८ हजार ४ सय ६ दुर्घटना भएका छन् । त्यस दुर्घटनामा १३ हजार ५ सय २९ सवारी साधान परेका छन् । दुर्घटनामा कुल १ हजार ७ सय ८७ जनाको मृत्यु र ३ हजार ५ सय १६ गम्भिर घाइते भएका छन्।

आर्थिक वर्ष २०६९/७०

यस आवमा जम्मा दुर्घटना ८ हजार ४ सय ८४ भएका छन् । त्यस दुर्घटनामा १३ हजार ५ सय ८२ सवारी साधान संलग्न भएको पाइएको छ । दुर्घटनामा कुल १ हजार ८ सय १६ को मृत्यु तथा ३ हजार ९ सय ८६ गम्भिर घाइते भएका छन् । 

आर्थिक वर्ष २०६८/६९

यस आवमा कुल ८ हजार ९२ दुर्घटना भएका थिए । त्यसमा  १४ हजार २ सय ८७ सवारी साधन परेका छन् । दुर्घटनामा १ हजार ८ सय ३७ को मृत्यु र ४ हजार १९ जना गम्भिर घाइते भएका थिए । 
 

प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  १५:३०
##AccidentGraphics
प्रतिक्रिया दिनुहोस्
थप समाज
अवैध चुरे उत्खननमा अख्तियारले थाल्यो छानबिन
अवैध चुरे उत्खननमा अख्तियारले थाल्यो छानबिन सोमबार, वैशाख २९, २०८२
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला सोमबार, वैशाख २९, २०८२
गुल्मीकाे रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान
गुल्मीकाे रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान सोमबार, वैशाख २९, २०८२
कैलालीमा मोटरसाइकलको ठक्करबाट एककाे मृत्यु
कैलालीमा मोटरसाइकलको ठक्करबाट एककाे मृत्यु सोमबार, वैशाख २९, २०८२
कञ्चनपुरमा चार निर्माणधीन ‘पक्की पुल’ अलपत्र
कञ्चनपुरमा चार निर्माणधीन ‘पक्की पुल’ अलपत्र सोमबार, वैशाख २९, २०८२
कवि तथा गीतकार अलका मल्लको युगीन आवाजको कम्पन
कवि तथा गीतकार अलका मल्लको युगीन आवाजको कम्पन सोमबार, वैशाख २९, २०८२
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा बिहीबार, वैशाख २५, २०८२
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध बिहीबार, वैशाख २५, २०८२
प्रखर वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालकाे निधन
प्रखर वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालकाे निधन मंगलबार, वैशाख २३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।।
  • नंः २ शुभ–बिबाह गीतमा अनुपम स्वरको रानी गायिका देविका बन्दनाको छलाङ
  • नंः ३ संस्कार र संस्कृतिमा मायाको बहार ।। अन्तीया झँगः ब्वयकाः बोलको गीत सार्वजनिक ।। युगल मायाजोडीको कौतुहलता र मायाप्रेम।।।
  • नंः ४ कवि तथा गीतकार अलका मल्लको युगीन आवाजको कम्पन
  • नंः ५ चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्