Top Navigation
  • Contact
Main Navigation
बिहीबार, साउन २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, साउन २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सास रहेसम्म समाज सेवा गर्ने वडा अध्यक्ष डंगोलको प्रतिज्ञा
सास रहेसम्म समाज सेवा गर्ने वडा अध्यक्ष डंगोलको प्रतिज्ञा
दिनेश महर्जन
दिनेश महर्जन शनिबार, भदौ १८, २०७९
- रमेश डंगोल, वडा अध्यक्ष, टोखा नगरपालिका-३

राजनीति पेशा होइन राजनीति सेवा हो । समाज सेवा गर्नको लागि धन होइन मन फराकिलो हुनुपर्छ । जब मन फराकिलो हुन्छ सेवाभाव आफ्से आफ विकसित हुन्छ । स्थानिय सर्वसाधारणको मनमा बस्न सफल व्यक्ति जो स्वच्छ छविका छन् । विकासप्रेमी साथै आफ्ना जनताको हरेक किसिमका समस्या समाधान गर्न अहोरात्र खटिरहेका छन्।

सबैभन्दा ठूलो कुरा उनीसँग हरेक किसिमका व्यक्तिलाई सम्झाउँन सक्ने कला छ । सास रहेसम्म समाज सेवा गर्ने बताउँने, निडर स्वभावका उनी राजनीतिमा आफू प्रवेश गर्दा आफूलाई आफ्नो उमेर पनि थाहा नभएको बताउँछन् । पारिवारिक पृष्ठभूमि राजनीति भएको कारण आफू पनि सानै उमेरदेखि आबद्ध भएको बताउँछन् टोखा नगरपालिका–३ का वडा अध्यक्ष रमेश डंगोल ।

निर्वाचित हुनुअघि जुन किसिमका प्रतिबद्धताहरु राखेर निर्वाचित भए, सोहीअनुसार कामहरु पनि भएको बताउँछन् । अझ यो शुरुवात मात्र हो, कामहरु गर्न धेरै बाँकी रहेको बताउँने उनी राज्यले आफूलाई दिएको हरेक किसिमको सुविधा नलिने सो रकमले निम्नस्तरिय जो पढ्नबाट बञ्चित जेहेनदार बालबालिका छन् उनहिरुको लागि शिक्षाको लागि खर्च गर्ने जानकारी दिए ।

अझ भनौं अक्षयकोषको रुपमा सञ्चालन गरेर शिक्षाको लागि खर्च गरिने जानकारी दिए । विकास निर्माणका कामहरु सडक निर्माण, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकता छन् ती सबैलाई प्राथमिकताका आधारमा क्रमैसँग गर्दै जाने बताए ।

महिलाका लागि पनि हामीले विभिन्न किसिमका तालिमहरुको व्यवस्था गरेका छौं । यसको मतलब यो होइन कि तालिम लिएर तालिममा मात्र सिमित नहोस् । तालिम पनि कस्ता खालका महिलालाई दिने त्यो निक्र्यौल गरेर मात्र जो लक्षित वर्ग छन् उनीहरुको लागि उनीहरुको आवश्यकता, इच्छा शक्तिलाई हेरेर तालिम व्यवस्था गरेका छौं।

सिलाई बुनाई, कटाई, बेकरी, ब्यूटी पार्लर, डल बनाउने देखि सबै तालिमहरु छन् जसले महिलाहरु आत्मनिर्भर हुन सक्छन्। तालिमपछि बजार व्यवस्थापनको लागि वडाले पनि पहल गर्न मदत गर्छ । माग र समय सापेक्ष अनुसारको तालिम दिइने छ। कौसी खेतीको लागि कति महिला दिदीबहिनीहरु आउनु भएको छ भने प्लाष्टिक मुक्तक्षेत्र घोषणा हुनु पर्याे भनेर कतिपय दिदीबहिनीहरु झोला बनाउने तालिमको लागि आउनु भएको छ । यसको लागि महिलामा इच्छाशक्ति हुनु जरुरी छ ।

केही सुचकाङ्कले महिलाको अधिकारका क्षेत्रमा सकारात्मक संकेत देखिएको छ । जनसंख्यालाई नै आधार मान्ने हो भने पनि महिलाको संख्या ५१ द्यशमलव ५० प्रतिशत अर्थात् पुरुषको तुलनामा १ दशमलब ५० प्रतिशत बढी छ ।संख्यामा मात्र नभई अन्य केही क्षेत्रमा समेत महिलाको पहुँच वृद्धी भएको देखिन्छ । जस्तै स्थिर सम्पत्तिमामहिलाको स्वामित्वमा वृद्धि भएको छ । तर यो परिवेश र तथ्यले महिलाको सन्तोषजनक सहभागिता भएको हो भनेर ढुक्क हुने स्थिति भने पक्कै छैन ।

श्रोत, साधन र आर्थिक स्वामित्वमा महिलाको पहुँच दयनिय छ । महिलाको कामको जिम्मा अत्यन्त बढी छ ।त्यसको योगदान आर्थिक हिसाबले गणना गरिँदैन । उनीहरु स्वतन्त्र रुपमा पूँजी परिचालन गर्न उद्योग व्यवसाय गर्न या बैंकबाट क्रृण प्राप्त गर्न असमर्थ छन् । जसले गर्दा आर्थिक क्षेत्रमा महिलाको सहभागिता अघि बढ्न सकेको छैन ।

खानेपानीको लागि शिवपुरीको मुहानको पानी घर घरमा पुर्याउने तयारी हुँदैछ । बोरिङको पानी वितरण भइरहेको छ । यस क्षेत्रमा दुई वटा खानेपानीको समिति छ, ती दुई समितिलाई एउटैमा राखेर मुहानको पानी नै वितरण गर्ने लक्ष्य रहेको छ। बजेट पनि विनियोजन भइसकेको छ ।

प्रत्येक सर्वसाधारणको घर घरमा खानेपानीको व्यवस्था गर्ने छौं, यो प्राथमिकता अन्र्तगत नै पर्छ । त्यसो त शिक्षालाई पनि छुटाउनु हुँदैन । तीन नम्बर वडामा १२ वटा बिद्यालय रहेका छन् । प्ले ग्रुपदेखि सामुदायिक बिद्यालय, सबै किसिमका बिद्यालयहरु छन् । यद्यपि टोखा ३ मा स्वास्थ्यलाई पनि प्रमुख प्राथमिकतामा राखिएको छ ।

विगत १२ वर्षदेखि टोखा जनहित वचत तथा सहकारी संस्था लिमिटेडको संस्थापक अध्यक्षको रुपमा काम गरेको बताउँछन्। अबको साधारणसभापछि राजीनामा दिने जानकारी दिए । त्यसो त नेवार संस्कृतिअनुसार आ-आफ्नो ठाउँमा जात्राहरु हुन्छ, त्यस्तै टोखामा २४ वटा खलकपूजा भन्ने हुन्छ त्यसमा वार्षिक रुपमा ५/५ हजार दिने गरेको बताउँछन्। आजीवन दिने घोषणा पनि गरेको बताउँछन् ।

यो १२औं वर्ष हुन्छ रकम दिँदै आएको छ । वार्षिक रुपमा १ लाख २० सहयोग गर्दैछु । त्यस्तै कोभिडको समयमा खानेपानीको चरम अभाव थियो, त्यही बेला व्यक्तिगत रुपमा २५ लाख सहयोग गर्नु भनेर घोषणा गरेको र सोहीअनुरुप सहयोग गरेको पनि वडा अध्यक्ष डंगोल बताउँछन् ।

छर–छिमेकमा कसैलाई साह्रो गाह्रो भयो भने औषधिउपचारको लागि विगतदेखि नै सहयोग गर्दै आउने गरेको बताउँछन्। त्यसैले त उनलाई स्थानिय सर्वसाधारणहरु साक्षात भगवान नै मान्छन् । पेशाले वकिल भएको कारण समाजका हरेक समस्याको समाधानमा उनी अग्रसर रहन्छन् । कर्म गरौं फलको आशा नगरौं भन्ने भावना भएको व्यक्ति हुन् भन्दा फरक नपर्ला ।

अनि याे पनि :

- नामी साप्ताहिक

 

 

प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  १५:२६
##rameshdangol
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
  • नंः ५ आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्