
सम्पादकीय
नेपाली राजनीतिमा जस्तोसुकै फेरबदल आएतापनि नेपाली जनताको मुहारमा भने खासै फेरबदल हुन सकेको छैन्। नेपाली जनताको नाममा राजनीति गर्दैआएका राजनीतिक पार्टीहरुले आफ्नो दुनो सोझ्याउने कार्य वाहेक अरु खासै केही गर्न नसकेको अवस्थामा स्वतन्त्रको आशा तथा भरोसा बृद्धि भएको अवस्था रहेको छ।
स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाह र धरान उपमहामनगरपालिकामा हर्क साङपाङ राईको उद्य भएवाट र उनीहरुले जनताको पक्षमा जनताको मन जितेर एकपछि अर्को गरेर कार्य गर्दैआएवाट नेपाली जनताको मनमा अव राजनीतिक पार्टीप्रति खासै आशा हुन छाडिसकेको छ। जे गर्छ–पार्टीभन्दा माथि उठेका स्वतन्त्रवाट गर्छ भन्ने आम जनधारणा आइसकेको छ। त्यस आम धारणामा पार्टीमा लागेर भरभराउदो तन्नेरी उमेर त्यसै खेर फाल्नुभन्दा नेपाली जनताको सेवा गर्न स्वतन्त्र उम्मेदवारीवाट नेपाली राजनीतिमा उकालो लागेर सेवा गर्न सकिन्छ भन्ने नयाँ अवधारणाका कारण पार्टीको पछि नलाग्ने जमातको बृद्धि भएको छ।
पार्टी राजनीतिमा तीन दशकदेखि उही पुरानै अनुहारकाको बोलवाला अनि बारम्बार उनीहरुकै चलखेल अनि उम्मेदवारी हुनेभएवाट नयाँले मौका नै पाउने गरेको छैन्। राजनीति उनीहरुकै व्यापार जस्तो बनिरहेको छ। त्यस्ता व्यापारी नेताहरुवाट खासै कुनै उपलव्धी नहुने भएकै कारण स्वतन्त्र उम्मेदवारको उद्य भएको हो। स्वतन्त्र उम्मेदवारी नेपाली राजनीतिको अव बैकल्पिक धार मात्र नभइकन मूलधार नै बन्ने धेरै संभावनाहरु भएको छ।
अझैपनि सत्ताधारी तथा विपक्षी राजनीतिक पार्टीहरुले पार्टी पंक्तीलाई परिवर्तन गरेर नयाँ पुस्तालाई राजनीति नसुम्पने हो भने, नेपाली राजनीतिको भविष्य स्वतन्त्र उम्मेदवारकै पक्षमा जाने लगभग निश्चित छ। यसैमासवै पार्टी सचेत हुने बेला भैसकेको छ। हिन्दू नेपालीहरुको महान पर्व बडा दशैंको हार्दिक शुभकामना।
(नामी साप्ताहिकवाट सम्पादकीय साभार)
प्रकाशित मिति: आइतबार, असोज १६, २०७९ १२:३५