Prime Commercial Bank Ltd. from 27/09/025
x
Top Navigation
Main Navigation
बिहीबार, असोज ३०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, असोज ३०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सङ्क्रमितलाई जोगाउन सामान्य औषधिबाटै सकिने डा. ह्योजुको दाबी
सङ्क्रमितलाई जोगाउन सामान्य औषधिबाटै सकिने डा. ह्योजुको दाबी
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, जेठ ९, २०७८

काठमाडौ । कोरोना महामारीले विश्वभर बितण्डा मच्चाएको झण्डै डेढ वर्ष पुगिसकेको छ। एक वर्षअघिको भयावह अवस्थाबाट ओरालो लागेका मानिए पनि पछिल्ला केही समययतादेखि फेरि कोरोनाको नयाँ भेरियन्टले संसारभरका मानिसलाई गाँज्दै लगेको छ।

पहिलो चरणको भन्दा दोस्रो चरणको सङ्क्रमण तीव्र गतिमा फैलिइरहेको र बढी सङ्क्रामक रहेको चिकित्सिकहरुले बताएका छन्। विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो अनुमान अनुसार विश्वभर करिब ८० लाख व्यक्तिको कोरोनाका कारण ज्यान गइसकेको छ। 

अहिलेसम्म कोरोना भाइरसको औषधि पत्ता लागेको छैन । यसको कुनै ठोस उपचार पद्धति पनि फेला परेको छैन। विश्वका वैज्ञानिक र चिकित्सक यसको उपचारबारे अलमलमै छन् । चिकित्सकहरुले सङ्क्रमितमा देखिएको लक्षण अनुसार उपचार गरिरहेका छन्। 

सङ्क्रमित व्यक्तिमा ज्यादा जसो उच्च ज्वरो आउने, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिने गरेको छ। ‘भेरियन्ट’ कोरोना विषाणुबाट सङ्क्रमित कतिपय व्यक्तिमा अत्यन्तै गम्भीर तथा घातक लक्षणहरु देखापरेका छन्।  

Nepal Oil Corporation

नयाँ भेरियन्टको सङ्क्रमण देखिएका व्यक्तिमा अक्सिनजको कमी हुने लक्षण पाइएको छ। अक्सिजनसहितको सघन उपचारको जोहो हुन नसक्दा कतिपय सङ्क्रमितले अनाहकमै ज्यान गुमाइरहेका छन् । नेपाललगायत छिमेकी भारतमा पनि अक्सिजनको अभावमा धेरैले ज्यान गुमाएका समाचार सार्वजनिक भएका छन् । 

औषधि र उपचार पद्धति फेला परिन सकेको भए पनि उच्च सावधानी र प्रचलनमा रहेका सामान्य औषधिको प्रयोगबाट सङ्क्रमितलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सकिने उपचारमा संलग्न चिकित्सकहरुको दाबी छ। 

लामो समय अमेरिकामा रहेर स्वास्थ्य अनुसन्धानमा जुटिरहनुभएका डा. संजिव ह्योजुले अहिले आफूले गरेको अनुसन्धानबाट निस्केको निष्कर्ष अनुसार सङ्क्रमितलाई उपचार गर्न सुझाव दिइरहेएको छ। 

उनका अनुसार सङ्क्रमितलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सामान्य खालका औषधिको प्रयोग नै प्रभावकारी देखिएको छ। डा. ह्योजुले भर्चुअल माध्यमबाट बिरामीको उच्च रक्तचाप, पल्स र अक्सिजन परीक्षणका आधारमा क्लोेनिडाइन ट्याब्लेट लोनिड १०००, डेक्जामेथासोन ट्याब्लेड (डेक्जिन) र फामोटिडाइन ट्याब्लेड फाम-४००  प्रयोग गर्न सुझाइरहेको छ। 

तीनै थरि औषधिको मूल्य अत्यन्त न्यून रहेको छ । उचित स्वास्थ्य सल्लाहको अभावमा सामान्य अवस्थाका सङ्क्रमितले पनि कडा र महङ्गो औषधि सेवन गर्न बाध्य हुने र त्यसबाट मानवीय तथा आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था अन्त्य गर्न आफूले सक्दो सहयोग गर्दैआएको उनी बताउँछन् । 

कुलेश्वरका शान्तश्री रत्न बज्राचार्य आफ्नो परिवारका सबै सदस्य सङ्क्रमित भए पनि डा. ह्योजुको सल्लाह र उनले सिफारिश गरेका सामान्य औषधिको प्रयोगबाट विस्तार विस्तारै सङ्क्रमण मुक्त हुनसकेको बताउँछन् । 

केटाकेटी बाहेक परिवारका सबै सदस्यको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको र अधिकाँश अक्सिजन समेत दिनुपर्ने अवस्थामा पुगेपछि आत्तिएका उनीहरुले डा. ह्योजुले सिफारिश गरेका औषधिको सेवन गर्न थाले र त्यसैबाट कोरोना वीषाणुको सङ्क्रमणलाई जित्न सफल भए । बज्राचार्य पहिले आफू सङ्क्रमण मुक्त भए र त्यसपछि परिवारजनको स्याहारमा उनी लागे। बजाचार्यका वृद्धा आमाको देहान्त हुनुअघि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो।     

डा. ह्योजु अमेरिकाको सिकागो विश्वविद्यालयमा व्याक्टेरिया, भाइरस र इम्यून सिस्टममा विद्यावारिधिकाका लागि शोध गर्दैछन्। कोरोना भाइरसमाथि गरेको गहिरो अनुसन्धान र यसको उपचारमा सङ्गालेको अनुभवको आधारमा डा. ह्योजुले यी औषधिको सिफारिश गरिरहेको छ जसमा नाम मात्रैको खर्च हुन्छ र खासै झण्झट बेहोर्नुपर्दैन । 

डा. ह्योजुले ‘फ्रि अनलाइन हेल्थ क्लिनक नेपाल’ फेसबुक पेजमार्फत अनलाइनबाटै कोरोना सङ्क्रमितको अवस्था बुझ्ने र सुझाव दिने गरिरहेको छ। आफ्नो सुझाव र औषधिको सेवनबाट थुप्रै सङ्क्रमित गम्भीर अवस्थामा पुग्नबाट जोगिएको डा. ह्योजुको दावी छ।
 

प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  १५:१६
##coronavirus
प्रतिक्रिया दिनुहोस्
थप समाज
सि.सं.४ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज सम्पन्न
सि.सं.४ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज सम्पन्न मंगलबार, असोज २८, २०८२
नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा ५० लाख सहयोग
नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा ५० लाख सहयोग आइतबार, असोज १२, २०८२
भोजपुरमा रेविज विरुद्ध खोप अभियान सञ्चालन
भोजपुरमा रेविज विरुद्ध खोप अभियान सञ्चालन बिहीबार, असोज ९, २०८२
दशै मनाउँन घरजाने यात्रुकाे चाप बढ्दाे
दशै मनाउँन घरजाने यात्रुकाे चाप बढ्दाे बुधबार, असोज ८, २०८२
घोराही सिमेन्टद्वारा सरसफाइ र रङरोगन कार्यक्रम
घोराही सिमेन्टद्वारा सरसफाइ र रङरोगन कार्यक्रम बुधबार, असोज ८, २०८२
जलेको घर हेर्दै भावविह्वल ओली पत्नी राधिका भन्छिन्–‘इतिहास पढेको भए पो थाहा पाउँथे’
जलेको घर हेर्दै भावविह्वल ओली पत्नी राधिका भन्छिन्–‘इतिहास पढेको भए पो थाहा पाउँथे’ मंगलबार, असोज ७, २०८२
घटस्थापना : आजबाट बडादशैं सुरु
घटस्थापना : आजबाट बडादशैं सुरु सोमबार, असोज ६, २०८२
मनाइयो विश्वकर्मा पूजा
मनाइयो विश्वकर्मा पूजा बुधबार, असोज १, २०८२
अनिश्चितकालीन कर्फ्यू आदेश जारी
अनिश्चितकालीन कर्फ्यू आदेश जारी मंगलबार, भदौ २४, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ‘बा’ को चुरी फुरी
  • नंः २ नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ मन्त्रिपरिषद्को बैठकले गर्याे यस्ताे निर्णय
  • नंः ५ सि.सं.४ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज सम्पन्न
विचार
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्