Top Navigation
  • Contact
Main Navigation
बुधबार, साउन २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, साउन २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सङ्क्रमितलाई जोगाउन सामान्य औषधिबाटै सकिने डा. ह्योजुको दाबी
सङ्क्रमितलाई जोगाउन सामान्य औषधिबाटै सकिने डा. ह्योजुको दाबी
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, जेठ ९, २०७८

काठमाडौ । कोरोना महामारीले विश्वभर बितण्डा मच्चाएको झण्डै डेढ वर्ष पुगिसकेको छ। एक वर्षअघिको भयावह अवस्थाबाट ओरालो लागेका मानिए पनि पछिल्ला केही समययतादेखि फेरि कोरोनाको नयाँ भेरियन्टले संसारभरका मानिसलाई गाँज्दै लगेको छ।

पहिलो चरणको भन्दा दोस्रो चरणको सङ्क्रमण तीव्र गतिमा फैलिइरहेको र बढी सङ्क्रामक रहेको चिकित्सिकहरुले बताएका छन्। विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो अनुमान अनुसार विश्वभर करिब ८० लाख व्यक्तिको कोरोनाका कारण ज्यान गइसकेको छ। 

अहिलेसम्म कोरोना भाइरसको औषधि पत्ता लागेको छैन । यसको कुनै ठोस उपचार पद्धति पनि फेला परेको छैन। विश्वका वैज्ञानिक र चिकित्सक यसको उपचारबारे अलमलमै छन् । चिकित्सकहरुले सङ्क्रमितमा देखिएको लक्षण अनुसार उपचार गरिरहेका छन्। 

सङ्क्रमित व्यक्तिमा ज्यादा जसो उच्च ज्वरो आउने, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिने गरेको छ। ‘भेरियन्ट’ कोरोना विषाणुबाट सङ्क्रमित कतिपय व्यक्तिमा अत्यन्तै गम्भीर तथा घातक लक्षणहरु देखापरेका छन्।  

नयाँ भेरियन्टको सङ्क्रमण देखिएका व्यक्तिमा अक्सिनजको कमी हुने लक्षण पाइएको छ। अक्सिजनसहितको सघन उपचारको जोहो हुन नसक्दा कतिपय सङ्क्रमितले अनाहकमै ज्यान गुमाइरहेका छन् । नेपाललगायत छिमेकी भारतमा पनि अक्सिजनको अभावमा धेरैले ज्यान गुमाएका समाचार सार्वजनिक भएका छन् । 

औषधि र उपचार पद्धति फेला परिन सकेको भए पनि उच्च सावधानी र प्रचलनमा रहेका सामान्य औषधिको प्रयोगबाट सङ्क्रमितलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सकिने उपचारमा संलग्न चिकित्सकहरुको दाबी छ। 

लामो समय अमेरिकामा रहेर स्वास्थ्य अनुसन्धानमा जुटिरहनुभएका डा. संजिव ह्योजुले अहिले आफूले गरेको अनुसन्धानबाट निस्केको निष्कर्ष अनुसार सङ्क्रमितलाई उपचार गर्न सुझाव दिइरहेएको छ। 

उनका अनुसार सङ्क्रमितलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सामान्य खालका औषधिको प्रयोग नै प्रभावकारी देखिएको छ। डा. ह्योजुले भर्चुअल माध्यमबाट बिरामीको उच्च रक्तचाप, पल्स र अक्सिजन परीक्षणका आधारमा क्लोेनिडाइन ट्याब्लेट लोनिड १०००, डेक्जामेथासोन ट्याब्लेड (डेक्जिन) र फामोटिडाइन ट्याब्लेड फाम-४००  प्रयोग गर्न सुझाइरहेको छ। 

तीनै थरि औषधिको मूल्य अत्यन्त न्यून रहेको छ । उचित स्वास्थ्य सल्लाहको अभावमा सामान्य अवस्थाका सङ्क्रमितले पनि कडा र महङ्गो औषधि सेवन गर्न बाध्य हुने र त्यसबाट मानवीय तथा आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था अन्त्य गर्न आफूले सक्दो सहयोग गर्दैआएको उनी बताउँछन् । 

कुलेश्वरका शान्तश्री रत्न बज्राचार्य आफ्नो परिवारका सबै सदस्य सङ्क्रमित भए पनि डा. ह्योजुको सल्लाह र उनले सिफारिश गरेका सामान्य औषधिको प्रयोगबाट विस्तार विस्तारै सङ्क्रमण मुक्त हुनसकेको बताउँछन् । 

केटाकेटी बाहेक परिवारका सबै सदस्यको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको र अधिकाँश अक्सिजन समेत दिनुपर्ने अवस्थामा पुगेपछि आत्तिएका उनीहरुले डा. ह्योजुले सिफारिश गरेका औषधिको सेवन गर्न थाले र त्यसैबाट कोरोना वीषाणुको सङ्क्रमणलाई जित्न सफल भए । बज्राचार्य पहिले आफू सङ्क्रमण मुक्त भए र त्यसपछि परिवारजनको स्याहारमा उनी लागे। बजाचार्यका वृद्धा आमाको देहान्त हुनुअघि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो।     

डा. ह्योजु अमेरिकाको सिकागो विश्वविद्यालयमा व्याक्टेरिया, भाइरस र इम्यून सिस्टममा विद्यावारिधिकाका लागि शोध गर्दैछन्। कोरोना भाइरसमाथि गरेको गहिरो अनुसन्धान र यसको उपचारमा सङ्गालेको अनुभवको आधारमा डा. ह्योजुले यी औषधिको सिफारिश गरिरहेको छ जसमा नाम मात्रैको खर्च हुन्छ र खासै झण्झट बेहोर्नुपर्दैन । 

डा. ह्योजुले ‘फ्रि अनलाइन हेल्थ क्लिनक नेपाल’ फेसबुक पेजमार्फत अनलाइनबाटै कोरोना सङ्क्रमितको अवस्था बुझ्ने र सुझाव दिने गरिरहेको छ। आफ्नो सुझाव र औषधिको सेवनबाट थुप्रै सङ्क्रमित गम्भीर अवस्थामा पुग्नबाट जोगिएको डा. ह्योजुको दावी छ।
 

प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  १५:१६
##coronavirus
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
  • नंः ५ आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्