Top Navigation
  • Contact
Main Navigation
आइतबार, साउन २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, साउन २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • कोभिड नियन्त्रण अभियानमा भक्तपुरका संघसंस्थाहरुको सक्रियता 
कोभिड नियन्त्रण अभियानमा भक्तपुरका संघसंस्थाहरुको सक्रियता 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, जेठ १७, २०७८

भक्तपुर । कोभिड महामारीबाट जोगिन भक्तपुरमा व्यावसायिक र सामाजिक संघसंस्थाहरुको उल्लेख्यरुपमा सक्रियता बढेको छ।

स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै भौतिक उपस्थितिलाई न्यूनिकरण गरी भक्तपुरका उक्त संघसंस्थाहरुले सक्रियता बढाएको हो। 

कोभिड संक्रमणको दोस्रो लहर रोकथाम र नियन्त्रणको लागि सिंगो राष्ट्र लागिपरेको बखत सामाजिक उत्तरदायित्व बहन गरी भक्तपुरका संस्थाहरुले विभिन्न खाले सेवा उपलब्ध गराउँदै आएका छन् ।

भक्तपुर चेम्बर अफ कमर्स तथा भक्तपुर लायन्स सेवा समन्वय समितिको संयोजनमा ११ वटा संस्थाहरुले संयुक्त रुपमा कोभिड-१९ विरुद्ध अभियान नै चलाएका छन् । 

‘सेवा परमो धर्म अभियान अन्तर्गत कोभिडसँग लड्छौं । हामी सेवा दिन्छौं । नारा दिएर कोभिडविरुद्धको संघर्षमा छौं।’ नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य (भौतिक पूर्वाधार सभापति) तथा भक्तपुर लायन्स सेवा समन्वय समितिका सेक्रेटरी रोशन भोयद्योले बताए। विश्वभर फैलिएको कोभिडलाई परास्त गर्ने अभियानमा जोडिन उनले सर्वसाधारणमा अपिल समेत गरेका छन्।

कोभिड संक्रमितहरुको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्य परिचारिकाहरुको लागि जेठ १७ देखि विशेष किसिमको क्वारेन्टिन सेन्टर सन्चालनमा आउने भोयद्योले जनाए । त्यस्तै जेठको तेस्रो हप्तादेखि अक्सिजन सिलिन्डर उपलब्ध गराउने तयारी भइरहेको छ।

अभियानले चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित कोभिड-१९ आइसोलेसन सेन्टर नेकसँग सहकार्य गरेको छ। संक्रमण नियन्त्रणको सवालमा आइसोलेसन सेन्टरलाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्थापन गरिएको भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष तथा भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघका संस्थापक अध्यक्ष न्हुछेरत्न मानन्धरले जनाए। 

परमो धर्म अभियानले जेठको पहिलो हप्तादेखि भक्तपुरमा कोभिड बिरामीको लागि चौबिसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। त्यसको लागि हटलाइन नं ९८६१७५६४६१ सार्वजनिक गरिएको छ ।

त्यस्तै, भक्तपुर जिल्ला प्याव्सनका वरिष्ठ उपाध्यक्ष तथा चेम्बरका सचिव सुरेन्द्र श्रेष्ठले मनोचिकित्सक डा. कन्चन दाहाल र वरिष्ठ कार्डियोलोजिष्ट डा. सञ्जय श्रेष्ठसँग भर्च्युअल अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको जनाए। 

सचेतना तथा परामर्श कार्यक्रम नियमित रुपमा प्रत्येक साता दुईवटा आयोजना गरिने उनले बताए। सो कार्यक्रममार्फत संक्रमण सम्बन्धिको सचेतना, सतर्कता र अपनाउनु पर्ने सुरक्षाको विषयमा जानकारी लिनसकिने उनले दाबी गरे । 

चिकित्सकसँग परामर्श लिनको लागि बिहान ७ देखि ९ बजेसम्म सम्पर्क गर्न सकिनेगरी ९७४२८८२९६२, ९७४२८८२९६३ र ९७४२८८२९६४ हटलाइन नम्बरहरू सार्वजनिक गरिएको छ।

त्यस्तै, भक्तपुर लायन्स सेवा समन्वय समिति, समितिमा आवद्ध क्लब तथा मनकारी व्यक्तिहरूले भक्तपुर नगरपालिकाले सुरू गर्ने अक्सिजन प्लान्टको लागि ३ लाख रूपियाँ सहयोग गरेको समितिका संरक्षक तथा पूर्व डिष्ट्रिक्ट गभर्नर कृष्ण प्रसाद अवालले जनाए। 

आगामी दिनमा चिकित्सक, स्वास्थ्यकर्मी लगायतको टिमबाट घरघरमै पुगेर पीसीआर परीक्षण, रगत जाँच तथा आवश्यक परामर्श सेवा उपलब्ध हुने लायन्स सेवा समन्वय समितिका अध्यक्ष विष्णुभक्त मारिखुंले बताए। 

सुरक्षित तबरले उपलब्ध हुने ‘डोर टु डोर हेल्थ सर्भिस’ ले भक्तपुरबासी लाभान्वित हुने लायन्स सेवा समन्वय समितिका अध्यक्ष मारिखुंले दाबी गरे।

‘म लगायतको १६ जना चिकित्सकीय टिम तयार छौं । थप केहि संख्यामा स्वास्थ्य परिचारिकाहरु पनि सोही टिममा संलग्न हुनेछन् र प्रत्येक दिन दुईजना चिकित्सकबाट निःशुल्क परामर्श उपलब्ध गराउनको लागि सामाजिक सञ्जालमार्फत सम्पर्क नम्बर सार्वजनिक गर्दैछौं ।’ भक्तपुर डक्टर्स सोसाइटीका अध्यक्ष डा. पुण्यराम खर्बुजाले जनाए।

कोभिडविरुद्धको संयुक्त सेवा अभियानमा भक्तपुर जिल्ला प्याब्सन, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ, भक्तपुर डक्टर्स सोसाइटी, नेपाल नर्सिङ संघ, सीबीआर, भक्तपुर हार्ट एण्ड डायवेटिज सेन्टर, निरोग मेडिकल केयर एट होम, भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ संघ र त्रिनेत्र बचत तथा ऋण सहकारी संस्थाहरूले संस्थागत सहकार्य गरेक छन्। 

त्यस्तै नेपाल नर्सिङ संघका केन्द्रीय सदस्य हरिप्रसाद कोजु र लायन्स ३२५ ए २ का रिजन चियर पर्सन रंजित मारिखुं यस अभियानमा  सक्रिय सहभागी छन् ।

उसो त कोरोना शुरु हुनुअघि नै निजी कम्पनीहरूमा सामाजिक उत्तरदायित्वको चेतना बढेकै थियो। तर, औद्योगिक व्यवसाय ऐन, २०७३ र औद्योगिक व्यवसाय नियमावली, २०७६ लागू भएयता विभिन्न संघसंस्थाले ‘सीएसआर’ कार्यक्रम अन्तर्गत अन्य समयमा भन्दा अहिले तुलनात्मक रुपमा बढी मात्रामा सेवा दिएका छन् । 

कोरोनाले निम्त्याएको समस्या र चुनौती सामना गर्न सरकार एक्लैको सामथ्र्यमा नागरिक र निजी क्षेत्रले सहकार्य गर्नु स्वागतयोग्य छ। 

स्वास्थ्य संकटको बीचमा विभिन्न संघसंस्थाले जनचेतना फैलाउने, स्वास्थ्य सामग्रीको वितरण, परामर्श सेवा, आपूर्ति तथा अन्य सेवाजन्य कार्यले गर्दा सामुहिक रुपमा कोरोनालाई परास्त गर्नेमा सहयोग मिल्नेछ।

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  १७:०३
##bhaktapur
प्रतिक्रिया दिनुहोस्
थप समाज
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
चन्द्रमामा छोरी खोज्ने बुवा
चन्द्रमामा छोरी खोज्ने बुवा शनिबार, साउन १६, २०८३
नेपाल बन्धनमा ‘का–बेमान ???...’
नेपाल बन्धनमा ‘का–बेमान ???...’ शनिबार, साउन १६, २०८३
हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ
हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ शनिबार, साउन १६, २०८३
पौडी खेल्ने क्रममा एकै घरका तीन बालकको मृत्यु
पौडी खेल्ने क्रममा एकै घरका तीन बालकको मृत्यु शुक्रबार, साउन १५, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
  • नंः २ राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
  • नंः ३ पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ विश्वासको संकटमा नेपालको राजनीति
विचार
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्