Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper बुधबार, चैत १५, २०७९
Nami News
Nepal Investment Mega Bank Ltd. Nepal Investment Mega Bank Ltd.
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
सूचना-प्रविधि
  • Home
  • सूचना-प्रविधि
  • सूचना प्रविधि क्षेत्रलाई अझ प्रतिस्पर्धी बनाउने : मन्त्री शर्मा
सूचना प्रविधि क्षेत्रलाई अझ प्रतिस्पर्धी बनाउने : मन्त्री शर्मा
Nami News
Nami News बुधबार, माघ २५, २०७९
Nepal Oil Corporation Nepal Oil Corporation

काठमाडौ । सूचना प्रविधिको क्षेत्रमा नेपाल प्रतिस्पर्धी बन्दै गएको भए पनि आन्तरिक उत्पादन र सेवाको प्रवद्र्धन हुन नसक्दा यो क्षेत्र फस्टाउन नसकेको जानकारहरुले बताएका छन् ।

‘इन्फो डेभलपर्स क्यान इन्फोटेक-२०२३’ प्रदर्शनीको उद्घाटन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यो सूचना प्रविधिको युग रहेको बताउँदै यो राष्ट्रियतासँग पनि जोडिएको बताए । अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने यस क्षेत्रलाई राज्यले संरक्षण र प्रवद्र्धन गर्न नसकेको उनको भनाइ छ ।

“आर्थिक समृद्धिका लागि सूचना प्रविधिको योगदान महत्वपूर्ण छ । यो राजस्व बढाउने र राष्ट्रियता स्थापित गर्न सकिने क्षेत्र रहेछ । सानो–सानो कुरामा ध्यान दिँदा अर्बौं राजस्व जोगिने मात्र नभई यसबाट हामी राजस्व सिर्जना गर्न पनि सक्ने रहेछौँ । राष्ट्रियता जोगाउने सवालमा पनि प्रविधि क्षेत्रको भूमिका  महत्वपूर्ण छ”, मन्त्री शर्माले भने।

सूचना प्रविधि क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्न नसक्दा जनशक्ति विकासमा उल्लेख्य प्रगति हुन नसकेको पनि उनले बताए । “विगतमा राजनीतिक अस्थिरताका कारण मुलुकको आर्थिक विकासका लागि कुन क्षेत्रलाई प्राथमिकतामा राख्ने भनेर अस्पष्टता रह्यो । हामीले जनशक्ति जोगाउन नसक्दा बाहिर जाने र त्यस्तो जनशक्ति हामीलाई चाहिँदा बाहिरबाट ल्याउनुपर्ने अवस्था छ”, शर्माले भने 

जनतालाई आधारभूत सेवा प्रवाहमा पनि प्रविधिको प्रयोग बढाउँदै जान आवश्यक रहेको बताउदै शर्माले प्रविधिको प्रयोगले सार्वजनिक सेवालाई पारदर्शी बनाउन सकिने उनको भनाइ छ ।

नेपालको सूचना प्रविधि क्षेत्रलाई अझ प्रतिस्पर्धी बनाउन विस्तृत अध्ययन गरेर अघि बढ्ने र कानुन बनाउने विषयलाई प्राथमिकतामा राखिने पनि मन्त्री शर्माले बताए ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  ०८:४७
##caninfotech
प्रतिक्रिया दिनुहोस्
थप सूचना-प्रविधि
जनताको पहुँचमा इन्टरनेट पुर्याउनु प्राथमिकता : मन्त्री शर्मा
जनताको पहुँचमा इन्टरनेट पुर्याउनु प्राथमिकता : मन्त्री शर्मा शनिबार, फागुन २०, २०७९
क्यान इन्फोटेक प्रदर्शनी माघ २४ देखि हुने
क्यान इन्फोटेक प्रदर्शनी माघ २४ देखि हुने बिहीबार, माघ १२, २०७९
डिएचआई र श्याण्डमार्टिन इन्टरनेशनल होल्डिंङबीच सम्झ्यौता
डिएचआई र श्याण्डमार्टिन इन्टरनेशनल होल्डिंङबीच सम्झ्यौता बिहीबार, माघ ५, २०७९
आमनागरिकमा निर्वाचन गतिविधि पुर्याउन सञ्चारको महत्वपूर्ण भूमिका : निर्वाचन आयुक्त्त थपलिया
आमनागरिकमा निर्वाचन गतिविधि पुर्याउन सञ्चारको महत्वपूर्ण भूमिका : निर्वाचन आयुक्त्त थपलिया शुक्रबार, कात्तिक ४, २०७९
उत्कृष्ट क्यामेराकासाथ भिभो भी२५ सिरिज स्मार्टफोन 
उत्कृष्ट क्यामेराकासाथ भिभो भी२५ सिरिज स्मार्टफोन  बुधबार, कात्तिक २, २०७९
डिश मिडिया नेटवर्कद्वारा आइपी टिभी सेवा शुभारम्भ
डिश मिडिया नेटवर्कद्वारा आइपी टिभी सेवा शुभारम्भ बुधबार, साउन ११, २०७९
डिशहोम फाईबरनेट सेवा शोरूम विस्तार 
डिशहोम फाईबरनेट सेवा शोरूम विस्तार  शुक्रबार, जेठ २०, २०७९
बुटवल ट्राफिकचोकमा डिशहोम फाईवरनेट शोरुम
बुटवल ट्राफिकचोकमा डिशहोम फाईवरनेट शोरुम मंगलबार, वैशाख २७, २०७९
बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट शोरुम विस्तार
बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट शोरुम विस्तार आइतबार, वैशाख २५, २०७९
लोकप्रिय
  • नंः १ साहित्य  ज्वरो
  • नंः २ विछोडको वेदनामा रक्सीको त्यो मातै मीठो । वेहोशी मैं विताएको अन्धकार त्यो रातै मीठो ।
  • नंः ३ उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा प्रतिष्ठित व्यवसायी कार्कीको उम्मेदवारी
  • नंः ४ अलौकिक शक्तिपीठ पाथीभरा धाम
  • नंः ५ को बन्दैछ आइजिपी ?
विचार
अस्थिर जीवनशैली
अस्थिर जीवनशैली Nami News
शिक्षामा राजनीति
शिक्षामा राजनीति Nami News
तरल राजनीतिले निम्त्याएको तरलता
तरल राजनीतिले निम्त्याएको तरलता Nami News
सूचना-प्रविधि
जनताको पहुँचमा इन्टरनेट पुर्याउनु प्राथमिकता : मन्त्री शर्मा
जनताको पहुँचमा इन्टरनेट पुर्याउनु प्राथमिकता : मन्त्री शर्मा Nami News
सूचना प्रविधि क्षेत्रलाई अझ प्रतिस्पर्धी बनाउने : मन्त्री शर्मा
सूचना प्रविधि क्षेत्रलाई अझ प्रतिस्पर्धी बनाउने : मन्त्री शर्मा Nami News
क्यान इन्फोटेक प्रदर्शनी माघ २४ देखि हुने
क्यान इन्फोटेक प्रदर्शनी माघ २४ देखि हुने Nami News
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief Email: [email protected]
Nirman Chamling Rai Editor Contact No: 9840021942 Email: [email protected]
Follow us on Twitter
Nami News
© Nami News - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्