Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • पुरातात्विक महत्वका १३४ सम्पदा पुनःनिर्माण
पुरातात्विक महत्वका १३४ सम्पदा पुनःनिर्माण
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, जेठ १८, २०७८

भक्तपुर । गोरखा भूकम्पको ६ वर्षको अवधिमा भक्तपुरमा भूकम्पले क्षति गरेका पुरातात्विक महत्वका सम्पदामध्ये १३४ वटा साना ठूला सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । 

वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पले भक्तपुरमा २१३ वटा सम्पदामा क्षति पुगेको थियो। ती मध्ये १३४ वटाको पुनःनिर्माण सम्पन्न भएको स्मारक संरक्षण तथा दरवार हेरचाह अड्डा भक्तपुरले जनाएको छ ।

भूकम्पले क्षतिग्रस्त १२ वटा सम्पदाको पुनःनिर्माण कार्य भइरहेको र २० वटा सम्पदा पुनःनिर्माणको चरणमा रहेको स्मारक संरक्षण तथा दरवार हेरचाह अड्डा भक्तपुरका ई. मोहनसिं लामाले जानकारी दिएका हुन् ।  

भूकम्पले भक्तपुरका ४ स्थानीय तहमध्ये भक्तपुर नगरपालिकामा सबैभन्दा धेरै सम्पदा क्षति गरेको थियो । सम्पदाको धनी भक्तपुर नगरका १४५ वटा सम्पदामा क्षति भएको थियो । 

त्यसैगरी मध्यपुर थिमि नगरपालिकामा २३, सूर्यविनायक नगरपालिकामा २९ र चाँगुनारायण नगरपालिकामा १६ सम्पदामा क्षति पुगेको ई. लामाले बताए । 

भक्तपुर नगरपालिकाको क्षतिग्रस्त १४५ सम्पदामध्ये १०८ वटा सम्पदाको पुनःनिर्माण र जीर्णोद्वार सम्पन्न भएको नगरप्रमुख सुनिल प्रजापतिले बताए । 

नगरप्रमुख प्रजापतिका अनुसार भक्तपुर नगरमा हालसम्म २३ मन्दिर, ४० पाटी, ६ द्योछें, ३ प्रवेशद्वार, ८ पोखरी, ७ इनार, ८ सत्तल, ७ ढुङ्गेधारा र अन्य ६ वटा सम्पदा पुनःनिर्माण र जीर्णोद्वार सम्पन्न भएका छन् भने अन्य डेढ दर्जनभन्दा बढी सम्पदा जीर्णोद्धारको क्रममा रहेको छ ।

चालु आर्थिक वर्ष भक्तपुर नगरभित्र विश्वप्रसिद्ध ङातापोल्हँ मन्दिर (पाँचतल्ले मन्दिर) जीर्णोद्धार, दरबार क्षेत्रस्थित वत्सला मन्दिर पुनः निर्माण, भक्तपुर नगरपालिका-४ स्थित चपाल भैरव द्यो छेँ पुनःनिर्माण, भक्तपुर-५ ल्योसिंख्योस्थित च्यासिंदेगः पुनःनिर्माण, भनपा–६ स्थित भोलाछेँ पुखु जीर्णोद्धार, भनपा-७ स्थित गय् भिंद्यो पुललगायतका कार्य सम्पन्न भएको उनले बताए। 

मध्यपुर थिमिमा ७ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको छ । त्यस्तै २ वटाको पुनःनिर्माण भइरहेको र ४ वटाको शुरु हुने चरणमा रहेको छ। 

चाँगुनारायण नगरपालिकामा १० वटा सम्पदाको पुनःनिर्माण सकिएको छ । यहाँ ४ वटाको पुनःनिर्माण भइरहेको छ भने ४ वटाको शुरु गर्ने तयारी भइरहेको छ।

सूर्यविनायक नगरपालिकामा क्षतिग्रस्त २९ सम्पदा मध्ये हालसम्म जम्मा ९ वटाको मात्र पुनःनिर्माण भएको छ । यहाँ २ वटाको पुनःनिर्माण भइरहेको र ६ वटा पुनःनिर्माणको चरणमा रहेको ईं. लामाले बताए । 

चालु अर्थिक वर्ष २०७७/०७८ मा राष्ट्रिय कला सङ्ग्रहालयको जिम्मेवारीमा २८ र स्मारक संरक्षण तथा दरवार हेरचाह अड्डाको जिम्मेवारीमा १२ वटा सम्पदा पुनःनिर्माणको जिम्मेवारी तोकिएको थियो । तर ती दुई वटै निकायले तोकिएको जिम्मेवारी पूरा गर्न भने नसक्ने भएको छ।

कला सङ्ग्रहालयको जिम्मेवारी तोकिएका २८ मध्ये १५ वटाको मात्र लागत अनुमान पेश गरिएको छ । त्यसमा ५ वटाको पुनःनिर्माण सकिएको र १० वटाको कार्य भइरहेको छ । त्यस्तै १३ वटा सम्पदाको लागत अनुमानसमेत तयार हुन नसकेको ई. लामाले बताए।  

त्यस्तैगरी स्मारक संरक्षण तथा दरवार हेरचाह अड्डाको जिम्मेवारीमा परेका १२ मध्ये २ वटाको मात्र कार्य सम्पन्न भएको छ भने ९ वटाको कार्य भइरहेको छ । एउटा सम्पदाको कुनै कार्य हुन नसकेको ई. लामाले बताए । 

भक्तपुर खौमा र अरनिको सभाभवनका गरी २ वटा जगन्नाथ मन्दिरको पूर्वसंरचनाको सम्बन्धमा एकिन गर्न नसकिएको, निजी स्वामित्वको सम्पदा भएकाले भक्तपुर कै टेराकोटा द्यो छें र विश्वकर्मा द्यो छेंको पुनःनिर्माण रोकिएको छ।

भक्तपुर नगरको यक्षेश्वर महादेव संरक्षण गर्ने कार्य गत आर्थिक वर्षको अन्तिमतिर टेण्डर प्रक्रिया भई समय अभावका कारण र चालु वर्ष बजेट नभएकाले कार्य गर्न नसकिएको लामाले बताए । 

भक्तपुरकै बालाखु गणेश द्यो छें संरक्षण गर्ने कार्य ठेक्का सम्झौता भएको तर कार्य नगरेको कारण कार्य हुन नसकेको, स्थानीयको विरोधका कारण चाँगुनारायणको बलम्बू पाटी संरक्षण गर्ने कार्य हुन नसकेको उनले बताए। 

पुनःनिर्माण सकिएका सम्पदामा सूर्यविनायक नगरपालिका-४, तर्खगालको राधाकृष्ण मन्दिर पुनःनिर्माण र माकले पाटी संरक्षण, मध्यपुर थिमि=४ को वप्पा विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माण र वडा नं. ७ नगदेशको गणेश मन्दिर तथा सत्तल पुनःनिर्माण, सूर्यविनायक-७ को रातो पाटी संरक्षण गर्ने कार्य रहेका छन् ।

सम्पदा पुनःनिर्माण र संरक्षणमा देखापरेका विभिन्न खाले समस्या र चुनौतिले गर्दा पनि समयमा कार्य सम्पन्न गर्न नसकिएको ई. लामाले बताए । 

ई. लामाका अनुसार खुल्ला प्रतिस्पर्धा भइ न्यूनतम कवोल गर्ने निर्माण व्यावसायीको बोलपत्र स्वीकृत गर्नुपर्ने बाध्यात्मक परिस्थितिको कारण गुणस्तरको र तोकिएका समयमा कार्य गराउन नसक्ने समस्या देखिएको छ ।

सम्पदा संरक्षणको लागि कार्यालयबाट नै गर्ने गरी बजेट व्यवस्था हुनुपर्नेमा केन्द्रिकृत हुने परम्परा रहनु, सम्पदा संरक्षणमा चासो कम राख्ने प्रवृत्ति रहनु, क्षतिग्रस्त सम्पदाहरुको संख्या र संरक्षण एवं पुनःनिर्माणको लागि आवश्यक स्रोतको सुनिश्चितता नहुनुले पनि सम्पदा पुनःनिर्माणमा समस्या देखिएको उनले बताए । 

त्यस्तैगरी दक्ष जनशक्ति र कालिगढको अभाव, परम्परागत निर्माण सामग्री आवश्यकता अनुसारको नापसाईज र परिमाण सहजरुपमा उपलव्ध हुन नसक्नु, विस्तृत संरचना प्रतिवेदन तयार गरी सोहीअनुसार प्रक्रिया गर्ने परम्परा पालन हुन नसक्नु, संरक्षण/पुनःनिर्माण कार्यमा संलग्न जिम्मेवार निकाय (गुठी, स्थानीय निकाय र दाता) बीच सक्रिय, संवेदनशिल र समन्वय नहुनुले पनि सम्पदा पुनःनिर्माणमा ढिलाइ हुने गरेको छ ।

बढदो शहरीकरण, व्यापारीकरण र भूमिको उच्च मूल्यवृद्धिका कारण प्राचीन स्मारकलाई निजी स्वामित्व र निजी प्रयोगमा लगाई अतिक्रमण गर्ने प्रवृत्ति बढ्नु, संरक्षित स्मारक क्षेत्र/स्थलको प्रामाणिकता, ऐतिहासिकता, संवेदनशिलताका साथै विश्वव्यापी महत्वमा असर परी सम्पदा एवं स्थलको महत्व दिन प्रतिदिन खस्कदै जानुले पनि सम्पदा संरक्षणमा चुनौति थपिएको ई. लामाले बताए । 

केही सम्पदाको विस्तृत अभिलेखीकरण नभएको कारण पुनःनिर्माण वा संरक्षण कार्यमा केही परिवर्तन वा थप कार्य गर्नुपर्ने बाध्यता रहनु र सम्पदाको पुनःनिर्माण/संरक्षणको क्रममा आकस्मिक रुपमा आइपर्ने विविध कठिनाइ र चुनौतिले गर्दा पनि सम्पदाको पुनःनिर्माणमा ढिलाइ भइरहेको छ ।


 

प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  ०८:४०
##bhaktapur
प्रतिक्रिया दिनुहोस्
थप समाज
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्