Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper बुधबार, चैत १५, २०७९
Nami News
Nepal Investment Mega Bank Ltd. Nepal Investment Mega Bank Ltd.
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विश्व परिवेश
  • Home
  • विश्व परिवेश
  • अनिर्णयको बन्दी बनेको देश 
अनिर्णयको बन्दी बनेको देश 
Nami News
Nami News आइतबार, फागुन २८, २०७९
Nepal Oil Corporation Nepal Oil Corporation

लिवियामा चुनाव गराउन गाह्रो भएको छ । राजनीतिक सहमति नजुटेकाले त्यहाँ चुनाव गराउन गाह्रो भएको हो । त्यहाँ अन्तरिम र वर्तमान प्रधानमन्त्री गरी दुई प्रधानमन्त्री छन् ।

वर्तमान प्रधानमन्त्री अब्दुल हमिद डिबेबहले चुनाव गराएरमात्रै सत्ता हस्तान्तरण गर्ने अडान लिएका छन् । उनले यस वर्ष चुनाव गराउने बताएका छन् । सन् २०२१ मा त्यहाँ चुनाव हुनुपर्ने थियो, भएन । गत वर्ष पनि चुनाव गराउने भन्दाभन्दै ट¥यो ।

राजनीतिक सहमति नहुँदा लिविया अनिर्णयको बन्दी बनेको छ । त्यहाँ राजनीतिक क्रान्ति सम्पन्न भएको एक दशकभन्दा बढी भयो तर दलहरुबीचको खिचातानीले राजनीतिक स्थिरता र शान्ति कायम हुन सकेन ।

सन् २०११ को वसन्त क्रान्तिमा ४२ वर्ष शासन गरेको कर्णेल गद्दाफी मारिएसँगै क्रान्ति सम्पन्न भयो । क्रान्ति सम्पन्न भएपछि त्यहाँ राजनीतिक  नेतृत्वको अभाव देखियो । मुलुक हाँक्ने नेता भएन । जसले गर्दा झन्अस्थिरता र अन्योल बढ्यो। क्रान्तिपछि अहिलेसम्म १४ वटा सरकार बने । कुनै पनि सरकार सफल भएनन् । हत्या, हिंसा र आतङ्क रोकिएन सरकार मूकदर्शक बन्यो ।

सन् २०२१ को डिसेम्बरमा त्यहाँ आमनिर्वाचन गर्नुपर्ने थियो । व्यवस्थापना गर्न नसकेपछि निर्वाचन भएन । निर्वाचन हुन नसकेपछि सरकार र संसद्को वैधानिकतामाथि प्रश्न उठेको छ । आफै सरकार बनाउन नसकेपछि त्यहाँ संयुक्त राष्ट्रसङ्घको मातहतमा सरकार बने । बनेका सङ्क्रमणकालीन कुनै पनि सरकार सरकारजस्तो भएन । क्रान्तिमा गद्दाफी मारिएपछि उनका समर्थक विद्रोही समूहले मुलुकको ठूलो भूभाग कब्जा गरेको छ । सरकार र संसद् आफै असुक्षित छन् । अवस्था गृहयुद्धजस्तो छ ।

आमनिर्वाचन गराउन नसकेपछि  सन् २०२२ को फेबु्रअरी १० मा त्यहाँको संसद्ले माठी बशघालाई अन्तरिम प्रधानमन्त्री चयन ग¥यो । उनी प्रधानमन्त्री चयन भए पनि सत्ता सम्हाल्न पाएका छैनन् । वर्तमान प्रधानमन्त्री अब्दुल हमिद डिबेबहले आमनिर्वाचनपछिको निर्वाचित सरकारलाईमात्र सत्ता हस्तान्तरण गर्ने अडान लिएका छन् ।

उनको यो अडानसँगै मुलुकमा द्वेध शासनको अवस्था छ । उनीहरुबीच सहमति नभएकाले अवस्था झन् जटिल बन्दैछ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटरेसले सहमतिका लागि आह्वान गरेका छन् । उनले सहमति नभए परिस्थिति अरु जटिल बन्ने सङ्केत गरेका छन् ।

गद्दाफी मारिएसँगै क्रान्ति सम्पन्न भएको लिवियाले शान्तिको बाटो लिन सकेन । मुलुक हाँक्ने नेतृत्वको अभाव देखियो । हठी र जिद्दी स्वभावका गद्दाफी आठ महिनासम्म विदेशी सेना र स्वदेशी विद्रोही लडाकूसँग लडे । अन्ततः आन्दोलनकै क्रममा उनी बीभत्स ढङ्गले मारिए। उनी मारिएपछि जनताले राजनीतिक स्वतन्त्रता त पाए । यो स्वतन्त्रताले उनीहरुको दैनिकीमा परिवर्तन ल्याउन सकेन र  मुलुकले निकास पनि पाएन ।

गद्दाफीपछि सक्षम नेतृत्वको अभाव, चरम गुटबन्दी र महत्वाकाङ्क्षाले मुलुक अस्तव्यस्त छ । हिंसा र अराजकताले सीमा नाघेको छ । गद्दाफी कालमा जनताले पाएका सारा सुविधा खोसिएका छन् । मुलुक विदेशीको क्रीडास्थल बनेको छ । राष्ट्रसङ्घीय शान्तिसेनाको घेराबन्दीभित्र राजधानी त्रिपोलीमा नाम मात्रको सरकार र संसद् छ । चारैतिर विद्रोही समूहले घेरेको छ । त्यहाँ अत्यास लाग्दो अवस्था छ । कतै शान्ति छैन ।

बसन्त क्रान्ति नाम दिइएको अरब क्रान्तिमा सन् २०११ को अक्टोबर २० मा  गृहनगर सिर्तेमा गद्दाफी मारिँदा धेरैले खुसी मनाए । उनलाई सबैभन्दा ठूलो शत्रु ठानियो । उनी मारिएसँगै ४२ वर्षे एकलौटी सत्ताको अन्त्य त भयो तर उनको हत्या र आठ महिने आन्दोलनले राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय एकता र जातीय सदभाव नराम्ररी खलबलियो ।

जीवनमा लोकतन्त्र नै नदेखेका युवापुस्ताका लिवियाली सुरुमा यो सत्ता परिवर्तनबाट निकै उत्साहित भए । उनीहरु लोकतन्त्र आएपछि धेरै कुरा पाइन भनी निकै आकाङ्क्षी पनि बने । गद्दाफीपछि तत्काल मुलुक हाँक्ने नेता पनि कोही देखिएन र लोकतन्त्रको आधार पनि खडा भएन जसले गर्दा लोकतन्त्र नाममात्रको भयो यसले अधिकार, सुरक्षा, राहत एवं समृद्धि केही पनि दिने सकेन । आपसमै द्वन्द्व र प्रतिशोध बढाइदियो । बहुसङ्ख्यक जनताको अवस्था दुःखदायी बन्यो । न्यूनतम राहत र शान्तिबाट बञ्चित जनताले सक्षम नेतृत्व पाउन सकेनन् ।

वास्तकमा लिवियाको भूबनोट अन्यन्तै जटिल छ । धेरै भूभाग मरुभूमिले ढाकेको छ । यो मुलुक तेल खानीको धनी छ । १७ लाख ७० हजार वर्ग किमि क्षेत्रफलमा फैलिएका लिविया अटोमन, इटाली र बेलायतको उपनिवेश बन्दै सन् १९५१ मा राजा इद्रिसको नेतृत्वमा स्वतन्त्र भएको थियो । सन् १९६९ मा गद्दाफीले विनारक्तपात राजतन्त्र हटाई अफ्रिकाको गरिब, निरक्षर र विपन्न मुलुकका रुपमा रहेको लिवियाको नेतृत्व हातमा लिए । आफ्नै खालको समाजवाद भन्दै गद्दाफीले आफ्नो ४२ वर्षे एकलौटी शासन चलाए ।

उनको शासनकालमा मुलुकलाई अफ्रिकाको दोस्रो धनी मुलुक बनाए । प्रतिव्यक्ति आय १२ हजार डलरभन्दा माथि पुग्यो । ८० प्रतिशतभन्दा बढी मानिस शिक्षित भए, मानव सूचकाङ्क राम्रो बन्यो । गद्दाफीले जनतालाई स्वतन्त्रताको नागरिक अधिकार दिएनन् । राजनीतिक नेतृत्व विकास गर्नेतिर नलागी छोरालाई उत्तराधिकारी बनाउनतिर लागे ।

जनतालाई राजनीतिक स्वतन्त्रता नदिएकाले उनकै अहंकार र जिद्दीले पुनःमुलुक तहसनहन भयो । उनकै कारण मुलुक विदेशी सन्य हस्तक्षेपको शिकार बन्यो र अन्त्यमा उनी स्वयं सर्वस्व गुमाएर मारिए । उनले अहंकार र जिद्दी नगरी जनताको परिवर्तनको चाहनालाई समयमै आत्मसात् गर्दै समयानुकूल राजनीतिक सुधार गरी लोकतान्त्रिक अभ्यासलाई स्थान दिएका भए आज मुलुक न यसरी तहननहन हुने पनि थिएन नत विदेशी हस्तक्षेपको सिकार नै ।

निरङ्कुश सत्ता ढिलो चाँडो ढल्छ । यसले मुलुकलाई तहसनहन बनाउँछ र निरङ्कुश शासकलाई पनि अन्त्य गरिदिन्छ। लिवियामा त्यही भयो।  गद्दाफीले सिकाएको प्रतिशोध, निषेधको राजनीति र अहंकार एवं जिद्दीलाई अन्तरिम नेताहरु, जातीय तथा धार्मिक समुदायले परित्याग गरी सबैलाई मान्य हुने सहभागिता र समावेशी लोकतान्त्रिक शासन व्यवस्थाको जग बसाल्नतिर ध्यान केन्द्रित गर्नुपर्ने थियो । तर त्यहाँ त्यसो हुन सकिरहेको छैन। जसले गर्दा गद्दाफीपछि लिवियाका चुनौती झन् बढेर गएका छन् ।

गद्दाफी हटाउने आठ महिने आन्दोलनमा  ३० हजार मानिस मारिए । एक लाख भन्दा बढी घाइते भए भने पाँच लाख ८० हजारभन्दा बढी मानिस शरणार्थी बने । युद्धका कारण ५० करोड डलरभन्दा बढीको नोक्सानी भयो । युद्धका क्रममा गद्दाफीले आफ्ना छोरा, नातिनातिनालगायत थुप्रै आफन्तजन गुमाए । युद्धबाट बचेका पत्नी र केही छोराछोरी,नातिनातिनालाई नाइजरको शरणार्थी बनाए र अन्त्यमा आफू पनि बीभत्स ढङ्गले मारिए ।

गरिब गोठालका रुपमा भेडीगोठमा जन्मेका गद्दाफीले २७ वर्षको उमेरमा विनारक्तपात राजतन्त्र फ्याँकेर मुलुकलाई गणतान्त्रिक बनाउँदा उनी क्रान्ति नायक बने । ४२ वर्ष एकलौटी सत्ता चलाउँदा उनले मुलुकलाई आर्थिक र भौतिक रुपले विकसित बनाए ।

गद्दाफीको शासनकालमा जनतालाई राजनीतिकबाहेक धेरै क्षेत्रमा सुविधा दिइएको थियो । जनतालाई समयानुकूल राजनीतिक स्वतन्त्रतको अधिकार नदिनु उनको सबैभन्दा ठूलो कमजोरी थियो । त्यही कमजोरी नै उनको पतन र समाप्तिको कारण बन्यो । यसैलाई आधार बनाएर विदेशी हस्तक्षेप भयो, मुलुक गृहयुद्धमा होमियो।

आज आम लिवियालीको चिन्ता नै मुलुक कसरी बचाउने भन्नेमा छ । सक्षम नेतृत्वको अभावले मुलुक अराजकता र चरम हिंसाको सिकार बनेको टुलुटुलु हेरेर बस्न विवश छन् उनीहरु । लोकतन्त्रको जग बस्न नसकेको ६५ लाख जनसङ्ख्या रहेको लिविया अर्को दुर्घटनामा पर्ने त होइन ? प्रश्न अनुत्तरित छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  २२:१५
##libiya
प्रतिक्रिया दिनुहोस्
थप विश्व परिवेश
चीनलाई रोक्न परमाणु पनडुब्बी 
चीनलाई रोक्न परमाणु पनडुब्बी  मंगलबार, चैत १४, २०७९
विश्व सुरक्षामा थपियो चुनौती
विश्व सुरक्षामा थपियो चुनौती बुधबार, चैत ८, २०७९
भूकम्पपछि टर्कीकाे चुनौती
भूकम्पपछि टर्कीकाे चुनौती सोमबार, फागुन २२, २०७९
उड्ने वस्तुले चिसियो चीन-अमेरिका सम्बन्ध
उड्ने वस्तुले चिसियो चीन-अमेरिका सम्बन्ध आइतबार, फागुन १४, २०७९
उत्तर कोरियाद्वारा थप क्षेप्यास्त्र परीक्षण
उत्तर कोरियाद्वारा थप क्षेप्यास्त्र परीक्षण शुक्रबार, फागुन १२, २०७९
मुसर्रफ, मृत्युदण्ड र पाकिस्तान
मुसर्रफ, मृत्युदण्ड र पाकिस्तान बुधबार, फागुन १०, २०७९
अमेरिकाको टेक्सास राज्यमा अब हरेक बर्ष 'नेपाल डे' पारित
अमेरिकाको टेक्सास राज्यमा अब हरेक बर्ष 'नेपाल डे' पारित शुक्रबार, फागुन ५, २०७९
तालिवान सत्तामा मौलाउँदै आतङ्कवाद
तालिवान सत्तामा मौलाउँदै आतङ्कवाद बिहीबार, फागुन ४, २०७९
भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपालमा
भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपालमा सोमबार, फागुन १, २०७९
लोकप्रिय
  • नंः १ साहित्य  ज्वरो
  • नंः २ विछोडको वेदनामा रक्सीको त्यो मातै मीठो । वेहोशी मैं विताएको अन्धकार त्यो रातै मीठो ।
  • नंः ३ उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा प्रतिष्ठित व्यवसायी कार्कीको उम्मेदवारी
  • नंः ४ अलौकिक शक्तिपीठ पाथीभरा धाम
  • नंः ५ को बन्दैछ आइजिपी ?
विचार
अस्थिर जीवनशैली
अस्थिर जीवनशैली Nami News
शिक्षामा राजनीति
शिक्षामा राजनीति Nami News
तरल राजनीतिले निम्त्याएको तरलता
तरल राजनीतिले निम्त्याएको तरलता Nami News
सूचना-प्रविधि
जनताको पहुँचमा इन्टरनेट पुर्याउनु प्राथमिकता : मन्त्री शर्मा
जनताको पहुँचमा इन्टरनेट पुर्याउनु प्राथमिकता : मन्त्री शर्मा Nami News
सूचना प्रविधि क्षेत्रलाई अझ प्रतिस्पर्धी बनाउने : मन्त्री शर्मा
सूचना प्रविधि क्षेत्रलाई अझ प्रतिस्पर्धी बनाउने : मन्त्री शर्मा Nami News
क्यान इन्फोटेक प्रदर्शनी माघ २४ देखि हुने
क्यान इन्फोटेक प्रदर्शनी माघ २४ देखि हुने Nami News
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief Email: [email protected]
Nirman Chamling Rai Editor Contact No: 9840021942 Email: [email protected]
Follow us on Twitter
Nami News
© Nami News - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्