काठमाडौं। नेपालका विश्वविख्यात गिनिज बुकमा विश्व रेकर्ड राख्न सफल एडभेन्चर स्टार गौतम खातीले अष्ट्रेलियाको सिडनीमा नसोचेको सफलता हासिल गरेका छन्। सिडनीको हार्बर ब्रिजमा क्लाइम्ब गरेर नसोचेको सफलता खातीले हात पारेका हुन्।
सिडनीको उत्तर–दक्षिण दिशालाई जोड्ने ११५९ मिटर लम्वाई र १२४ मिटर उचाई रहेको विश्व प्रसिद्ध उक्त ब्रिज हेर्दा सामान्य जस्तो देखिने गरेतापनि अत्यन्त कठिन ब्रिज अर्थात पुल हो। जुन कलम आकारको स–सानो मार्ग हुदै डोरीको माध्यमवाट साहसिक कठिन यात्रा गर्नुपर्ने हुन्छ। जुन यात्रालाई सहजतापूर्वक पार गरेका नेपाली एडभेन्चर स्टार खातीको एडभेन्चर लाइफमा चौथो अन्तरराष्ट्रिय सफलता हो। यसअघि विभिन्न देशमा यसप्रकारका ऐतिहासिक सफलता कायम गरिसकेका खातीको चाहना भनेकै नेपाललाई एडभेन्चर हब बनाउने हो। यस कार्यमा उनको प्रयास जारी रहेको छ।
हाल काठमाडौं उपत्यकाका विभिन्न स्कुलहरुमा एडभेन्चर संवन्धी शिक्षण गर्दैआएका खातीले विसं.२०७५ सालमा १५ हजार माथि उडिरहेको हेलिकप्टरवाट कराँते खेलको ब्लाँक बेल्ट ड्रेस लगाएर स्काइ ड्राइभ गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा रेकर्ड राख्न सफल भएका थिए ।
कराँते खेलमा ब्लाँक बेल्ट उपाधि प्राप्त इन्टरनेशनल नेपाली खेलाडी तथा कराँतेका कुशल नेपाली प्रशिक्षक खाती सुविख्यात अभिनेता तथा मोडल पनि हुन्। त्यस्तै, भिजिट डाँछी लगायतका डकुमेन्ट्री फिल्मका सफल निर्देशक समेत हुन्।

प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०८२ १५:५४