Top Navigation
  • Contact
Main Navigation
बुधबार, भदौ २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, भदौ २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • साहित्य  ज्वरो
साहित्य  ज्वरो
उमेश रेग्मी
उमेश रेग्मी शनिबार, चैत ११, २०७९

एक महिना अगाडि कवि गोष्ठीमा गएर आएदेखि मलाई सन्चो छैन । के भएको भनु तपाइँहरुलाई । हेर्दा सद्धे नै देखिन्छु तर कहिले मुटु दुख्छ, कहिले टाउको दुख्छ, कहिले केहि सुन्दिन तर कहिले चारैतिरबाट आवाजहरुको मुसलधारे बृष्टि भइरहेको हुन्छ । मित्रहरुले मलाई ’’बहुलाइस कि क्या हो’’ समेत भने । कसैले “तपाईलाई नशा चढेछ“ भन्ने राय सुनाए । श्रीमतीले मलाई “साहित्य ज्वरो“ नामको नौलो रोग लागेको भनिन् ।

रोगका लक्ष्यणहरु पनि अचम्म लाग्दा छन् । जति बेला म त्यो कवि गोष्ठीमा वाचन गरिएका कविताहरु सम्झिन्छु त्यति नै बेला मलाइ रोगले च्याप्न थाल्छ । कुनै कविता सम्झिदा अहिले पनि कान थुन्न मन लाग्छ भने कुनै कविताले मुटु दुखेको भान हुन्छ । तलका हरफहरु अहिलेसम्म कानमा गुन्जिरहेका छन् ।

छोडेर गयौ एक्लै तिमी ईश्वरको घरैमा
थाहा छैन मलाई बाच्नु छ कति निष्ठुर यो धर्तीमा !
यादमा अब हर रात भिज्छ मेरो यो शिरानी
सम्हाली राखे छातीमा दल्न उनको त्यो खरानी !!

माथिका संबेदनशील शब्दहरुका बावजुद कुनै कविको अनुहार सम्झियो कि नआएको ज्वरो आउन शुरु हुन्छ भने कुनै कविको शब्दहरु मैले अहिलेसम्म बुझ्न सकेको छैन, कविता बुझ्ने कुरा त परै जाओेस् । त्यहाँ उपस्थित केहि वरिष्ठहरुले वाचन गरेका पंक्तिहरुमा अनायाशै आँशु झरेका थिए त कुनै कुनैको कवितामा हाँसो रोकिएको थिएन । तलका लाइनहरु सम्झेर अहिले पनि टाउको समात्नु पर्छ ।

म आज ’प्रश्न’ सँग झगडा गर्छु
किन कठिन हुन्छस् तँ ?
किन जटिल बन्छस् तँ ?
किन कारण खोज्छस् तँ ?
किन बयाँन माग्छस् तँ ?

कविले यहाँ “तँ” भनेर प्रश्नलाई सम्बोधन गरेका छन् तर त्यस प्रश्नसँग किन झगडा गर्दै छन् मैले अहिलेसम्म बुझ्न नसक्दा साहित्य गोष्ठीको त्यो मेरो साँझ व्यर्थ गएको महसुश हुन्छ कहिले काही । आक्रोशित राजनीतिक कविहरुको हरफहरु कतिपय अवस्थामा रक्त खल्बल्याउने खालका थिए । यस्तो लाग्थ्यो कवि हुनु त यस्तो पो र कविता लेख्नु यस्तो । तिमी पनि एकैछिन नेपाल बनेर हेर ।

भ्रष्टाचारको भुमरीमा रुमल्लिएर हेर
अत्याचारको दलदलमा भासिएर हेर
’शान्तिको’ अवशानमा पिल्सिएर हेर
’सत्यको’ घाटी निमोठीँदा निस्सासिएर हेर !
तिमी पनि निर्मलाहरु झैँ रोएर हेर
न्यायको आशमा भौतारिएर हेर
गुण्डाहरुको राजमा क्रोधित भएर हेर
वीर सपुतहरुको सपना ध्वस्त बनेको हेर !!

यही दुखाई, हसाई र रुवाइले निम्त्याएको यो साहित्य ज्वरो श्रीमतीले भने झैँ मेरो रोगको मुख्य जड हो । यसबाट छुटकारा पाउने कसरि ? तपाइँहरुलाई मात्र भनेको, म झारफुके कहाँ गएर समेत आइसके रोगको निदानको लागि । तर त्यस झारफुकेले पनि सकेन, सित्तै उहिलेदेखि पालेर राखेको ’भाले’ खाइदियो । “रोग गएन तर भाले गयो“ भनेर झोक्राएर बसिरहेको बेलामा ज्योतिष देखाउने हो कि भन्ने सल्लाह पाए श्रीमतीबाट । खै किन हो उनीलाई यस्ता कुरामा बढी विश्वास लाग्छ। गएर देखाउन । ज्योतिषले आफ्नो राय दिएको थियो एक डालो सिदा र दक्षिणा टक्र्याए पछि । उनले भनेका थिए, “ओ हो ! तपाईँको रोगको निदान त अर्को कवि गोष्ठीमा पो हुने रहेछ ।“ चामलको गेडा केलाउंदै उनले गरेका भविष्यबाणी पश्चात मलाई आएको ज्वरोको के कुरा गर्नु । धत् ! फेरि कवि गोष्ठीको कुरा गर्ने । तपाईँहरु नै भन्नुहोस् त ! एउटा गोष्ठीले यस्तो ताल पारी सक्यो, अब कहाँ अर्को गोष्ठी जाने ?

हुन त ’फलामलाई फलामले नै काट्छ’ भन्छन् । बरु गोष्ठीमा गएर आफूले पनि कविता फलाक्न थालेदेखि रोग निको हुन्छ कि ? आफ्नो विचार र ज्योतिषको सुझाव श्रीमतीलाई सुनाए साथै गोष्ठीमा जान तयार गरेको यस्तो कविता पनि सुनाए ।

शरीर भरि घावै घाउ
कहाँ दुख्छ थाहा छैन !
अर्को घाउ हुने ठाउँ
मैले कहिँ भेटदिन !!
खुशी पनि बेच्न राख
अब तिमी बजारमा !
उधारोमै किन्नु पर्ला
जिउन यो संसारमा !!

     
मेरो छन्द न बन्द को कविता सुनेर श्रीमती निकै बेर केहि बोलिनन् । मेरो कौतुहलता बढ्दै गएको शायद महशुस भएछ उनीलाई र भनिन्, “यस्तो कविता सुनाएर आफू त ठिक भइएला तर अरुहरु थला परे भने के गर्ने ?“  ओ हो ! यो कुरा त सोच्दै नसोचेको । परेन फसाद अब । खै, पाठकबृन्द के गर्ने होला यो रोगको निदान गर्न बताई दिनु पर्यो लौ ।

नामी साप्ताहिक
 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १९:१०
प्रतिक्रिया दिनुहोस्
थप समाज
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु बुधबार, भदौ १७, २०८३
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण मंगलबार, भदौ १६, २०८३
शंकर ग्रुपले गरे ४ करोड सहयोग
शंकर ग्रुपले गरे ४ करोड सहयोग मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढीले क्षति पुर्याएको ढुङ्गेक्षेत्रको बाटो खुल्यो
भोटेकोशी बाढीले क्षति पुर्याएको ढुङ्गेक्षेत्रको बाटो खुल्यो मंगलबार, भदौ १६, २०८३
महाविपत्तिमा एकता अपरिहार्य
महाविपत्तिमा एकता अपरिहार्य बिहीबार, भदौ ११, २०८३
रसुवागढी–भोटेकोशी बाढीले देशैलाई रुवाए
रसुवागढी–भोटेकोशी बाढीले देशैलाई रुवाए बुधबार, भदौ १०, २०८३
कानुन कडा, बालिका किन असुरक्षित ?
कानुन कडा, बालिका किन असुरक्षित ? मंगलबार, भदौ ९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग
  • नंः २ आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
  • नंः ३ साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ महाविपत्तिमा कमजोर सरकार
विचार
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता प्रज्ज्वल घिमिरे
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ शारदा बजगाईँ
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्