Top Navigation
Main Navigation
मंगलबार, असोज १६, २०८०
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper मंगलबार, असोज १६, २०८०
Nami News
Nepal Rastra Bank Nepal Rastra Bank
मंगलबार, असोज १६, २०८०
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
NCELL NCELL
राजनीति
  • Home
  • राजनीति
  • विकास र समृद्धिको प्रमुख साझेदार हो भारत : प्रधानमन्त्री दाहाल
विकास र समृद्धिको प्रमुख साझेदार हो भारत : प्रधानमन्त्री दाहाल
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, जेठ १८, २०८०

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत नेपालको नजिकको विकास र समृद्धिको प्रमुख साझेदार भएको बताएको छ।

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएको हो ।

प्रधानमन्त्रीका रूपमा आफ्नो यो चौथो भारत भ्रमण रहेको स्मरण गर्दै उनले नेपाल र भारतबीचको सम्बन्ध सदियौँदेखि सामाजिक, सांस्कृतिकको बलियो जगमा बहुआयामिक रहँदै आएको उल्लेख गरेका हुन् ।

प्रधानमन्त्री दाहालले भने, “प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशको बीचको सम्बन्ध र सहयोगलाई अझ बलियो बनाउनका लागि लिइएको छिमेकी पहिलो नीतिको म प्रशंसा गर्न चाहन्छु ।”

प्रधानमन्त्री दाहालले भेटवार्तामा दुई देशबीच व्यापार, पारवाहन, सम्पर्क सञ्जाल, लगानी, जलविद्युत्, विद्युत् व्यापार, सिँचाइ, कृषि, रेल्वे, पुल, प्रसारण लाइन, पेट्रोलियम पाइपलाइन विस्तार, एकीकृत भन्सार जाँचचौकीका साथै अतिरिक्त हवाई प्रवेश विन्दुलगायत बहुआयामिक क्षेत्रलाई अझ बलियो बनाउने विषयमा छलफल भएको बताए।

उनले भेटवार्तामा नेपालमा निर्माण भइरहेका जलविद्युत् परियोजना तथा अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा पनि छलफल भएको जानकारी दिए। “नेपालको जलविद्युत् क्षेत्र नेपालको आर्थिक उन्नति र ऊर्जा सुरक्षाको आधार मात्रै नभई यो वातावरण संक्षणका लागि पनि महत्त्वपूर्ण छ”, प्रधानमन्त्री दाहालले भने।

भारतले हाल नेपालबाट ४ सय ५० मेगावाट विद्युत् आयात गरिरहेकामा प्रशंसा गर्दै उनले आगामी दिनमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित ४ सय ५६ मेगावाट विद्युत्सहित थप १ हजार २ सय मेगावाट विद्युत् आयात गर्ने प्रधानमन्त्री मोदीको सकारात्मक प्रतिक्रियाप्रति धन्यवाद ज्ञापन गरे ।

प्रधानमन्त्री दाहालले दीर्घकालीन विद्युत् व्यापार सम्झौताअन्तर्गत आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् नेपालबाट आयात गर्ने सहमति भएको बताए। यो सन् २०२२ अप्रिलमा दुई देशका प्रधानमन्त्रीबीच भएको सहमतिका आधारमा सम्भव भएको उनको भनाइ छ।

नेपालबाट भारत हुँदै बङ्गलादेशसम्म दैनिक ५० मेगावाट विद्यत् पुर्याउनका लागि गरेको सहयोगको प्रशंसासमेत गर्दै उनले विद्युत् व्यापारका सन्दर्भमा नेपाल-भारत-बङ्गलादेशबीच छिट्टै त्रिपक्षीय सम्झौता हुनेमा विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना र ४ सय ८० मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माणको सम्झौताले विद्युत् विकास र अन्तरदेशीय प्रसारण लाइनको विकासमा नयाँ सुरुआत भएको बताए।

उनले दुई प्रधानमन्त्रीबीच ३ महिनाभित्र बहुउद्देश्यीय पञ्चेश्वर आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने र डिपिआर स्वीकृत भएको एक वर्षभित्र कार्यान्वयनको ढाँचा तयार गर्ने सहमति भएको जानकारी दिए।

उनले टनकपुर नहरबाट नेपालतर्फको सिँचाइ, मनसुन सुरु हुनुअघि नै नेपालको तराई क्षेत्रमा हुनसक्ने बाढीको जोखिम न्यूनीकरणका लागि द्विपक्षीय संयन्त्रले काम गर्ने विषयमा छलफल भएको जानकारी गराए ।

भारतसँगको व्यापार घाटा न्यूनीकरणका लागि निर्यातमा सहजीकरण गर्न आग्रह गरेको बताउँदै उनले नेपालको जुटजन्य वस्तुको सामग्रीमा एन्टिडम्पिङ हटाउन आग्रह गरेको बताए ।

व्यापार सहजीकरणका लागि एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसमा सहजीकरणका लागि भारतसँग आग्रह गरे । उनले व्यापार र पारवाहनसम्बन्धी सम्झौता पुनरावलोकन गरिएको बताए।

प्रधानमन्त्री दाहालले अन्तरदेशीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौताले दुवै देशका विद्यार्थी, व्यापारी, पर्यटक र तीर्थालुका लागि ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

मोतिहारी-अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म विस्तार गर्ने, भारतको सिलुगुडीदेखि झापाको चारआलीसम्म नयाँ पेट्रोलियम पाइपलाइन निर्माण तथा भण्डारण गृह निर्माण गर्ने विषयमा सम्झौता भएको उनको भनाइ छ।

प्रधानमन्त्री दाहालले अतिरिक्त हवाई प्रवेश विन्दुका लागि आफूले छलफल गरेको र सोसम्बन्धमा भारत सकारात्मक पाएको बताए। “भारत सरकारले नेपाल–भारत सीमा नजिक रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’बाट उडानसम्बन्धी स्वीकृति दिएकोमा प्रशंसा गर्दछु । यसबाट सुरक्षित र पूर्णक्षमतामा हवाई उडान हुनेछ”, उनले भने। उनले नवनिर्मित भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न सहरमा उडानको अपेक्षा गरेको बताए ।

प्रधानमन्त्री दाहालले दुई देशबीचको सीमाका विषयमा आफूहरूबीच द्विपक्षीय कूटनीतिक संयन्त्रका माध्यमबाट समाधानका लागि पहल गर्ने विषयमा छलफल भएको बताउँदै उनले नेपालमा संयुक्त साझेदारीमा रासायनिक मलको कारखाना स्थापना गर्ने विषयमा पनि छलफल भएको बताए ।

भारत नेपालको नजिकको विकास र समृद्धिको साझेदार भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहेकाले भारतको निरन्तर सहयोगको अपेक्षा गरे ।

सो अवसर प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको सौहार्दपूर्ण भ्रमणका लागि निम्तो दिँदै आफू स्वागत गर्न आतुर रहेको बताए।

यसअघि नेपाल र भारतबीच विभिन्न परियोजना निर्माण गर्ने सम्झौता भएको छ । प्रधानमन्त्री दाहालले आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गरेको थियो । 

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  २०:००
##pushpakamaldahal #prachanda
Employees Provident Fund Employees Provident Fund
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सांसदको दायित्व कानुन बनाउने र कार्यान्वयन गराउने हो : नेत्री अग्रहरी
सांसदको दायित्व कानुन बनाउने र कार्यान्वयन गराउने हो : नेत्री अग्रहरी सोमबार, असोज १५, २०८०
जनतालाई विधायिकाको भूमिकाकाबारे स्पष्ट बुझाइएको रहेनछ : सांसद  पराजुली
जनतालाई विधायिकाको भूमिकाकाबारे स्पष्ट बुझाइएको रहेनछ : सांसद  पराजुली आइतबार, असोज १४, २०८०
नेपाल-चीनबीचका सबै नाका खोल्ने सहमति : प्रधामन्त्री दाहाल
नेपाल-चीनबीचका सबै नाका खोल्ने सहमति : प्रधामन्त्री दाहाल शनिबार, असोज १३, २०८०
राहत शिक्षक आन्दोलन (भिडियाे)
राहत शिक्षक आन्दोलन (भिडियाे) शुक्रबार, असोज १२, २०८०
प्रधानमन्त्री दाहाल चीनको ल्हासाबाट छेन्दुमा
प्रधानमन्त्री दाहाल चीनको ल्हासाबाट छेन्दुमा शुक्रबार, असोज १२, २०८०
स्वास्थ्यकर्मी सडक आन्दोलनमा
स्वास्थ्यकर्मी सडक आन्दोलनमा शुक्रबार, असोज १२, २०८०
प्रधानमन्त्री दाहाल ल्हासा प्रस्थान
प्रधानमन्त्री दाहाल ल्हासा प्रस्थान बुधबार, असोज १०, २०८०
प्रधानमन्त्री दाहाल छोङछिङमा
प्रधानमन्त्री दाहाल छोङछिङमा मंगलबार, असोज ९, २०८०
जनतासमक्ष के भन्ने ? कसरी मुख देखाउन जाने? लुकेर यतै बस्ने अवस्था छ : अध्यक्ष केसी
जनतासमक्ष के भन्ने ? कसरी मुख देखाउन जाने? लुकेर यतै बस्ने अवस्था छ : अध्यक्ष केसी मंगलबार, असोज ९, २०८०
लोकप्रिय
  • नंः १ राहत शिक्षकको माग पूरा, मनाए विजय उत्सव (भिडियाे)
  • नंः २ क्रिकेट स्टार भीमलाई अधिया कमाएर बुबाले हुर्काए
  • नंः ३ देशभरका गणित शिक्षकलाई प्रशिक्षण सुरु
  • नंः ४ भक्तपुरको साँगाबाट अभिनेता अनमोल केसी पक्राउ
  • नंः ५ एनआईसी एशिया बैकको कर्जा प्रबाहमा ठगी धन्दा
विचार
सम्झौताको कार्यान्वयन चाहन्छन् चिनियाँ : प्रा डा झा
सम्झौताको कार्यान्वयन चाहन्छन् चिनियाँ : प्रा डा झा NamiNews- नामीन्यूज
असल विधायिका बन्ने अभ्यासमै छु : सचेतक थिङ
असल विधायिका बन्ने अभ्यासमै छु : सचेतक थिङ NamiNews- नामीन्यूज
जथाभावी एन्टिबायोटिक जनस्वास्थ्यमाथि खेलबाड
जथाभावी एन्टिबायोटिक जनस्वास्थ्यमाथि खेलबाड रासस
सूचना-प्रविधि
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने कानुन निर्माणको चरणमा : मन्त्री शर्मा
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने कानुन निर्माणको चरणमा : मन्त्री शर्मा NamiNews- नामीन्यूज
टेरामोक्स कल ट्यापिङ गर्न होइन, सेवाको गुणस्तर सुधार गर्न हो : अध्यक्ष खनाल
टेरामोक्स कल ट्यापिङ गर्न होइन, सेवाको गुणस्तर सुधार गर्न हो : अध्यक्ष खनाल NamiNews- नामीन्यूज
श्रमिक होइन, सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्न चाहन्छौँ
श्रमिक होइन, सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्न चाहन्छौँ रासस
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief Email: [email protected]
Nirman Chamling Rai Editor Contact No: 9840021942 Email: [email protected]
Follow us on Twitter
Nami News
© Nami News - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्