Top Navigation
Main Navigation
शनिबार, फागुन १६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, फागुन १६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • किरात, हिन्दू, बौद्धमार्गीहरुकाे साझा तीर्थस्थल साल्पापोखरी पर्यटकको प्रतीक्षामा
किरात, हिन्दू, बौद्धमार्गीहरुकाे साझा तीर्थस्थल साल्पापोखरी पर्यटकको प्रतीक्षामा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, असार ७, २०८०

भोजपुर । साल्पापोखरी खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभा जिल्लाको सङ्गमस्थलका रूपमा परिचित प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो।

साल्पापोखरी समुद्र सतहदेखि ३ हजार ६ सय ७२ मिटर उचाइमा रहेको यो चार जिल्लाको सङ्गमस्थल भए पनि भोजपुर जिल्लाको साल्पासिलिच्छो गाउँपालिकामा पर्दछ ।

सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा ओर्लिएर भोजपुरको कात्तिके, नेपालेडाँडा, मझुवा, केदाकाउले, ताँबुटार, चौकीडाँडा, दोभाने पार गरेपछि साल्पा पोखरी पुग्न सकिन्छ भने भोजपुर सदरमुकामबाट सुन्तले, मैयुङ हुँदै पनि त्यहाँ पुग्न सकिन्छ।

साल्पापोखरी जाने क्रममा बाटोमा पर्ने भेडेटार डाँडाले मनै फुरुङ बनाउँछ । पूर्वको एक रमणीय पर्यटकीयस्थल भेडेटारबाट पहाडका घुम्ती सडक हुँदै तमोर नदीतर्फ झरेर नदी किनारैकिनार धनकुटा जिल्लाको सदरमुकाम पुग्दा अर्को मनमोहक ठाउँ भेटिन्छ हिले। पाख्रिबास डाँडाबाट देखिने हरियाली दृश्यलाई नियाल्दा रमाइलो अनुभूति हुने गर्दछ।

तुम्लिङ्टार हुँदै जाँदा तलतिर कलकल बगिररहेको अरुण देख्दा धेरैलाई जीवनको फरक अनुभव लाग्न सक्छ। नदीमा पुल नहुँदा त्यहाँ आइपुगेका यातायातका साधनहरू फेरीबाट वारपार गर्ने गरिन्छ ।

अरुण वारि र पारि भोजपुर जिल्ला नै पर्दछ। खोटाङको खानीडाँडा विमानस्थलबाट दिक्तेल, तालखर्क, मैयुङ हँदै र लामीडाँडा विमानस्थलबाट नुनथला, मुढे, रूपाकोट, सुङदेल हुँदै पनि तीन दिनको पैदलयात्रा गर्दै साल्पापोखरी पुग्न सकिने पदमार्ग रहेको छ।

अरुणमा रहेको झोलुङ्गे पुल तरेर भोजपुरको षडानन्द नगरपालिका, कात्तिके हुँदै कच्ची सडकमा जिपको यात्राको अनुभव पनि बिर्सन सकिंदैन। भोजपुर जिल्लाका गाउँका धेरै खेतबारी र पाखामा रुद्राक्षका बोट प्रसस्त देख्न सकिन्छ।

केही वर्षयता रुद्राक्ष यहाँका धेरैको आम्दानीको स्रोत बनेको छ । यो शिवको आँसु मानिन्छ जसको जप गरिन्छ,  माला  लगाइन्छ र  देवीदेवतालाई पनि चढाइन्छ। आबाल ब्रह्मचारी षडानन्द गुरुले नै सुरुमा ती बोट लगाएका थिए भनिन्छ।

‘जी फाउन्डेसन’ नामक संस्थाले यस क्षेत्रमा सामुदायिक पूर्वाधार विकासका लागि जीविकोपार्जन कार्यक्रममार्फत पर्यापर्यटनको विकास र जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धि गरेको छ ।

कार्यक्रममार्फत कृषि, करेसाबारी, उद्यमशीलताका कार्यक्रमहरु सञ्चालन गरिएको र यसबाट स्थानीयवासीको जीवनस्तरमा सुधार आएको कार्यक्रमका सीताराम थापा मगरले जानकारी दिए ।

केन्द्रीय प्रशारणको लाइन विस्तार नभएकाले गाउँपालिकाकाका प्रत्येक घरका धुरीमा सोलार प्यानल राखी सौर्य उज्यालो प्राप्त गरिएको छ। फेदी गाउँका कतिपय महिला उद्यमीहरूले लोक्ताको कपडा, राडी बुनेर आयआर्जन गरेका छन्। उनीहरुले उत्पादन गरेका सामग्रीहरुको बजारीकरणमा समस्या रहेको उपाध्यक्ष अस्मिता राईले बताए ।

साल्पापोखरी पुग्न फेदी गाउँबाट ठाडो उकालो हिंड्नुपर्छ । ढुङ्गाको सिँढी ठाउँ-ठाउँमा रहेका थुम्काहरूमा पुग्दा फूलहरू मनै हलुका भएजस्तो लाग्दछ। तीन हजार ४३४ मिटर उचाइमा पुग्नु थियो ।

फेदी गाउँबाट हिँडेको साढे दुई घन्टापछि जौबारीबाट वरिपरिका गाउँबस्तीको रमणीय दृश्य देख्न सकिन्छ । जौबारीमा जौ र आलु राम्रो खेती हुने गर्दछ। झन्झन् जति माथि गयो, थकाइलाई वरपरको रोमाञ्चक दृश्यले फुर्तिलो बनाउँछ ।

वनमा फुलेका लालीगुराँसले मनलाई आनन्दित गराइरहेका थिए, थकाइको अनुभूति नै हुँदैन । उकालो जाँदै गर्दा बाटोमा भेटिने चौरीखर्क र लालीगुराँसको दृश्यलाई कैद गर्न क्यामरा र मोवाइल फोनलाई फुर्सदै हुँदैन ।

भोजपुरका प्रमुखको रमाइलो गीत, रमोरम दृश्यको स्वाद लिँदै हिँडिरहँदा माबु भेटिन्छ, जहाँ ‘मुन्दुम पदमार्ग’ जोडिन आइपुग्छ। गाउँपालिकाले जि–फाउण्डेशनसँगको सहकार्यमा चखेवाबाट मैयुङडाँडा, सातदोबाटो, बगरेभञ्ज्याङ, जुगेडाँडा, लौरेडाँडा, निकास हुँदै साल्पापोखरी पुग्ने मुन्धुम ट्रेल जोड्ने सहायक पदमार्ग निर्माण गर्ने, मुन्धुम ट्रेल स्तरोन्नति गर्ने, मुन्धुम ट्रेलको आसपासमा होमस्टे (घरवास) लगायतका संरचना निर्माण गर्ने योजना बनाएको छ।

स्विस सरकार, कोशी प्रदेश सरकार तथा स्थानीय तहमध्ये भोजपुरको टेम्केमैयुङ र साल्पासिलिच्छो गाउँपालिका तथा भोजपुर र षडानन्द नगरपालिकाले लागत साझेदारी गरेको सो पदमार्ग अङ्ग्रेजी अक्षर ‘वाइ’ आकारमा निर्माण भइरहेको  छ।

भोजपुर र खोटाङको सिमाना तावा भञ्याङ–चखेवा भञ्याङ–धोद्रे–हाँस पोखरी–तारा खसको–बलौटे भञ्याङ–लौरी भञ्याङ–निकास माने हुँदै भोजपुरको सबैभन्दा अग्लो चुचुरो सिलिचुङ डाँडामा पुगेर एकराते–पखुवा भञ्याङ–बाघखोर–सुन्तले–बाघखोर हुँदै भोजपुर नगरपालिका–१० भैँसीपङखाको साम्पाङ चोकमा आएर टुङ्गिन्छ ।

मुन्धुम पदमार्ग करीब ८० किलोमिटर रहेको छ। कूल ८८ किमिमध्ये हाल ६२ किमी पूरा भइसकेको नेपालको घुम्नैपर्ने सो पदमार्गले खोटाङका केपिलासगढी र साकेला गाउँपालिका छुन्छ जुन किराती सभ्यता झल्काउने एक भौतिक संरचना रहेको भोजपुर नगरपालिका प्रमुख कैलाश आलेले जानकारी दिए ।

बिहान उठेर माथितिर हेर्दा झुल्के घामसँगै सिलिचुङ चुचुरामा परेको हिउँ देख्दा निकै रमाइलो लाग्दछ । सिलिचुङ डाँडाबाट सगरमाथासँगै तराईका सुन्दर फाँटसँगै अन्य हिमालहरूको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

नेपाल सरकारले निर्धारण गरेको घुम्नै पर्ने १०० पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्धुम पदमार्ग यो क्षेत्रसम्म विस्तार भएको छ।

यस स्थानलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न लागेको साल्पासिल्च्छो गाउँपालिका अध्यक्ष दौलत कुलुङले जानकारी दिए। साल्पा पोखरी र सिलिचुङ डाँडा धार्मिक तथा पर्यटकीय क्षेत्र रहेकोले यसको बृहत्तर रूपमा विकास गर्ने उनको योजना रहेको छ।

प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल साल्पा सिलिचुङ पोखरी पर्यटकको पर्खाइमा रहेको छ । धार्मिक महत्व बोकेको यो पर्यटकीय स्थल प्रचार प्रसारको अभावले ओझेलमा परेको छ ।

समुद्री सतहबाट ४ हजार १५३ मिटर उचाईमा रहेको सिचिलुङ डाँडाबाट सगरमाथा हिमाल पनि आँखै अगाडि देख्न सकिन्छ भने मकालु हिमाल, विश्वको सर्वोच्च शिखर सगरमाथा हिमाल सामुन्ने देख्दा आफैँले आफूलाई बिर्सेको आभास हुन्छ। 

सिलिचुङ चुचुरो भोजपुर र सङ्खुवासभा जिल्लाको सिमाना अवस्थित छ । यो क्षेत्रमा रेडपाण्डालगायतका जीवजन्तु, विभिन्न बहुमूल्य जडीबुटी पाइने बताइन्छ।

चुचुरोको काखैमा रहेको पोखरीमा आन्तरिक पर्यटकहरू आफ्नो मनोकामना पूरा हुने धार्मिक विश्वासले पूजाआजा गर्नको लागि पुग्ने गरेका छन्। साल्पापोखरीसँग आफूले मागेको कुरा दिने अद्भूत शक्ति रहेको जनविश्वास रहेको छ । 

साल्पापोखरीको दर्शनले ज्ञान आर्जन हुने विश्वास गरिन्छ । बोली नफुट्ने बालबालिकालाई बोली दिने, निःसन्तानलाई सन्तान दिनेलगायत मनकामना पूरा गरिदिने साल्पापोखरी मन्दिरमा स्थानीय लामा, झाँक्रीहरूको गुरु पनि छन्।

यहाँ वैशाख, भदौ, कात्तिक र फागुनका पूर्णिमामा यहाँ विशेष मेला लाग्छ । तीर्थालुहरू आफ्नो मनोकामना पुरा गर्न आउने गर्छन्। पोखरीमा तिर्थालुहरू नुहाउने गर्छन्, यहाँ भोजपुर, खोटाङ, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बुलगायत ठाउँबाट भक्तजनहरू पुग्ने गरेका छन्। साल्पापोखरीमा आफ्नो भाकल पूरा गर्न विशेषगरी परेवा उडाउने चलन छ ।

पोखरी पुग्दा मन रमायो, अघिल्लो दिन हिँडेको थकाइ पनि हराउँछ ।  साल्पा–सिलिचुङ क्षेत्र प्राकृतिक रूपमा जति सुन्दर, त्यो भन्दा कैयौँ गुणा सांस्कृतिक रूपमा महत्वपूर्ण छ ।

यस क्षेत्रमा किरातीको सृष्टिदेखि, सभ्यता, बसाइसराइ गर्दाका समस्या र जन्मदेखि मृत्युसम्मका संस्कार र परम्पराको वर्णन पाइन्छ। साल्पापोखरीलाई किरात, हिन्दू, बौद्धमार्गीहरुले साझा तीर्थस्थलका रूपमा मानिन्छ ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १९:५६
##salpasilicho
प्रतिक्रिया दिनुहोस्
थप समाज
नेपाल र भुटान वीचको प्रेमील अधुरो यात्रा
नेपाल र भुटान वीचको प्रेमील अधुरो यात्रा शनिबार, फागुन १६, २०८२
माझी-मुसहर बस्तीमा चुनावको अत्तोपत्तो छैन
माझी-मुसहर बस्तीमा चुनावको अत्तोपत्तो छैन बिहीबार, फागुन १४, २०८२
हिउँले ढाक्यो मतदान केन्द्र जाने बाटाे
हिउँले ढाक्यो मतदान केन्द्र जाने बाटाे बिहीबार, फागुन १४, २०८२
कविता : गाउँ-शहर
कविता : गाउँ-शहर सोमबार, फागुन ११, २०८२
अब उपरान्त घण्टी बनाउन त के हल्लाउनै निषेध
अब उपरान्त घण्टी बनाउन त के हल्लाउनै निषेध आइतबार, फागुन १०, २०८२
मरेको लासलाई गाेजी नभएकाे कपडाले किन बेरिन्छ ? पहेँलो कपडाले किन बेरिन्छ ?, पैसा किन छरिन्छ ?
मरेको लासलाई गाेजी नभएकाे कपडाले किन बेरिन्छ ? पहेँलो कपडाले किन बेरिन्छ ?, पैसा किन छरिन्छ ? शनिबार, फागुन ९, २०८२
सिक्किम र झापाबीचको अमर-प्रेम
सिक्किम र झापाबीचको अमर-प्रेम शनिबार, फागुन ९, २०८२
आज ७६औँ प्रजातन्त्र दिवस
आज ७६औँ प्रजातन्त्र दिवस बिहीबार, फागुन ७, २०८२
२०८३ सालको पात्रो सार्वजनिक: दसैँ र तिहार कहिले ?
२०८३ सालको पात्रो सार्वजनिक: दसैँ र तिहार कहिले ? आइतबार, फागुन ३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ वैदेशिक रोजगारीले जन्माएको प्रश्न
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ कविता : गाउँ-शहर
  • नंः ४ मरेको लासलाई गाेजी नभएकाे कपडाले किन बेरिन्छ ? पहेँलो कपडाले किन बेरिन्छ ?, पैसा किन छरिन्छ ?
  • नंः ५ अब उपरान्त घण्टी बनाउन त के हल्लाउनै निषेध
विचार
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि :  समृद्धिका भरोसा 
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि : समृद्धिका भरोसा  शारदा बजगाईँ
वैदेशिक रोजगारीले जन्माएको प्रश्न
वैदेशिक रोजगारीले जन्माएको प्रश्न प्रज्ज्वल घिमिरे
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्