Top Navigation
  • Contact
Main Navigation
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सीमा नाका क्षेत्रमा २९ हजार सशस्त्र सुरक्षा
सीमा नाका क्षेत्रमा २९ हजार सशस्त्र सुरक्षा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, असोज २८, २०८०
Armed Police Force

काठमाडौँ । दशैं लगायत चाडपर्वका लागि सशस्त्र प्रहरी बलका २९ हजार जनशक्तिले सीमा नाकालगायत क्षेत्रमा सुरक्षा दिन थालेका छन्।

‘चाडपर्व विशेष सुरक्षा योजना’ तयार पारी लागू गर्दै यसपाली चाडपर्वका समयमा २९ हजार जनशक्ति परिचालन गरी निगरानी थालिएको सशस्त्र प्रहरीका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिएको हो।

उनका अनुसार २९ हजार १ सय ५४ सशस्त्र प्रहरी कर्मचारी सुरक्षा योजनाअन्तर्गत परिचालित भएका छन्। यस्तै तत्कालै खटाउन सक्ने गरी करिब ३ हजार सशस्त्र प्रहरी कर्मचारी रिजर्व फोर्सका रूपमा तयारी अवस्थामा राखिएको छ।

यसपालीको चाडपर्वको समयमा सीमावर्ती इलाका तथा अन्य स्थानमा नागरिकको सेवा, सुरक्षा र उद्धारको सुरक्षा योजनाअन्तर्गत आजैदेखि सशस्त्र प्रहरी परिचालित भएका छन् ।

देशभरका सशस्त्र प्रहरी बल इकाईले सीमा इलाकामा नागरिकको सुरक्षित एवं सहज आवगमनको व्यवस्था मिलाउनाका साथै आपत विपतमा परेका नागरिकको उद्वारकार्यमा सहयोग पुर्याउन भारत र चीनतर्फका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा १ सय २५ स्थानमा हेल्प डेस्क ९नागरिक सहायता कक्ष० र ३३ स्थानमा हेल्थ डेस्क ९नागरिक स्वास्थ्य सहायता कक्ष० स्थापना गरी निगरानी बढाएको छ।

झापाको पूर्वी नाकास्थित काँकडभिट्टाको मेची पुल इलाकामा अवैध हातहतियार, विष्फोटक पदार्थ र लागुऔषध पहिचाहन गर्नसक्ने तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको जनाइएको छ।

दशैं, तिहार, छठ तथा अन्य चाडपर्वमामा हुनसक्ने आपराधिक क्रियाकलाप रोकथाम एवं नियन्त्रण गर्न सशस्त्र प्रहरीको गस्ती, पट्रोल, चेक प्वाइन्टमा खटिनुका साथै मुख्य राजमार्गमा हुनसक्ने घटनालगायत दुर्घटना न्यूनीकरण तथा दुर्घटना भएमा समयमै उद्वार गर्न ५३ स्थानमा एम्बुलेन्ससहितको आइआरटी टोली परिचालित हुने सशस्त्र प्रहरीले जनाएको छ।

प्राकृतिक तथा मानवसिर्जित विपद्को अवस्थामा तत्काल परिचालन हुनसक्ने गरी सशस्त्र प्रहरीले धनकुटाको मूलघाट, बाराको निजगढ, धादिङको आदमघाट, म्याग्दीको बेनी, दाङको भालुवाङ, सुर्खेतको चिप्ले, डडेलधुराको अमरगढी र सिन्धुलीको खुर्कोट गरी आठ ठाउँमा स्थापना गरिएको विपद् व्यवस्थापन बेसमा आवश्यक स्रोत साधनसहित तालिम प्राप्त जनशक्ति तयारी हालतमा राखिएको  जनाइएको छ।

स्वास्थ्यकर्मीसहित सुविधा सम्पन्न ८ वटा एम्बुलेन्स र ठूलो दुर्घटना घटेको समयमा एकैपटक घाइतेलाई अस्पतालसम्म लैजान सकिने गरी मास क्याजुअल्टी भेइकल (एमसीबी) समेत सातै प्रदेश र उपत्यकामा तयारी हालतमा राखिएको छ।

सोे योजनाअन्तर्गत ५ सय ६३ स्थानमा पैदल गस्ती, ३ सय ६६ स्थानमा मोबाइल गस्ती, ३७ स्थानमा एलआरपी (लामो दूरीको गस्ती), २ सय ९ स्थानमा क्युआरटी र ३ सय ७३ स्थानमा चेकप्वाइन्ट तथा पिकेट ड््यूटीमा सशस्त्र प्रहरी कर्मचारी तैनाथ गरिएको छ।

उक्त ड्यूटीको अनुगमन सशस्त्र प्रहरी प्रधान कार्यालयबाट हुनेछ भने राजधानी लक्षित सुरक्षा योजनाको संवेदनशीलतालाई मध्यनजर गर्दै उपत्यकाका विभिन्न स्थानमा पाँचवटा अनुगमन टोलीसमेत परिचालन हुने योजना रहेको छ।

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १४:३२
##apf #armedpoliceforce
प्रतिक्रिया दिनुहोस्
थप समाज
पशुपतिनामा पितृ पक्ष सुरु
पशुपतिनामा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्