Top Navigation
Main Navigation
बिहीबार, भदौ २६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, भदौ २६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • खुशी र बहारमय दशैंको शुभकामना
खुशी र बहारमय दशैंको शुभकामना
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, कात्तिक ५, २०८०
Nepal Oil Corporation

सम्पादकीय–
    ३ सय ६५ दिनको चक्रसंगै शरद ऋतुको आगमनको संकेत बोकेर आएको दशैं नेपालीहरुको महान पर्वको रुपमा लिइने गरेको छ । बर्षभरि काम विशेषले बाहिरिएकाहरु पनि घर संझेर फर्कने भएकोले मिलनको पर्वको रुपमा दशैंलाई लिइने गरेको छ । यो दशैंले सवैको निधारमा खुशीको संकेत दिने गरेको छ।
   खुशी र बहारको संगमरुपी न त घाम न त बर्षा ! मौसमले साथ दिने पर्व भएकोले दशैं सवैको लागि प्रिय बनेको छ। एक छाक खानको लागि धौ–धौ पर्नेको परिवारले पनि ऋणै काटेरै दशैं रमाइलोसँग मनाउने नेपाली परम्परा रहेको छ । जतिसुकै दुःख परेतापनि जसोतसो गरेर दशैं रमाइलो पार्ने नेपाली मात्रको चाहना हुने गरेको छ ।
    दशैं नमाउने बर्ग तथा जाति विशेषले समेतले दशैंलाई उत्साहपूर्वक लिने गरेको पाइएको छ। दशैको टीका नलाउने कतिपयले केही बर्षयता टीका लाउने प्रथा शुरु गरेको पाइएको छ । जुन धार्मिक महत्वको रुपमा यसलाई लिन सकिन्छ । मिठो खाऔ र राम्रो लाऔ भन्ने नै दशैंको मूलमन्त्र हो । यही मूलमन्त्रलाई अंगिकार गरेर नेपाली मात्रले दशैंलाई रमाइलो पार्ने सक्दो कोशिश भएको पाइन्छ । आकाशमा उड्ेको चंगा तथा जमिनमा गाँडिएको पिङ्गले दशैंलाई रोचक बनाउने गरेको छ।
     दशैंको यिनै रोचकतासँगै थुप्रै कौतुहलता र रोमान्चकताले गर्दा दशैं मनमोहक बन्ने गरेको छ । अर्कोतर्फ दशैंको नाममा बजारमा आउने अनेकन अफरले उपभोक्ताहरुलाई राहत महशुश भएको पाइएको छ । दशैकै बेलामा काठमाडौ आउने र काठमाडौंबाट बाहिर जानेहरुमा बसको टिकटको लापरवाहीले आहत नै खेप्न बाँध्य हरेक बर्ष जस्तो हुने गरेको छ।
    सरकार तथा संवन्धित निकायले हरेक बर्षजस्तो यो बर्षपनि दशैंमा घर जानेहरुको लागि रामै्र बसको टिकटको व्यवस्था गरिएको भनिएको छ। तर, व्यवहारमा खासै परिवर्तन ल्याएको पाइदैन । जसले गर्दा नचाहेर पनि निराश बन्न बाँध्य बन्नुपर्दछ।
    मुलुकमा साउन तथा भदौ महिनामा विभिन्न स्थानमा बाँढी–पैह्रोले गर्दा निक्कै नै संकट निम्त्याएको छ। कयौको यो दैबी प्रकोपमा परेर सिगै परिवार गुमेको छ । कतिको परिवारै बेपत्ता बनेको छ । यी नियतिको खेलले यो बर्षको दशैं कतिको लागि पिडाको विषय बनेको पनि देखिन्छ। साथमा साउन–भदौ देखिको बर्षा कतिपय स्थानमा अझै रोकिएको पाइदैन । 
    पहिला पहिला दशैको बेलामा पानी पर्दैन । बर्षाले हैरान नपार्ने शरद ऋतुको मधुमास भन्ने गरेतापनि बाताबरणीय प्रभावले कतिपय स्थानमा झरी तथा बर्षे दशै भैरहेको जस्तो आभास भएको छ । जे–जस्तो भएतापनि खुशी र उमंगको पर्व दशैं मनाउँदा दशा हुनेगरी कसैले पनि मनाउन हुँदैन।
    घाँटी हेरेर हाँड निल्नु भनेजस्तो आफ्नो गक्षले भ्याउने मात्र खर्च गरेर दशैं मनाउनुको मज्जा नै बेग्लै हुन्छ। खोक्रो शान र धाँक देखाउनकै लागि दशतिर ऋण गरेर दशै मनाउने तथा फजुल खर्च गर्ने कार्यलाई हामी सवैले रोक्नु आवश्यक छ । दशै शान्त तथा सुरम्य तौरतरीकाले कालान्तरसम्म चीरस्मरणीय बनाएर मनाउन सक्नु पर्दछ।
    तब मात्र दशैंले खास महत्व र विशेषता राख्ने गर्दछ । र अन्तमा, नेपाली मात्रको महान पर्व दशैंको अवसरमा नामी साप्ताहिकका पाठकबृन्द, विज्ञापनदाता तथा शुभचिन्तक सवैमा उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक शुभकामना !
(नामी साप्ताहिकवाट सम्पादकीय साभार)


 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  ०९:१९
प्रतिक्रिया दिनुहोस्
थप समाज
अनिश्चितकालीन कर्फ्यू आदेश जारी
अनिश्चितकालीन कर्फ्यू आदेश जारी मंगलबार, भदौ २४, २०८२
मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट
मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट शनिबार, भदौ २१, २०८२
धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार बुधबार, भदौ १८, २०८२
उदयपुरका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण
उदयपुरका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण शनिबार, भदौ ७, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भगवान श्रीकृष्णको पूजाआराधना
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भगवान श्रीकृष्णको पूजाआराधना शनिबार, साउन ३२, २०८२
मिसेस नेपाल वर्ल्ड-२०२५ का लागि आवेदन खुल्ला
मिसेस नेपाल वर्ल्ड-२०२५ का लागि आवेदन खुल्ला मंगलबार, साउन २८, २०८२
जनताको विपदको साथी || नेपाल रेडक्रस सोसाइटी कागेश्वर मनोहरा उपशाखा भद्रवास आलापोट
जनताको विपदको साथी || नेपाल रेडक्रस सोसाइटी कागेश्वर मनोहरा उपशाखा भद्रवास आलापोट शनिबार, साउन २५, २०८२
जनैपूर्णिमा जात्राकाे दृष्य
जनैपूर्णिमा जात्राकाे दृष्य शनिबार, साउन २५, २०८२
आज रक्षाबन्धन अर्थात जनै पूर्णिमा पर्व मनाइँदै
आज रक्षाबन्धन अर्थात जनै पूर्णिमा पर्व मनाइँदै शनिबार, साउन २५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
  • नंः ३ आजको जेन-जी प्रदर्शनकारीकाे मृत्यु र कति घाइते भए ?
  • नंः ४ मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट
  • नंः ५ Gen-Z जनविद्रोह अन्तिम चरणमा प्रवेश
विचार
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   प्रज्ज्वल घिमिरे
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  NamiNews- नामीन्यूज
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्