Top Navigation
Main Navigation
शनिबार, भदौ २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, भदौ २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • सयपत्री फूलखेतीको हब तनहुँ
सयपत्री फूलखेतीको हब तनहुँ
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, कात्तिक २२, २०८०

तनहुँ । नेपालीको दोस्रो महान पर्व तिहारमा अत्यधिक मात्रामा सयपत्री र मखमली फूलको प्रयोग हुन्छ। तिहारको मुख्य दिन भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपश्चात माला लगाइदिने प्रचलन छ।

गाई, गोरु र कुकुर तिहारको अवसरमा पशुलाई समेत फूलको माला लगाएर पूजा गरिने हुँदा तिहारमा सयपत्री र मखमली फूलको अत्यधिक प्रयोग हुने गर्दछ।

विगतका वर्षमा भारतीय सयपत्रीको माला नेपाली बजारमा प्रशस्त पाइने गरे पनि यस वर्ष नेपाल सरकारले भारतीय माला आयातमा प्रतिबन्ध लगाएपछि नेपाली फूलले राम्रो बजार मूल्य पाउन सक्ने देखिएको छ।

सयपत्री फूलमा आत्मनिर्भर हुन यहाँका स्थानीय सरकारले किसानलाई अनुदान प्रदान गरी प्रोत्साहन गरेका छन्। जिल्लाका दश पालिकामध्ये आँबुखैरेनी, बन्दीपुर म्याग्दे गरी तीन पालिकाले आफ्नो पालिकाभित्र फूल उत्पादनका साथै प्रवद्र्धनमा सहयोग गर्दै आएका छन्।

Nepal Oil Corporation

छोटो अवधि र थोरै लगानीमा राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय किसान पनि फूल खेतीतर्फ आकर्षित हुँदै गएका छन्। विभिन्न स्थानीय तहमा पनि युवाले सामूहिक रुपमा वा एकल रुपमा सयपत्रीको खेती गरेका छन्। युवाले गरेको सयपत्री फूलको खेतीलाई स्थानीय तहले प्रवद्र्धन गर्न सुरु गरेको छ।

जिल्लाको आँबुखैरेनी गाउँपालिकामा करिब २६ रोपनी क्षेत्रफलमा गरेको फूलखेतीबाट उत्पादन लिन सुरु गरेको गाउँपालिकाका कृषि शाखाप्रमुख सन्तोष केसीले जानकारी दिए।

आँबुखैरेनी-१ स्थित याञ्चोक आमा समूह, आँधीमूल आमा समूह र मित्रता मावि परिसमा व्यवसायिक फूलखेती गरिएको हो। व्यावसायिक र आयमूलकका साथै सयपत्रीमा पालिका क्षेत्रलाई ‘हब’ बनाउने योजना रहेको उनले बताए।

याञ्चोकमा ३५ र आँधीमूल आमा समूहका १५ जना जनशक्ति दैनिक खट्दै आएका छन्। उक्त जनशक्तिले फूल टिप्ने र माला बनाउने कार्यमा तल्लिन हुँदै आएका छन्।

असोज १५ गतेदेखि फूल टिपेर माला बनाई बिक्री समेत गर्न थालिएको छ। तयार गरिएका एक हजार थान मालामध्ये ५० प्रतिशत बिक्री भैसकेको बताइएको छ।

महिलालाई फूलखेतीमा आकर्षित गराउँदै आयआर्जनसँग जोड्न सय प्रतिशत अनुदानमा फूलका बिरुवा वितरणदेखि प्राविधिक सहयोग गरेको गाउँपालिका कार्यालयले जनाएको छ।

गोरखा, दमौली र काठमाडौँलगायत सहरबाट तिहारको लागि आठ हजार मालाको माग भइसकेको र माग आउने क्रम पनि जारी रहेको उनले बताए।

“मुख्य याममा गुणस्तर हेरी प्रतिमाला ४० देखि रु ७० सम्म बिक्री गर्ने योजना रहेको छ”, उनले भने, “अफसिजनमा प्रतिमाला खुद्रा १ सयदेखि १ सय २० सम्म बिक्री गर्ने लक्ष्य राखिएको छ। पहिलो वर्षको अनुभव रहेकाले प्राविधिक व्यवस्थापन गरिरहेका छौँ”, उनले भने, “आउँदो वर्ष समयमै सुधार गर्ने गरी अहिले पूर्ण रुपमा फक्रिएका फूल टिपेर माला बनाई चिस्यान केन्द्रमा राख्न थालिएको छ।”

सोही वडास्थित मिलीजुली कृषि उत्पादक सहकारी संस्था लिमिटेडको चिस्यान केन्द्र बिग्रिएकाले गाउँपालिकाले मर्मतसम्भार गरी प्रयोगमा ल्याइएको हो।

गाउँपालिकाले अध्यक्षसँग कृषि विकास कार्यक्रमअन्तर्गत महिलालाई फूलखेतीमा आकर्षण गर्न सयपत्री प्रवद्र्धधन कार्यक्रमलाई अघि बढाइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। उत्पादनलाई आयआर्जनमा जोडेर स्थानीयवासीको आर्थिकस्तर उकास्ने लक्ष्य गाउँपालिका कार्यालयले लिएको उनी बताउँछन्।

दुईवटा आमा समूहलाई पहिलो वर्षमा रु ९० हजार अनुदान प्रदान गरे पनि आगामी वर्षदेखि गाउँपालिकाले प्राविधिक सहयोग मात्रै गर्ने योजना रहेको छ। आमा समूहले पहिलो वर्षमा फूलखेतीबाट गरेको आम्दानीलाई बर्सेनि सयपत्री फूल व्यवसायलाई निरन्तरता दिनुपर्ने प्रावधान रहेको छ।

मित्रता माविको हकमा भने ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत एकमुष्ट ३ लाख अनुदान प्रदान गरी आयआर्जनबाट विद्यार्थीको पठनपाठनमा सहयोग गर्ने लक्ष्य गाउँपालिका कार्यालयको रहेको छ।

त्यसैगरी जिल्लाको बन्दीपुर गाउँपालिका-५ थुम्का,कल्चोक लगायतका स्थानमा चालिस रोपनी जमिनमा फूल खेती गरिएको छ। विगत केही वर्षदेखि यहाँका स्थानीय किसानले व्यावसायिक रुपमा फूल खेती गर्दै आएका हुन्।

फूलमा आत्मनिर्भर हुँदै आर्थिक क्षेत्रमा समेत सक्षम हुन व्यावसायिक फूल खेतीलाई निरन्तरता दिइएको किसान तामप्रसाद भट्टले जानकारी दिए। “फूलमा आत्मनिर्भर बन्दै बाह्य जिल्लामा निर्यात गर्न सफल भइएको छ”, उनले भने “अघिल्ला वर्षहरुमा थोरै क्षेत्रफलमा फूल लगाए पनि यस वर्ष चार रोपनी क्षेत्रफलमा खेती गरेको छु।”

उनले उत्पादित फूल जिल्लाभित्र र नारायणगढमा लगेर बिक्री गर्ने गरेको छ। प्रतिमाला २ सयदेखि ३ सय ५० सम्म बिक्री हुने गरेको उनको भनाइ छ। यस वर्ष करिब रु डेढ/दुई लाखसम्मको फूल बिक्री हुने अपेक्षा रहेको किसान भट्ट बताउँछन्। त्यस क्षेत्रका फूल उत्पादक किसानले मुख्य याममा १ लाख बढीको बिक्री गर्ने गरेका छन्।

भारतको तुलनामा नेपालमा फूल उत्पादनमा लागत बढी पर्ने भएकाले चाडपर्वको समयमा भारतबाट आउने फूलको मूल्यसँग प्रतिस्पर्धा गर्न कठिन हुने गरेको अर्का किसान नारायण लामिछानेले बताए।

यसपटक सरकारले भारतीय मालालाई आयातमा प्रतिबन्ध लगाएकाले स्वदेशी उत्पादनले प्राथमिकता पाएको बताउँदै उनी भन्छन्, “स्वदेशमै उत्पादन गर्न सकिने अन्य कृषिजन्य वस्तुहरुमा पनि यसरी नै प्रतिबन्ध लगाएमा  नेपाली कृषक प्रोत्साहित हुनेछन्।”

बिरुवा लगाएको चार महिनाभित्र फूल उत्पादन लिन सकिन्छ। थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका किसान  व्यावसायिक रुपमा यसतर्फ आकर्षण हुँदै गएका छन्।

उक्त वडालाई बाह्रै महिना फूल उत्पादन गर्ने क्षेत्रका रुपमा विकास गर्ने योजना बनाएको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए। आगामी वर्षदेखि उक्त वडामा नर्सरी बनाएर गाउँपालिकाले उन्नत जातको फूलको बीउमा अनुदान र प्राविधिक सहयोग उपलब्ध गराइने उनले बताए।

उक्त क्षेत्रमा गरिएको व्यावसायिक फूल खेतीको आफूले स्थलगत अवलोकन गरिसकेको अध्यक्ष थापाले बताए।"फूलखेतीबाट आफू प्रभावित भएको बताउँदै अध्यक्ष थापाले आगामी वर्ष समयमै गाउँपालिकाको सक्रियतामा किसानलाई प्रोत्साहन गर्ने गरी काम गरिने छ”, उनले भने ।

त्यसैगरी म्याग्दे गाउँपालिका-५, स्थित ठूलोखेतमा स्थानीय सुसन पौडेलले करिब चार रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेको छ।

म्याग्दे गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को पुष्प खेती विकास कार्यक्रमअन्र्तगत पौडेलले पालिकाबाट प्राप्त ५० हजार अनुदानसहित कूल ८० हजारको लगानीमा सयपत्री फूल खेती गरेको हो।

चाडपर्वका अवसरमा बर्सेनि लाखौँ रुपैयाँ विदेशिने हुँदा स्थानीय बजार र आवश्यकतालाई दृष्टिगत गरी तिहारमा खपत हुने फूल उत्पादनमा लागेको पौडेलले बताए।

स्वदेशी उत्पादनसँगै स्वरोजगारको अवसर मिल्ने भएकाले आर्थिक रुपमा पनि थप टेवा पुग्ने अपेक्षा गरिएको उनले बताए। यस वर्ष करिब ३ लाख बराबरको आम्दानी गर्ने उनको अपेक्षा रहेको छ।

तिहारमा बाह्य देशबाट आउने फूल रोक्न सकिएमा फूलको व्यवसायले रोजगारीको अवसरसँगै आर्थिक उपार्जन गर्न सहज हुने देखिएको छ।

स्थानीयस्तरमा उत्पादित फूलको प्रयोग गरेर कृषकलाई प्रोत्साहनस्वरुप सहयोग गर्न गाउँपालिकाका सबै किसानलाई आग्रह गरिएको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए।

फूल आयातमै बर्सेनि ठूलो रकम विदेशिने प्रथालाई रोक्न र फूलमा आत्मनिर्भर बनाउनका लागि स्थानीय तहले फूलखेतीलाई प्राथमिकता दिन आवश्यक रहेको उनको भनाइ छ।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  २२:१४
##flower #tanahu
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
महालक्ष्मी विकास बैंकको लाभांश वितरण क्षमतामा वृद्धि
महालक्ष्मी विकास बैंकको लाभांश वितरण क्षमतामा वृद्धि शुक्रबार, भदौ ६, २०८२
उड्ने कार हेर्नेकाे ओइरो
उड्ने कार हेर्नेकाे ओइरो बुधबार, भदौ ४, २०८२
१७ औं नाडा अटो शो मेला
१७ औं नाडा अटो शो मेला मंगलबार, भदौ ३, २०८२
अर्थमन्त्री पौडेलद्वारा अडानले वित्तीय अनुशासन र आर्थिक विकासमा गरेकाे कार्यपद्धती र भूमिकाको सराहना
अर्थमन्त्री पौडेलद्वारा अडानले वित्तीय अनुशासन र आर्थिक विकासमा गरेकाे कार्यपद्धती र भूमिकाको सराहना बिहीबार, साउन २३, २०८२
सिंहदरवारमा कोदोको दश परिकार
सिंहदरवारमा कोदोको दश परिकार मंगलबार, साउन २१, २०८२
महालक्ष्मी विकास बैंक र एच.डी.एफ.सी (HDFC)  बैंकबीच समझदारी
महालक्ष्मी विकास बैंक र एच.डी.एफ.सी (HDFC) बैंकबीच समझदारी सोमबार, साउन २०, २०८२
सात वर्षकाे प्रगति ३७ प्रतिशत मात्रै
सात वर्षकाे प्रगति ३७ प्रतिशत मात्रै आइतबार, साउन १९, २०८२
हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ विजेता घोषणा
हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ विजेता घोषणा शुक्रबार, साउन १७, २०८२
विश्वविख्यात प्रोटोन ब्राण्डको शोरुम पोखरामा
विश्वविख्यात प्रोटोन ब्राण्डको शोरुम पोखरामा बुधबार, साउन १५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ रम्भा गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्दैछ : अध्यक्ष भण्डारी
  • नंः २ अतिवाद आफैंमा गलत हुन्छ  
  • नंः ३ धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
विचार
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   प्रज्ज्वल घिमिरे
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  NamiNews- नामीन्यूज
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्