Top Navigation
Main Navigation
मंगलबार, वैशाख २२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, वैशाख २२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • नवलपरासीका गुप्तप्रसाद रेग्मीकाे लाेभलाग्दाे त्याे कृषि कर्म
नवलपरासीका गुप्तप्रसाद रेग्मीकाे लाेभलाग्दाे त्याे कृषि कर्म
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, मंसिर १४, २०८०

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट-११ का गुप्तप्रसाद रेग्मी पहिलो स्थानीय तह निर्वाचन, २०७४ मा वडासदस्य निर्वाचित भए। त्यसपछि उनले राजनीतिमा मन लागेन। रेग्मीको मन वैदेशीक रोजगारतर्फ मोडियो। उता पनि खासै जम्न नसकेपछि उनी स्वदेश नै फर्किए।

रेग्मी अहिले व्यावसायिक किसानको रुपमा स्थापित भएको छ। वडा सदस्य रहँदै गर्दा २०७५ मा गैँडाकोट-१८ बसेनीमा केही जग्गा लिएर फलफूल खेती सुरु गर्न उनले टीकारत्न टुल्की कृषि फार्म दर्ता गरे। रेग्मी व्यावसायिक किसान बन्नुका पछाडि उनले विदेशमा देखेसिकेको कुरा नै मुख्य हो।

“दुईपटक कतार गएँ, त्यहाँ पुग्दा एभोकाडो खाए। तर, त्यसको स्वाद पाइनँ”, रेग्मीले भने, “त्यसपछि अष्ट्रेलिया गएँ, त्यहाँ पुग्दा छोरीहरुबाट एभोकाडोको बारेमा र गुणको बारेमा जान्ने अवसर पाएँ।”

एभोकाडो चिसो ठाउँमा हुन्छ भन्ने थाहा पाएपछि नेपाल फर्किएर गैँडाकोट-१८ मा जग्गा किनेको रेग्मीले सुनाए। “चिसो हावापानी भएको ठाउँ हो, १३ रोपनी १४ आना जग्गा खरिद गरेँ।”, उनले भने।

दश बोट सुन्तलाबाट पन्ध्र सय

विसं २०७५ मा १० बोट सुन्तला लगाएका रेग्मीको फार्ममा अहिले १५ सय सुन्तलाका बोट छन्। उनले फलफूल खेती गर्न सुरु गर्दा जिल्लामा उन्नत जातका कागती र सुन्तलाका बिरुवा पाइँदैनथे। धनकुटाको पारी पात्ले पुगेर कागतीको बिरुवा लिएर आएको भन्दै रेग्मीले कागतीको बिरुवासँगै १० ठूला सुन्तलाको बिरुवा पनि लिएर आएको अनुभव सुनाए।

“सुरुमा १० सुन्तला र ४ सय कागतीबाट फलफूल खेती सुरु गरेँ”, उनले भने, “विसं २०७६ बाट सुन्तला थप्न सुरु गरिएको हो, अहिले डाँडाभरि सुन्तला छन्।” अहिले रेग्मीको फार्ममा सुन्तलाको १ हजार ५ सय बोटबिरुवा, कागतीका ९ सय, निबुवाका ३ सय, मौसमका २ सय, किन्नुका (माघको अन्तिमतिर पाक्ने फलफूज प्रजाति) १ सय, आँखे टिमुरका १ सय, लप्सीका ६० बोटबिरुवाका साथै स्याउ, किबी, आँप, लिची र एभोकाडोसहितका फलफूलका बोटबिरुवा छन्। उनको फार्ममा सुरुआती समयबाट अहिलेसम्म सबै गरी २ करोड ५० लाख बढी लगानी भइसकेको बताए।

आम्दानी लिन सुरु

रेग्मीले फार्ममा लगाएको फलफूलका बोटबिरुवाले गत वर्षदेखि आम्दानी दिन सुरु गरेका छन्। “गत वर्ष फलफूल बिक्रीबाट २ लाख जति आम्दानी गरेकामा अहिले रु १० लाख जति आम्दानी होला”, उनले भने, “अझै केही फलफूल टिप्न बाँकी छन्”, फलफूलका बिरुवाबाट अर्को साल २० लाखभन्दा बढीको आम्दानी हुने अपेक्षा गरेको भन्दै रेग्मीले भने, “अब फलफूलबाट हुने आम्दानी बढ्दै जान्छ।”

यस वर्ष सुन्तलाको ४ सय बोटबाट मात्रै आम्दानी भएको भन्दै उनले आगामी वर्षबाट करिब १ हजार सुन्तलाको बोटले आम्दानी दिन सुरु गर्ने बताए। “अब करिब पाँच सय बोट कागतीले आम्दानी दिन सुरु गर्ला कागतीले पनि अहिलेको भन्दा दोब्बर आम्दानी हुन्छ”, उनले भने। यस वर्ष सुन्तला, कागती, निबुवा, टिमुरलगायतका बोटबाट आम्दानी लिन सुरु भएको छ।

फलफूल खेतीको क्षेत्रफल विस्तार

रेग्मीले ५ वर्ष अगाडि १३ रोपनी १४ आना जग्गाबाट सुरु गरेको फलफूल खेतीको क्षेत्रफल गर्दै अहिले ८२ रोपनी क्षेत्रफलमा फलफूल खेती गरेको छ। उनले सुरुमा ५० हजार प्रतिरोपनीका दरले जग्गा किनेको बताए। जग्गा किनेर पास गरेपछि मात्रै यस ठाउँमा आएको भन्दै उनले भने, “जग्गा किनेपछि यहाँ आउनका लागि राम्रो सडक थिएन। खाल्डाखुल्डी भएका सडक पार गरेर आउनुपर्ने थियो।”

सार्वजनिक सवारीसाधन ठाउँठाउँमा धकेल्दै आउने गरेको भन्दै अहिले बाटो सहज हुँदा आउजाउ गर्न सजिलो भएको रेग्मीले बताए। “बाटो अलि सहज भएपछि मैले कार बेचेर पिकअप किनेँ, यो पिकअपबाट आउनजान सहज भएको छ”, उनले भने। उनले १३ रोपनीमा मात्रै फलफूल खेती गरेर मन नमानेपछि विस्तारै जग्गा थप गर्दै लगेको सुनाए।

पछि थप गरेको जग्गा ८० हजारदेखि ३ लाख प्रतिरोपनीसम्मका दरले खरिद गरेको बताउँदै उनले फलफूल खेतीबाट सन्तुष्ट भएको बताए। “फलफूल खेतीबाट निकै सन्तुष्ट छु, अब मेरो फलफूल खेती यहाँभन्दा विस्तार गर्दिनँ”, उनले भने, “फलफूल खेतीले मेरो उमेर १० वर्ष बढाएको छ जस्तो लाग्छ।”

गाउँमा पानीको समस्या भएका कारण रेग्मीले ५ सय मिटर तल खोलाबाट लिफ्टिङ गरेर माथी पानी तानेको छ। “जेनेरेटरबाट बिजुली निकाली पम्पबाट लिफ्टिङ गरेर पानी तानेर थोपा सिँचाइ गरेको छु”, उनले भने, “लिफ्टिङ गरेर माथी तानेको पानी जम्मा गर्न १ लाख २५ हजार लिटरको ट्याङ्की निर्माण गरेको छु।” सबै ठाउँमा पानी पुग्ने गरी ब्लक निर्माण गरेर थोपा सिँचाइमार्फत फलफूलका बोटबिरुवा सिँचाइ गर्दै आएको उनको भनाइ छ।

रेग्मीले फलफूल खेती सुरु गरेपछि सरकारी निकायबाट अनुदानसमेत पाएको छ। उनलाई सुन्तला जोनबाट लिफ्टिङका लागि ४ लाख १५ हजार प्राप्त भएको बताए। त्यस्तै सुन्तला जोनबाटै लिफ्टिङ गरेको पानी जम्मा गर्नका लागि ट्याङ्की निर्माण गर्न २ लाख अनुदान पाएको उनले बताए।

कृषि ज्ञान केन्द्र तनहुँ (नवलपुरमा कृषि ज्ञान केन्द्र स्थापना भएको थिएन) बाट १३ रोपनीमा थोपा सिँचाइका लागि ५० प्रतिशत अनुदानमा २ लाख ५० हजार पाएको बताए।

जग्गा विस्तारपछि बाँकी जमिनमा सिँचाइ गर्न थोपा सिँचाइका लागि सुन्तला जोनबाट ८५ प्रतिशत अनुदान पाएको उनको भनाइ छ। फलफूलका बिरुवामा ५० प्रतिशत अनुदान, औषधि छर्ने ट्याङ्की तथा औजारमा ५० प्रतिशत अनुदान पाएको रेग्मीले बताए।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  ०८:१८
##guptprasadregmi #nawalparasi
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
उदयपुरमा फलफूल खेतीबाट वार्षिक रुपमा ८४ करोडबढी आम्दानी
उदयपुरमा फलफूल खेतीबाट वार्षिक रुपमा ८४ करोडबढी आम्दानी सोमबार, वैशाख १४, २०८३
६ वर्षमा आगलागीबाट उदयपुरमा ५ को मृत्यु, ३६ करोडभन्दा बढी क्षति
६ वर्षमा आगलागीबाट उदयपुरमा ५ को मृत्यु, ३६ करोडभन्दा बढी क्षति बुधबार, वैशाख ९, २०८३
‘हाई प्रोफाइल’ सुन सम्पत्तिको हंगामा
‘हाई प्रोफाइल’ सुन सम्पत्तिको हंगामा शनिबार, वैशाख ५, २०८३
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट शनिबार, वैशाख ५, २०८३
भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक
भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक मंगलबार, वैशाख १, २०८३
बोल्नै नपर्ने खाजा घर
बोल्नै नपर्ने खाजा घर मंगलबार, वैशाख १, २०८३
पश्चिम एसियामा युद्ध चर्कँदाे
पश्चिम एसियामा युद्ध चर्कँदाे सोमबार, चैत १६, २०८२
रुप्सेले कसको मन लोभ्याउँदैन र ?
रुप्सेले कसको मन लोभ्याउँदैन र ? आइतबार, चैत १५, २०८२
दश वर्षदेखि बैंकमा निस्क्रिय रकम स्वतः राजस्वमा जम्मा हुने
दश वर्षदेखि बैंकमा निस्क्रिय रकम स्वतः राजस्वमा जम्मा हुने आइतबार, चैत १५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ बन्द रहेकाे मेराे विद्यालयमा नमिलेको तालमेल
  • नंः २ सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’
  • नंः ३ कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
विचार
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति शारदा बजगाईँ
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ?
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ? NamiNews- नामीन्यूज
सरकारको महिना दिन: असफलता र सफलता   
सरकारको महिना दिन: असफलता र सफलता    NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्