Top Navigation
Main Navigation
शुक्रबार, वैशाख २६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, वैशाख २६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • अटोचालक अनिता सारुको अनुभव : इमानदार भएर काम गरे जुनसुकै पेसाले पनि सन्तुष्टि दिने रहेछ
अटोचालक अनिता सारुको अनुभव : इमानदार भएर काम गरे जुनसुकै पेसाले पनि सन्तुष्टि दिने रहेछ
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, मंसिर १९, २०८०
Api Himal

मध्यविन्दु, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका-६ की अनिता सारुलाई हरेक दिन सबेरै घरधन्दा सक्ने हतारो हुन्छ।

उनले भने “जतिसक्दो चाँडो घरको काम सक्यो, उति चाँडो अटो लिएर निस्कन पाइन्छ।” उनी छोरीसँगै अटो लिएर बिहान साढे ९ बजे घरबाट निस्कनुहुन्छ। छोरीलाई स्कुल छाडेपछि अनिताको अटोको काम सुरु हुन्छ।

महिलाले सवारीसाधन चलाउने काम गर्नु हुँदैन भन्ने सोचलाई परिवर्नन गर्न र आर्थिक उपार्जनका लागि पनि अटो चलाएको अनिताको भनाइ छ। “अटो चलाउन थालेको पाँच वर्ष बितिसक्यो, परिवारको पूरापुर सहयोग भएर यहाँसम्म आएको छु”, उनले भने, “महिला भएर पनि अटो चलाउन सक्छौँ भन्नेले मेरो मेहनत देखेर अहिले प्रशंसा गर्न थालेका छन्।”

Nepal Oil Corporation

अटो चलाउन थालेपछि अनिताको दैनिकी फेरिएको छ। आम्दानी बढेको छ, घर-घडेरी जोडिएको छ। छोराछोरी पढाउन सजिलोमात्रै भएको छैन, विदेश गएका श्रीमान् पनि श्रीमतीको मेहनत र कमाई देखेर स्वदेश फर्किएको छ। “पहिले सानो एउटा घर थियो, अहिले अर्को पक्की घर बनाएकी छु”, उनले भने, “मेरो काम देखेर श्रीमान् विदेश नजाने हुनुभएको छ, यही पसल गर्ने योजना बनाएका छौँ।”

महिलाहरू आत्मनिर्भर बन्दा हिंसाबाट गुज्रिनु नपर्ने उनको अनुभव छ। सम्पत्तिमा महिलाको पहुँच बढाउन सक्ने हो भने महिलामाथिको विभेद र हिंसा घटाउन सकिने उनले बताए। “लगनशील र इमानदार भएर काम गरे जुनसुकै पेसाले पनि सन्तुष्टि दिनेरहेछ”, उनले भने, “महिलाले सीप सिक्न र आत्मनिर्भर बन्न जरुरी छ, यसबाट महिलाहरूकै मेहनतले घर सम्पत्ति जोडेका उदाहरण पनि भेटिन्छन्।”

महिलालाई सीप सिक्न र स्वरोजगारमा जोडिएर आत्मनिर्भर बन्न अनिताको सुझाव छ। यसले परिवार र समाजबाट हुने हिंसा घटाउने उनको बुझाइ छ। अहिले नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा अनिताजस्तै अरू महिला पनि सवारी चालक बनेका छन्।

गैँडाकोटमा दुई जना महिला व्यावसायिकरूपमा अटो चालक रहेका छन्। सङ्गठित भएका चालकहरूको सम्पर्कमा दुई जनामात्र महिला छन्। 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ११:१०
##autodriver #tempudriver
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जन्मेदेखि मृत्युसम्म करैकर ! जनताले के का लागि तिर्ने कर ?
जन्मेदेखि मृत्युसम्म करैकर ! जनताले के का लागि तिर्ने कर ? बुधबार, वैशाख २४, २०८२
यस्ताे आयाे  आव २०८२/२०८३ नीति तथा कार्यक्रम
यस्ताे आयाे आव २०८२/२०८३ नीति तथा कार्यक्रम शुक्रबार, वैशाख १९, २०८२
कोषले दियो १ अर्ब ५२ करोड थप प्रतिफल
कोषले दियो १ अर्ब ५२ करोड थप प्रतिफल सोमबार, वैशाख ८, २०८२
नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता
नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता मंगलबार, चैत १९, २०८१
नागरिक लगानी कोषले मनायो ३५ औं वार्षिकोत्सव
नागरिक लगानी कोषले मनायो ३५ औं वार्षिकोत्सव सोमबार, चैत ४, २०८१
भेडीगोठमा बास बस्नु पर्ने बाध्यता हट्यो
भेडीगोठमा बास बस्नु पर्ने बाध्यता हट्यो शनिबार, फागुन २४, २०८१
अब यती एअरलाइन्समा उडान भर्दा उपहारै उपहार
अब यती एअरलाइन्समा उडान भर्दा उपहारै उपहार सोमबार, फागुन १२, २०८१
नागरिक लगानी कोष र एलसीइनर्जीबीच सेयर प्रत्याभूति सम्झौता
नागरिक लगानी कोष र एलसीइनर्जीबीच सेयर प्रत्याभूति सम्झौता बुधबार, फागुन ७, २०८१
तुम्लिङटार-खाँदबारी-छ्याङ्गकुटी सडकखण्डको काम १५ वर्षपछि सुरु
तुम्लिङटार-खाँदबारी-छ्याङ्गकुटी सडकखण्डको काम १५ वर्षपछि सुरु मंगलबार, माघ २९, २०८१
लाेकप्रिय समाचार
  • नंः १ माओवादीकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको क्रान्ति हुन्छ: प्रचण्ड
  • नंः २ चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन
  • नंः ५ प्रतिनिधि सभा बैठक
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्