Top Navigation
  • Contact
Main Navigation
मंगलबार, असार ९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
मंगलबार, असार ९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सरकारले जनतालाई राहत र ऋणीहरुलाई सहुलियतका कार्यक्रम ल्याउनुपर्दछ : अध्यक्ष नेपाल
सरकारले जनतालाई राहत र ऋणीहरुलाई सहुलियतका कार्यक्रम ल्याउनुपर्दछ : अध्यक्ष नेपाल
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, मंसिर २३, २०८०

पोखरा, कास्की । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको अर्थतन्त्रमा देखिएको सङ्कटका कारण प्रभावित बनेका व्यवसायी र ऋणीहरुलाई सरकारले सहुलियत दिने कार्यक्रम ल्याउनु आवश्यक रहेको बताएको छ।

समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अहिले अर्थतन्त्र कामचलाउनको अवस्थामा छ भनेर चित्त बुझाएर बस्न नहुने उल्लेख गरेको हो।

अध्यक्ष नेपालले भने,“विभिन्न कारणले गर्दा धेरै व्यवसायीहरुको हालत अहिले खराब भएको छ। ऋणको ब्याज बढेको छ। ऋण तिर्न नसकेर गम्भीर सङ्कटमा परेका व्यवसायीलाई ऋण चुक्ता गर्ने समय बढाएर हुन्छ वा व्याजदर घटाएर हुन्छ जनतालाई राहत र तथा लगानीकर्ता र ऋणिलाई सहुलितय दिन बारेमा सरकारले सोच्नु पर्दछ।” 
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले जनताका पीडा र बेदनाहरुलाई समाधान गर्ने गरी सरकारले काम गर्नुपर्नेमा जोड दिए।

अध्यक्ष नेपालले सरकारलाई बेथिति र विसङ्गति अन्त्यका लागि पटक पटक आफ्नो पार्टीले ध्यानकर्षण गराइएको स्मरण गर्दै उत्पादन वृद्धि गर्ने र युवालाई स्वदेशमा नै रहने वातावरण निर्माण गरिनुपर्नेमा जोड दिए।

एकीकृत समाजवादी चूनौतीहरु सामना गर्ने आँट राखेर सबै शक्तिलाई एकतावद्ध बनाएर अघि बढिरहेको उनले स्पष्ट पारे। “हामी कुनै पनि संकीर्णताको सिकार बन्दैनौँ, कसैप्रति आग्रह पूर्वाग्रह राख्दैनौँ । हाम्रो निम्ति राष्ट्र र जनता नै मुल कुरा हुन्। राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको प्रवद्र्धन र स्वाभिमानको रक्षा हाम्रो निम्ति मुख्य कुुरा हुन्।” अध्यक्ष नेपालले भने।

गण्डकीमा एकीकृत समाजवादीलाई मन्त्रिपरिषद्मा सहभागिता नगराएर मुख्यमन्त्रीले सहमतिको पालना नगरेको अध्यक्ष नेपालले उल्लेख गर्दै उनले पार्टीलाई मन्त्रिपरिषद्मा सामेल गराउने विषयमा थप कुराकानी गर्ने स्पष्ट पारे।

केन्द्रीय, प्रदेश र स्थानीय सरकारले आफ्नो विकासको प्राथमिकता तोकेर त्यही अनुरुप काम गर्नुपर्ने अध्यक्ष नेपालले बताए।

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १९:५८
##madhavkumarnepal #pokhara
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांंग्रेसको युवा नेतृत्ववाट बालेन सरकारको मूल्याँकन र समीक्षा
कांंग्रेसको युवा नेतृत्ववाट बालेन सरकारको मूल्याँकन र समीक्षा आइतबार, असार ७, २०८३
किन स्थानीय तह गैरदलीय हुनुपर्छ ?
किन स्थानीय तह गैरदलीय हुनुपर्छ ? शनिबार, जेठ ३०, २०८३
किन वालेन र रविको भित्र-भित्रै दूरी बढ्याे ?
किन वालेन र रविको भित्र-भित्रै दूरी बढ्याे ? शुक्रबार, जेठ २९, २०८३
सरकारको अहंकार कालो डायरीमा दर्ज हुँदै
सरकारको अहंकार कालो डायरीमा दर्ज हुँदै बिहीबार, जेठ २८, २०८३
कतै प्रधानमन्त्री वालेन नेपालका लागि नयाँ ‘लेण्डुप दोर्जे’ त होइनन् ?
कतै प्रधानमन्त्री वालेन नेपालका लागि नयाँ ‘लेण्डुप दोर्जे’ त होइनन् ? शुक्रबार, जेठ २२, २०८३
ओलीको सन्देशः प्रतिरोधको राजनीति कि नेतृत्व जोगाउने रणनीति ?
ओलीको सन्देशः प्रतिरोधको राजनीति कि नेतृत्व जोगाउने रणनीति ? बिहीबार, जेठ २१, २०८३
प्रधानमन्त्री वालेनको सिमासम्बन्धी अभिव्यक्तिको भावि असर के होला?
प्रधानमन्त्री वालेनको सिमासम्बन्धी अभिव्यक्तिको भावि असर के होला? सोमबार, जेठ १८, २०८३
मानवअधिकार आयोगको प्रतिवेदनले हल्लियाे राज्यसत्ता
मानवअधिकार आयोगको प्रतिवेदनले हल्लियाे राज्यसत्ता बुधबार, जेठ १३, २०८३
किन एमालेमा अध्यक्ष ओली अल्पमतमा परे ?
किन एमालेमा अध्यक्ष ओली अल्पमतमा परे ? आइतबार, जेठ १०, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
  • नंः ४ पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
  • नंः ५ फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्