Top Navigation
  • Contact
Main Navigation
सोमबार, असार ८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
सोमबार, असार ८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • हस्तकला उद्योग व्यवसायमैत्री नीति बनाउन राष्ट्रपति पौडेलको जोड    
हस्तकला उद्योग व्यवसायमैत्री नीति बनाउन राष्ट्रपति पौडेलको जोड    
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, मंसिर २८, २०८०

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले हस्तकला विदेशी मुद्रा आर्जनको प्रमुख क्षेत्र भएकाले यसको प्रवर्द्धनका लागि हस्तकला उद्योगका लागि व्यवसायमैत्री नीति नियम तथा ऐन बनाउनुपर्ने बताएको छ।

बाह्रौँ हस्तकला दिवसका अवसरमा आयोजित २० औँ हस्तकला व्यापार मेला तथा १८ औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले हस्तकला उद्योग व्यवसायको उत्थानबाट नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सकिने बताएको हो।

राष्ट्रपति पौडेलले हस्तकला उद्योगबाट उत्पादित वस्तुको बजार विस्तार देशभित्र गर्न सरकारका सम्पूर्ण निकायबाट स्वदेशमा उत्पादित वस्तुको उपयोगको वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउँदै भने, “हस्तकला उद्योग नेपालको व्यापार मात्र नभई प्राचीन सभ्यता, मौलिक संस्कृति र सम्पदाको संरक्षण गर्दै विश्वमा परिचित गराउने महत्त्वपूर्ण क्षेत्र हो। यसका साथै हस्तकला उद्योग व्यवसायको उत्थानबाट नेपालको पहिचान एवं गरिमालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न सकिन्छ।”

हस्तकला उद्योगको विकास र विस्तारबाट मुलुकको विशिष्ट पहिचान स्थापित गर्न सकिनुका साथै आर्थिक, सामाजिकलगायत समग्र राष्ट्रिय विकासमा महत्त्वपूर्ण योगदान पुर्याउन सकिने राष्ट्रपति पौडेलको विश्वास छ। 

राष्ट्रपति पौडेलले नेपाली हस्तकलाका सामग्री विभिन्न जातजातिको पुख्र्यौली पेसा र सीपमा आधारित मौलिक उत्पादन भएकाले सजिलै यसको नक्कल हुन नसक्ने बताए।

राष्ट्रपति पौडेलले यस प्रकारका उत्पादनको प्रतिलिपि अधिकार पनि समयमा नै सुरक्षित गर्नेतर्फ ध्यान दिन सबैलाई आग्रह गर्दै उनले भने, “प्रतिलिपि अधिकार सुरक्षित गर्दै नेपाली परम्परागत सीप र उत्पादनलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै समय सापेक्ष विकास गर्न आवश्यक छ।” 

प्रत्यक्षअप्रत्यक्ष गरी झण्डै ११ लाख व्यक्तिलाई रोजगारी दिएको हस्तकला क्षेत्र अर्थव्यवस्थाको पहिचानमा आधारित उद्योग व्यवस्था भएको उल्लेख गर्दै राष्ट्रपतिले यसखालका उत्पादनले मुलुकको पहिचान विश्वभर फैलाउन योगदान पुर्याएको बताए।

“थोरै पूँजी, स–सानो प्रविधि तथा स्थानीय कच्चा पदार्थ, श्रम र सीपमा आधारित हस्तकला उद्योग व्यवसाय कृषि पछिको गाउँ, बस्ती, दुर्गम क्षेत्रमा विस्तार गर्न सकिने ठूलो सम्भावना रहेको क्षेत्र हो”, उनले भने, “सहजै स्थानीय स्रोतको उपयोग गरी गर्न सक्ने व्यवसाय पनि हो। यति महत्त्वपूर्ण व्यवसाय भएर पनि युवा पुस्तामा हस्तकलाको सीप र प्रविधि हस्तान्तरण हुन सकिरहेको छैन।”

राष्ट्रपति पौडेलले परम्परागत सीप र प्रविधि हस्तान्तरण गर्न आवश्यक कार्यक्रम, तालिम सञ्चालका लागि सङ्घ, प्रदेश, स्थानीय सरकारसहित निजी क्षेत्रको साझेदारीमा हस्तकलाग्राम स्थापना गर्न आवश्यक रहेको बताए।

उनले भने, “मौलिक कला र संस्कृति झल्कने स्थानीय हस्तकलाका सामग्रीले पर्यटन व्यवसायमा पनि योगदान पुर्याएको छ। यस्ता सामग्रीले स्वदेशी मात्र होइन विदेशी पर्यटकलाई पनि आकर्षित गरिरहेको छ। पर्यटनसँग सम्बन्धित विभिन्न निकायबीच उचित समन्वय र सहयोगको वातावरण तयार गर्न जरुरी छ।”

राष्ट्रपति पौडेलले विश्वबजार प्रतिस्पर्धी बन्दै गइरहेका बेलामा नेपाली हस्तकलाको समान निर्यात गर्दा उत्पादन, बजारको माग, वस्तुको डिजाइन, विका, गुणस्तरीय वस्तु, मूल्य निर्धारण, राम्रो प्याकेजिङ, व्यापार मेला र प्रर्दशनीमा सहभागी, प्रचार, प्रवर्द्धन, अनुसन्धान, विकास र प्रतिलिपि अधिकारमा विशेष ध्यान पुर्याउन आवश्यक रहेकामा जोड दिए।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले मुलुकको पहिचानसँग जोडिएको हस्तकला क्षेत्रको विकासमा सरकारले ध्यान दिएको भन्दै उत्पादित सामग्रीको निर्यात सहजीकरण गर्न तत्पर रहेको उल्लेख गरे।

“हस्तकला क्षेत्रले मुलुकको आर्थिक, सामाजिक क्षेत्रको विकासका साथै रोजगारी सिर्जनामा पनि महत्त्वपूर्ण भूमिका खेलेको छ”, मन्त्री रमेश रिजालले भने, “निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापन गरी राष्ट्रिय अर्थतन्त्रलाई मजबुद बनाउन हस्तकला क्षेत्रको उल्लेख्य योगदान रहेको छ।”

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदबिक्रम राणाले परम्परागत सीप तथा प्रविधि पछिल्ला पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै हस्तकला क्षेत्रमा युवा पुस्तालाई आकर्षित गर्न सक्नुपर्ने बताए।

विदेशमा रहेका युवालाई स्वदेश फर्काउने तथा स्वदेशमा रहेका युवालाई यही उद्यमशील बनाउन सरोकारवाला सबैले ध्यान दिनुपर्ने उनको भनाइ थियो।

नेपाल हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकलालाई समृद्धिको सम्भावना मान्ने अवधारणा अघि सारिएको उल्लेख गर्दै मुलुकको व्यापार घाटा न्यूनीकरण गर्न हस्तकला क्षेत्रले महत्त्वपूर्ण सहयोग मिलेको बताउँदै उनले हस्तकला क्षेत्रमा ११ लाख बढी श्रमिक आबद्ध भएको जानकारी दिए।

हस्तकलाका सामग्रीको प्रवर्द्धन गर्ने उद्देश्यका साथ महासङ्घले २०४८ सालदेखि हस्तकला व्यापार मेला आयोजना गर्दै आएको छ। पाँच दिनसम्म चल्ने उक्त मेला १ लाख बढीले अवलोकन गर्ने आयोजकले जनाएको छ।

मेलामा हस्तकलाका सामग्री बिक्रीका साथै प्रदर्शनीमा राखिएका छन्।   
 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १७:१७
##handicraft #president #ramchandrapaudel
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
कटारी नगरपालिकाको बजेट सार्वजनिक
कटारी नगरपालिकाको बजेट सार्वजनिक आइतबार, असार ७, २०८३
सड्दो उदयपुर सिमेन्टः सुस्त सरकार
सड्दो उदयपुर सिमेन्टः सुस्त सरकार सोमबार, जेठ २५, २०८३
नयाँ भन्ने शक्तिहरुकाे यसरी उदय भयाे
नयाँ भन्ने शक्तिहरुकाे यसरी उदय भयाे बिहीबार, जेठ २१, २०८३
अन्नपूर्ण आधार शिविरमा बढ्याे चाप
अन्नपूर्ण आधार शिविरमा बढ्याे चाप बिहीबार, जेठ २१, २०८३
११ बुँदे विशेष प्रस्ताव पारित गर्दै अडानको केन्द्रीय कार्यसमिति बैठक सम्पन्न
११ बुँदे विशेष प्रस्ताव पारित गर्दै अडानको केन्द्रीय कार्यसमिति बैठक सम्पन्न आइतबार, जेठ १७, २०८३
नयाँ सरकारकाे २१ खर्ब बजेटमा ‘समृद्धि’को महत्त्वाकांक्षा
नयाँ सरकारकाे २१ खर्ब बजेटमा ‘समृद्धि’को महत्त्वाकांक्षा शुक्रबार, जेठ १५, २०८३
तलब नपाएपछि उदयपुर सिमेन्टका मजदुर आन्दोलनमा
तलब नपाएपछि उदयपुर सिमेन्टका मजदुर आन्दोलनमा शनिबार, जेठ ९, २०८३
उदयपुरमा फलफूल खेतीबाट वार्षिक रुपमा ८४ करोडबढी आम्दानी
उदयपुरमा फलफूल खेतीबाट वार्षिक रुपमा ८४ करोडबढी आम्दानी सोमबार, वैशाख १४, २०८३
६ वर्षमा आगलागीबाट उदयपुरमा ५ को मृत्यु, ३६ करोडभन्दा बढी क्षति
६ वर्षमा आगलागीबाट उदयपुरमा ५ को मृत्यु, ३६ करोडभन्दा बढी क्षति बुधबार, वैशाख ९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
  • नंः २ परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
  • नंः ५ फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्