Top Navigation
Main Navigation
शनिबार, भदौ २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, भदौ २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • एउटै बगानमा विश्ववहादुरले फलायाे ७५ लाखको सुन्तला  
एउटै बगानमा विश्ववहादुरले फलायाे ७५ लाखको सुन्तला  
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, पुस ८, २०८०

दमौली, तनहुँको म्याग्दे गाउँपालिका-२ उमाचोकका सुन्तला उत्पादक कृषक विश्ववहादुर अधिकारीले एउटै सुन्तला बगानमा उत्पादित सुन्तला ७५ लाखमा बिक्री गरेको छ।

सुन्तला उत्पादक कृषक अधिकारीले सुन्तला व्यापारी तुलबहादुर थापालाई उक्त बगानमा उत्पादित सुन्तला सो मूल्यमा बिक्री गरेको हो।

यहाँ उत्पादित सुन्तला विगत केही वर्षयता उनले नै ठेक्कामा खरिद गर्दै आएको छ। कृषक अधिकारीले भने, “ठेक्कामा बिक्री गर्दा सजिलो हुने भएकाले एकैचोटी ठेक्कामै दिन्छु। यो वर्ष रु ७५ लाखमा सुन्तला बिक्री गरेको हुँ।”

जिल्ला विकास समितिका पूर्वसभापति भइसकेका उनी सुन्तला खेतीबाट सन्तुष्ट छन्। गाउँको भिरालो जमिन सदुपयोग गरी विसं २०५२ देखि व्यावसायिकरूपले सुन्तलाखेती सुरु गरेका अधिकारीले वार्षिक ६०/७० लाखसम्मको सुन्तला बिक्री गर्दै आएको छ।

Nepal Oil Corporation

उक्त सुन्तला बगानमा १ हजार ३ सयभन्दा बढी सुन्तलाका बोट छन्। उनले भने, “गत वर्ष राम्रो उत्पादन भएन। कहिलेकाहीँ समस्या आउँछ। म आफैँ पनि बिरामी भएँ, व्यवस्थापन कमजोर भयो।”

सबैभन्दा धेरै यसै वर्ष सुन्तला उत्पादन भएको अधिकारीको भनाइ थियो। उनले भने, “अन्य वर्ष रु ६०/७० लाखसम्मको सुन्तला उत्पादन भएको थियो। यो वर्ष सबैभन्दा धेरै उत्पादन भयो।”

“सुन्तला खेतीका लागि वार्षिक १५ लाख खर्च हुने गरेको छ”, उनले भने, “यो वर्ष खेताला बढी लगाउनुपरेको र मलखादको प्रयोगका कारण खर्च बढी हुन्छ। फलेका सबै सुन्तला टिपिसकेपछि बोटमा गोडमेल गर्ने, मल हाल्ने र पिना हाल्ने काम हुन्छ।” अधिकारीले भने, “उमाचोक सुन्तला उत्पादनका लागि उर्बर ठाउँ हो। सम्भावना देखेरै नै यो खेतीमा लागेको हुँ। आम्दानी पनि राम्रो भइरहेको छ। यसबाट सन्तुष्ट नहुने कुरै छैन।”

सुन्तला बिक्रीबाट भएको आम्दानीले नै छोरा इञ्जिनियर र छोरी डाक्टर पढिसकेको उनले सुनाए। सुन्तला बगैँचा सुदृढीकरण, गोडमेल, मलखाद व्यवस्थापन, समयमा औषधोपचार गर्नसके सुन्तलाको दाना राम्रो, रसिलो, गुलियो र उत्पादन पनि राम्रो हुने उनको भनाइ छ।

बगानसम्मै सडक जोडिएकाले बिक्रीका लागि सहज भएको सुन्तला खरिद गर्न ठेकेदार बगानमा नै आउने हुँदा बजारको कुनै समस्या नभएको र बिक्री हुँदैन कि भन्ने चिन्ता नभएको अधिकारी बताउँछन्।

सुन्तला खरिद गर्ने ठेकेदार थापाले यहाँ उत्पादित सुन्तला काठमाडौँ लगेर बिक्री गर्ने गरेको बताए। “म्याग्देको खानीगाउँ, उमाचोकमा सुन्तला राम्रो भएकाले बगान नै ठेक्का लिएर खरिद गर्ने गरेको छु। यहाँ उत्पादित सुन्तलाका दाना राम्रा हुन्छन्। बजारको समस्या छैन।”

जिल्लामा गत वर्ष २९ करोड बराबरको सुन्तला उत्पादन भएको थियो। जिल्लामा उत्पादित अधिकांश सुन्तला जिल्ला बाहिर निर्यात हुने गरेको छ। त्यस वर्ष ९ हजार ६ सय ४५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

जिल्लाका ८ हजार ५ सय ७० हेक्टर जमिनमा सुन्तलाखेती विस्तारको सम्भावना रहेको र कार्यालयले किसानलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ। यहाँ उत्पादित अधिकांश सुन्तला काठमाडाँैका व्यापारीले लैजाने गरेका छन्। 

सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन्। काठमाडौँका अलवा पोखरा, नारायणगढलगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ।

यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको सम्बद्ध किसानहरुले बताए। 

उक्त केन्द्रले चालु आर्थिक वर्षमा सुन्तला खेतीमा सहयोग गर्न १  करोड बजेट विनियोजन गरी किसानलाई बगैँचा व्यवस्थापनका लागि उक्त रकम सहयोग गर्ने जनाएको छ।     
 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  २१:२४
##orange #tanahun #myagde #bishwabahaduradhikari
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
महालक्ष्मी विकास बैंकको लाभांश वितरण क्षमतामा वृद्धि
महालक्ष्मी विकास बैंकको लाभांश वितरण क्षमतामा वृद्धि शुक्रबार, भदौ ६, २०८२
उड्ने कार हेर्नेकाे ओइरो
उड्ने कार हेर्नेकाे ओइरो बुधबार, भदौ ४, २०८२
१७ औं नाडा अटो शो मेला
१७ औं नाडा अटो शो मेला मंगलबार, भदौ ३, २०८२
अर्थमन्त्री पौडेलद्वारा अडानले वित्तीय अनुशासन र आर्थिक विकासमा गरेकाे कार्यपद्धती र भूमिकाको सराहना
अर्थमन्त्री पौडेलद्वारा अडानले वित्तीय अनुशासन र आर्थिक विकासमा गरेकाे कार्यपद्धती र भूमिकाको सराहना बिहीबार, साउन २३, २०८२
सिंहदरवारमा कोदोको दश परिकार
सिंहदरवारमा कोदोको दश परिकार मंगलबार, साउन २१, २०८२
महालक्ष्मी विकास बैंक र एच.डी.एफ.सी (HDFC)  बैंकबीच समझदारी
महालक्ष्मी विकास बैंक र एच.डी.एफ.सी (HDFC) बैंकबीच समझदारी सोमबार, साउन २०, २०८२
सात वर्षकाे प्रगति ३७ प्रतिशत मात्रै
सात वर्षकाे प्रगति ३७ प्रतिशत मात्रै आइतबार, साउन १९, २०८२
हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ विजेता घोषणा
हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ विजेता घोषणा शुक्रबार, साउन १७, २०८२
विश्वविख्यात प्रोटोन ब्राण्डको शोरुम पोखरामा
विश्वविख्यात प्रोटोन ब्राण्डको शोरुम पोखरामा बुधबार, साउन १५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ रम्भा गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्दैछ : अध्यक्ष भण्डारी
  • नंः २ अतिवाद आफैंमा गलत हुन्छ  
  • नंः ३ धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
विचार
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   प्रज्ज्वल घिमिरे
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  NamiNews- नामीन्यूज
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्