Top Navigation
Main Navigation
मंगलबार, माघ २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, माघ २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • पुष्पा र अञ्जली वयस्क हुँदै, भाले ल्याउने तयारी
पुष्पा र अञ्जली वयस्क हुँदै, भाले ल्याउने तयारी
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, पुस १३, २०८०
rhino

सुनसरी । विश्व पर्यटन दिवसको अवसर पारेर तीन महिनाअघि चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरी कोसीटप्पु वन्यजन्तु आरक्ष ल्याइएका दुर्लभ एकसिंगे गैंडा पुष्पा र अञ्जली अहिले वयस्क हुने क्रममा छन्। 

पथरी सेक्टरको खोर (इन्क्लोजर)मा राखिएका दुवै गैंडाको स्वास्थ्य अवस्था अहिले सामान्य छ। पुष्पाको उमेर अहिले लगभग साढे चार वर्ष पुगेको छ भने अञ्जलीको साढे तीन वर्ष। उमेर बढेसँगै पुष्पाको हाउभाउ तथा आचरणमा परिवर्तन देखिन थालेको छ।

कोसीटप्पुमा जंगलकै वातावरणमा हुर्किरहेका गैंडामध्ये पुष्पाको उमेर बढेसँगै भाले चाहिले अवस्था हुन लागेको र यो भालेबिना अपुरो हुने आरक्षका संरक्षण अधिकृत रमेश यादवले जानकारी दिए। यादव भन्छन्, ‘उसको आचरण र हाउभावले त्यस्तो संकेत गरिरहेको छ।’

उनले चितवनबाट भाले गैंडा ल्याउने तयारी भइरहेको पनि बताए। ‘विभागतिर कुरा गरे चाँडै भाले गैंडा ल्याउँछौँ,’ यादवले भने, ‘तयारी गरिसकेका छौँ, विभाग, मन्त्रालयतिर कुरा भइसकेको छ । निकट भविष्यमा तुरुन्त आउँछ।’

भाले गैंडा ल्याइसकेपछि फेरि ‘इन्क्लोजर’ बनाएर जंगलतिर राखिने उनी बताउँछन्। घाँसे मैदान बढी भएको आरक्षको सप्तरीस्थित पथरी सेक्टर गैंडाका लागि उपयुक्त भएको यादव बताउँछन्।

यादवका अनुसार वर्षाको समयमा आरक्षको सुनसरीतिरको क्षेत्रमा घाँसे मैदान डुबान हुने समस्या छ भने पथरी सेक्टरमा त्यस्तो समस्या छैन।

गैंडा ल्याइएको तीन महिनाको अवधिको उनीहरुमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको यादवले जानकारी दिए। उनका अनुसार चितवनमा अतिरिक्त पोषक तत्व खाएर ‘सेमी वाइल्ड’ अवस्थामाहुर्किएको गैंडा यहाँ ल्याइएसकेपछि जंगलमा चराउँदै ‘वाइल्ड कन्डिसन’मा राखिएको यादव बताउँछन्।

यादव भन्छन्, ‘हात्तीसँगै जंगलमा जान्छ, चर्छ, घाँस मात्र खान्छ। अतिरिक्त फलपूmल तथा औषधि केही पनि दिइएको छैन।’ आरक्षमा गैंडा ल्याइएपछि पर्यटकको संख्यामा पनि वृद्धि भएको छ।

अर्ना र चर्रा हेर्न मात्र पर्यटक आउने गरेकामा अहिले पर्यटकीय गतिविधि बढेको यादवको अनुभव छ। गैंडा हेर्नका लागि कोसी तथा मधेस प्रदेशका आन्तरिक पर्यटक आउने गरेका छन्। 

‘यसलाई कसरी दिगो बनाउने हो भन्नेतर्फ हामीहरू लागिरहेका छौँ,’ यादव भन्छन्। गैंडासँग पर्यटन जोड्नका लागिसमुदायमा होमस्टे सुरु गर्न पनि पहल भइरेहको संरक्षण अधिकृत यादवले जानकारी दिए।

पुष्पाको आचरणमा निकै परिवर्तन आएको गैंडाका हेरालु दुर्गानन्द यादवको पनि अनुभव छ। पुष्पाले छेउछाउमा मान्छे आए आक्रमण गर्न खोज्ने उनी बताउँछन्।

उनका अनुसार जंगलमा चर्न जाँदा काँडाले घोचेर हुने सानोतिना घाउबाहेक अरु खासै समस्या देखिएको छैन। ‘त्यसका लागि दिनको दुईपटक औषधि लगाउने गर्छु,’ यादव भन्छन्।

चितवनबाट ल्याउँदाभन्दा अहिले दुवै अर्ना मोटाएको उनले बताए। गैंडाले अहिले खयर, कदम, पिपल, बर, खाइरहेको यादव बताउँछन्। उनका अनुसार अर्ना बिहान तथा दिउँसोको समयमा भन्दा राति चर्न रुचाउँछ।

संस्कृति वातावरण तथा वन्यजन्तु संरक्षण समूह (युचेप) नेपालका अध्यक्ष रविन घिमिरे कोसीटप्पुमा गैंडा ल्याइएपछि वातावरण तथा संरक्षणको क्षेत्रका एउटा इँटा थपिएको बताउँछन्। घिमिरे भन्छन्, ‘यसले सामाजिक तथा वातावरणीय हिसाबमा सकारात्मक प्रभाव पारेको छ र आन्तरिक पर्यटक पनि बढेको छ।’

गैंडा राखिएको सप्तरीको पथरी सेक्टर पुग्न यातायात सहज बनाइए पर्यटकको संख्यामा उल्लेख्य वृद्धि गर्न सकिने घिमिरे बताउँछन्। घिमिरे भन्छन्, ‘गैंडा हेर्नकै लागि चितवन पुग्नुपर्ने अवस्था अन्त्य हुँदा यहाँका आन्तरिक पर्यटकहरुमा एककिसिमको उत्साह थपिएको छ।’

कोसीटप्पुको पश्चिमी क्षेत्रलाई व्यवस्थित गरी जनस्तरमा सचेतना फैलाईसंरक्षणको विषयमा स्थानीयलाई पनि सहभागी गराउन सके प्रभावकारी हुने घिमिरे बताउँछन्। आरक्षको क्षेत्र विस्तार गरी यहाँ अन्य वन्यजन्तुहरु जस्तै, बाघ, बाह्रसिंगे ल्याउन सकिने अवस्था रहेको घिमिरेको सुझाव छ।

सन् १९६० मा कोसीटप्पु क्षेत्रमा बाघ पनि देखिएको उनी बताउँछन्। घिमिरेका अनुसार अबका दिनमामध्यवर्ती क्षेत्रमा वन्यजन्तुबाट हुने हानिनोक्सानी कम गरेर त्यसबाट हुने फाइदाको उपयोग गर्ने वातावरण सिर्जना गर्नुपर्ने देखिन्छ। 

चितवन राष्ट्रिय निकुन्जमा माउबाट छुट्टिएर अलपत्र परेका यी गैंडालाई उद्दार गरी औषधोपचार र स्याहारसुसार गरिएको अवस्थामा कोसीटप्पुमा ल्याइएको हो।

मानवीय र कृषकको बालीनाली क्षति गर्ने सम्भावना बढेकाले तथा कोसीटप्पुमा गैंडाको बासस्थानका लागि सुहाउँदो वातावरण भएकाले पनि उनीहरुलाई स्थानान्तरण गर्ने निर्णय गरिएको थियो।

यसअघि शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा बर्दिया राष्ट्रिय निकुञ्जमा पनि गैंडा स्थानान्तरण भइसकेका छन्।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  २०:११
##rhino #sunsari #koshi #chitwan
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
सन् २०२६ सुरु भएसँगै नेपालमा विदेशी पर्यटक पर्यटक आगमन बढ्याे
सन् २०२६ सुरु भएसँगै नेपालमा विदेशी पर्यटक पर्यटक आगमन बढ्याे सोमबार, माघ २०, २०८२
विकास बैङ्कको कुल नाफा ३१.८४ प्रतिशतले बढ्याे
विकास बैङ्कको कुल नाफा ३१.८४ प्रतिशतले बढ्याे शनिबार, माघ १८, २०८२
चुनाव खर्चका लागि दल र उम्मेदवारकाे छुट्टै बैंक खाता हुनु पर्ने
चुनाव खर्चका लागि दल र उम्मेदवारकाे छुट्टै बैंक खाता हुनु पर्ने मंगलबार, माघ १४, २०८२
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत आइतबार, माघ १२, २०८२
किन सुनको मूल्य तोलामा तीन लाख नाघ्यो
किन सुनको मूल्य तोलामा तीन लाख नाघ्यो शनिबार, माघ ११, २०८२
पूर्वीनाकाबाट सात अर्बको अलैँची निर्यात
पूर्वीनाकाबाट सात अर्बको अलैँची निर्यात सोमबार, माघ ६, २०८२
आज विदेशी मुद्राकाे विनिमय दर कति ?
आज विदेशी मुद्राकाे विनिमय दर कति ? सोमबार, माघ ६, २०८२
आज अमेरिकी डलरको मूल्य उच्च 
आज अमेरिकी डलरको मूल्य उच्च  शनिबार, माघ ४, २०८२
प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस शेयर पारित
प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस शेयर पारित बुधबार, माघ १, २०८२
लाेकप्रिय समाचार
  • नंः १ पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगको स्पष्टीकरण
  • नंः २ परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
  • नंः ३ विद्यार्थीलाई उद्घोषण कला कार्यक्रम सञ्चालन
  • नंः ४ आचारसंहिता उल्लंघन नियन्त्रणमा आयोग सक्रिय बन्दै
  • नंः ५ नामी साप्ताहिक
विचार
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्