Top Navigation
  • Contact
Main Navigation
बुधबार, साउन २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, साउन २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • पीसीआर परीक्षण शुल्क सरकारले घटायो 
पीसीआर परीक्षण शुल्क सरकारले घटायो  मुलुकभरमा १०३९ जना संक्रमित थपिए, १ हजार १७३ जना डिस्चार्ज भए
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, भदौ २८, २०७७

काठमाडौ । सरकारले रियलटाइम पीसीआर परीक्षणको शुल्क दोस्रो पटक शतप्रतिशत घटाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले अब देशभरका पीसीआर परीक्षण गर्ने प्रयोगशालाले अब बढीमा २ हजार रुपैंया शुल्क लिन सक्ने जानकारी दिएको हो ।

मन्त्रालयले शुरुमा पीसीआर परीक्षणको शुल्क ५ हजार ५ सय रुपैयाँ तोकेको थियो । तीन साता अघि यसको मूल्य घटाएर ४ हजार रुपैयाँमा झारेको थियो।

अहिले त्यसको शतप्रतिशत घटाएको हो । डा। गौतमले विश्व बजारमा विश्व बजारमा पीसीआर किट्को मूल्य घटेपछि मूल्य घटाइएको बताएका हुन् भने देशमा हरेक दिन औषत साढे ११ हजारको पीसीआर परीक्षण गर्ने गरिएको मन्त्रालयले जनाएको छ।

यसैवीच स्वास्थ्य मन्त्रालयले देशभर संचालित एम्बुलेन्सहरु गाइडलाईन अनुसार सञ्चालन भएको नपाईए त्यसको दर्ता खारेज गर्ने चेतावनी दिएको छ।

मन्त्रालयको नियमित कोभिड(१९ प्रेस ब्रिफिङमा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले एम्बुलेन्स सदुपयोग गर्न अनुरोध गर्दै सचेत गराएका छन्।

स्वास्थ्य मन्त्रालयले छुट्ठाछुट्ठै अस्पतालमा एउटै व्यक्तिको स्वाब पिसीआर परीक्षण गराउँदा फरक(फरक रिपोर्ट आएको भन्ने गुनासोलाई लिएर जाँचपड्ताल शुरु गरिसकेको प्रष्ट पारेको छ ।

मन्त्रालयले बंग्लादेशबाट प्राप्त भएको रेमडेसिभिर औषधि नेपाल स्वास्थ्य अनुसन्धान परिषदको निर्देशिका अनुसार प्रयोग गर्न सुचिकृत भएका अस्पतालहरुमा विरामीको चाप अनुसार वितरण गर्ने तयारी गरिएको जनाएको छ। बंग्लादेशबाट हालै ५ हजार भाइल रेमडेसिभिर औषधि प्राप्त भएको मन्त्रालयले जनाएको छ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा ९ हजार १ सय ६५ जनाको स्वाब परीक्षण गर्दा १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५४ हजार १ सय ५९ पुगेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिएको हो ।

डा। गौतमका अनुसार देशभर १५ हजार १ सय १७ जना सक्रिय संक्रमित रहेका छन्। ति मध्ये ७ हजार ७ सय ३० जना संस्थागत आइसोलेसनमा र ७ हजार ३ सय ८७ जना होम आइसोलेशनमा रहेका छन् ।

संक्रमित मध्ये १ सय ६९ जना आइसियूमा र २३ जना भेन्टीलेटरमा उपचाररत छन् । पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार १ सय ७३ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ।

हालसम्म डिस्चार्ज हुनेको कूल संख्या ३८ हजार ६ सय ९७ पुगेको छ । यो कूल संक्रमित संख्याका आधारमा ७१ दशमलब ५ प्रतिशत हो। ६ हजार ५ सय ३६ जना क्वारेन्टाइनमा छन् ।

त्यस्तै कोरोना संक्रमणका कारण मुलुकको पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ पुरुष र ३ महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि गरेको हो ।

पुष्टि भएका मृतकहरुमा काठमाडौंका मात्रै ६ जना रहेका छन् । काठमाडौंका ६५ बर्षका २ महिला, ७०, ५९, ६४, ५९ वर्षका ४ पुरुष छन्।

त्यसैगरी कास्कीकी ४५ वर्षीया महिला, मोरङका ६९ वर्षीय र सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै देशभर हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ३४५ पुगेको छ।

प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  १९:४१
##coronavirus
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
  • नंः ५ आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्