Top Navigation
Main Navigation
बुधबार, असार ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, असार ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • गाजरखेतीको ‘हब’ बन्यो पश्चिम चितवन (भिडियाेसहित)
गाजरखेतीको ‘हब’ बन्यो पश्चिम चितवन (भिडियाेसहित)
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, पुस १९, २०८०
Api Himal

नारायणगढ, चितवन । प्राङ्गारिक कृषि उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यका साथ भरतपुर महानगरपालिका-१५ श्रीपुरका ४ बिघा ४ कट्ठा जमिनमा गाजरखेती गरिएको छ।

रासायनिक मल र विषादीको प्रयोगबिना प्राङ्गारिक प्रक्रियाद्वारा किसान चन्द्रप्रसाद अधिकारी, महेन्द्र पौडेल र मोहनसिंह गुरुङले संयुक्तरुपमा १४ लाख लगानी गरेर भाडाको जग्गामा गाजरखेती गरेको हो।

विसं २०३२ देखि श्रीपुरमा गाजरलगायतका प्राङ्गारिक खेती गर्दै आएका कृषक अधिकारीले तत्कालिन समयमा ५० ग्राम बीउ रोपेर गाजरको खेती सुरु गरेका अनुभव सुनाए।

उनले भने, “खास गरेर यहाँ २०३२ सालदेखि गाजर खेती गर्न सुरु गरेको हो। त्यसपछि क्रमिकरुपमा अरु साथीहरु पनि गाजर खेतीमा अग्रसर हुनुभयो यसले गर्दा श्रीपुरलगायत पश्चिम चितवन गाजरको हबजस्तै बनेको छ।”

Nepal Oil Corporation

उनको अनुभवमा यो क्षेत्रमा गाजरको लागि उपयुक्त माटो र हावापानी छ। उनकाअनुसार यहाँका धेरै किसानको अहिले आम्दानीको स्रोतको रुपमा गाजर खेती पनि एक हो।

गाजर, मुला, चुकन्दर सलादका रुपमा प्रयोग गर्ने वस्तु भएको हुँदा स्वास्थ्यको हिसाबले पनि यसको उत्पादन प्राङ्गारिक प्रक्रियाले हुनुपर्ने उनको भनाइ छ। उनले भने, “यो पूर्ण सलादको रुपमा खाने हुँदा यसमा रासायनिक मल, विषादी प्रयोग नगरिकन प्राङ्गारिक उत्पादन गरौँ भनेर हामीहरु निरन्तर लागिरहेका छौँ।”

उनले गाजर खेतीलाई अझ व्यवस्थित बनाउन नसकेको बताए। विभिन्न सरोकारवाला निकायको साथ र सहयोग मिलेमा यस खेतीलाई अझ व्यवस्थितरुपमा गर्न सकिने उनको भनाइ छ।

प्राङ्गारिक सङ्घ र प्राङ्गारिक सहकारीमा समेत आबद्ध रहेका किसान अधिकारीले अहिले जिल्ला प्राङ्गारिक सङ्घ, प्राङ्गारिक कृषि उत्पादक सहकारीको पूरै समूह प्राङ्गारिक गाजर खेती गर्ने क्रममा जुटिरहेको बताए।

उनकाअनुसार यो सँगै जिल्ला प्राङ्गारिक सङ्घअन्तर्गत १६/१७ बिघामा जमिनमा गाजर र चुकन्दर खेती गरिएको छ। उनले यहाँ उत्पादन भएको एक सय टन गाजर र चुकन्दर अर्गानिक भ्यालीलाई दिने सहमति भएको र अन्य उत्पादन अर्गानिक बजारमा बिक्री गरिने बताए।

विगत देखिनै सहभागितामूलक गुणस्तर निर्धारण प्रणालीका अनुसार विभिन्न प्राङ्गारिक उत्पादन गरिँदै आएको र उत्पादन गरेर बजारीकरण गर्ने वस्तु अर्गानिक सर्टिफिकेसन नेपाल (ओसिएन) प्रमाणित हुने जनाइएको छ।

हाल सेरेसजस्ता अन्तर्राष्ट्रिय कम्पनीले समेत बजारीकरणको लागि प्रमाणीकरणको काम गरिरहेको उनले बताए। उनले यहाँ उत्पादन भएका गाजरलगायतका वस्तु अर्गानिक भ्यालीसँग सहकार्य गरेर उत्पादनलाई प्रशोधन गरी विदेशी बजारमा पठाउने सम्झौता भएको बताउँदै उनले भने, “प्राङ्गारिक बजार बढेको छ  सँगै किसानको सक्रियता पनि बढ्दै गएको छ।”

प्राङ्गारिक प्रक्रियासँग गाजर खेती गर्दासँगै उम्रने झारको कारणले खर्च बढी आउने अर्का किसान गुरुङले बताए। उनले भने, “बिगौँ जमिनमा प्राङ्गारिक प्रक्रियाबाट गाजर लगाइएको छ खेतभरि गाजरको बिरुवालाई ढाक्ने गरी झार आएको छ। प्राङ्गारिक पद्घतिमा बिषादी प्रयोग गर्ने कुरा भएन मानिसले गोड्दा खर्च बढ्ने भयो।”

गाजर गोडाइको खर्च कम गर्नका लागि विषादीलगायतका हर्बिसाइटको प्रयोग बढेको जनाउँदै सिधै सलादको रुपमा खाने वस्तुमा यसको विकल्प हुनपर्छ भन्ने मान्यता आफूहरुको रहेको उनको तर्क छ।

त्यसैगरी किसान पौडेलले गाजर खेतीमा रोग र किराको समस्या नभएको बताए। उचित व्यवस्थापन भएको खण्डमा उत्पादनको हिसाबले १५ देखि २० क्विन्टल प्रतिकट्ठा गाजर उत्पादन गर्न सकिने उनको भनाइ छ।

गाजर गोड्दा लाग्ने खर्चको बारेमा मानिसले भन्दा यसको विकल्प खोजीयन्त्र उपकरण प्रयोगमा ल्याउन सकेमा खर्च कम हुने र हर्बिसाइटबिना उत्पादन गरिएका गाजरले राम्रो बजार पाउने उनको भनाइ छ। मङ्सिर पहिलो सातामा रोपिएको गाजर फागुनको अन्तिम सातामा तयार हुने उनले बताए।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  २०:२४
##carrot #farming #chitwan
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विजनेश
नागरिक लगानी कोष र रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता
नागरिक लगानी कोष र रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता सोमबार, असार २, २०८२
नाराबाजीलाई वेवास्ता गर्दै अर्थमन्त्री पौडेलको जवाफ
नाराबाजीलाई वेवास्ता गर्दै अर्थमन्त्री पौडेलको जवाफ सोमबार, असार २, २०८२
आ‍.व. २०८२/०८३ काे राजश्व र व्ययको प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री
आ‍.व. २०८२/०८३ काे राजश्व र व्ययको प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री आइतबार, असार १, २०८२
न्यूरोडमा धर्मपथ महोत्सव, कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुति
न्यूरोडमा धर्मपथ महोत्सव, कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुति शुक्रबार, जेठ ३१, २०८२
सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता बिहीबार, जेठ ३०, २०८२
रामेछापका आठ स्थानीय तहले संघीय सरकारबाट तीन अर्वमाथि बजेट पाउने
रामेछापका आठ स्थानीय तहले संघीय सरकारबाट तीन अर्वमाथि बजेट पाउने बिहीबार, जेठ २३, २०८२
उद्यमशीलता विकासको विकल्प छैन : प्रधानमन्त्री ओली
उद्यमशीलता विकासको विकल्प छैन : प्रधानमन्त्री ओली बिहीबार, जेठ २३, २०८२
धम्पुस जोडियो पक्की सडकमा
धम्पुस जोडियो पक्की सडकमा बुधबार, जेठ २२, २०८२
८४ सदस्यीय कार्यसमिति चयन गर्दै अडानको राष्ट्रिय महाधिवेशन सम्पन्न
८४ सदस्यीय कार्यसमिति चयन गर्दै अडानको राष्ट्रिय महाधिवेशन सम्पन्न मंगलबार, जेठ २१, २०८२
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ३ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्