पाएसम्म ठग्ने लुट्ने, झुक्क्याउने
कसैले कसैलाई नसहने सधै विद्रोही!
ईमान्दार, सहनसील, सहयोगी
भद्र भलाद्मी छन् कि यो समाजमा कोही !!
देशमा यस्तो अवस्था देखेपछि
युवा पुस्ता वस्न चाहन्छन् कसो गरि !
कुनै न कुनै सदस्य बिदेसिन,
बाध्य नभएका घरपरिवार छन् कि कोहि !!
हेर नयाँ सिद्धान्तको प्रतिपादन गरे,
जो जस सँग जतिखेर पनि गर्ने गठबन्धन !
कुन सिद्धान्तको पछि लाग्ने,
छ्यास्मिस् भै आए राष्ट्रिय सभा निर्वाचन !!
अब निर्वाचन आयोगमा,
छ्यास्मिस् पार्टी दर्ता गरि लिऊ एउटै चुनाव चिन्ह !
घोषणा पत्रमा उल्लेख गर,गठबन्धन गरि
अब कोहि कसैलाई संसदमा आउन दिन्न !!