नेपाल राष्ट्रको रचयिता तिमी हौ राष्ट्र निर्माता पृथ्वीनारायण !
सच्चा नेपाली नागरिकहरूले गर्ने छन् सधै तिम्रो भक्ति र स्मरण !!
पौष २७ मनाऔ राष्ट्रिय एकता दिवस मानी हर्षोल्लासका साथ!

सार्वजनिक विदाको पनि निरन्तरता दियो सरकारले ईमान्दारीका साथ !!
हेर सार्बजनिक बिदा दियो गत बर्ष देखि सरकारले देखाई श्रद्धा र भक्ती !!
आखिर तिम्रो योगदानको कदर गरि बढ्ने भयो अगाडी अब राष्ट्रवादी शक्ति !!
सच्चा नेपाली नागरिकले गरि बसेका छन् आज तिम्रो मुक्त कण्ठले प्रसंसा गरि!
तिमीले पहल नगरेको भए आज हुन्थ्यौ हामी स्वाभिमान नेपाली कसो गरि !!
हरेक नेपालीको ढुकढुकीमा रहेकाछौ तिमी राष्ट्रिय बिभुती बनि!
मनाउने भयो सरकारी तवरले पुनस् राष्ट्रिय एकता दिवस मानि !!
नेपाली जनताको मागलाई कदर गरि सरकारले घोषणा गर्यो राष्ट्रिय पर्व भनि !
सम्मान गर्यो पृथ्वीनारायण शाहको योगदानलाई राष्ट्रिय एकता दिवस मानि !!
टुक्रा टुक्रा भएको भुगोल जोडी नेपाल बनाउने राष्ट्र निर्माता राजा पृथ्वीनारायण!
नेपाली हो त्यो जस्ले गर्दछ राजाको इज्जत र भक्ती पुर्बक श्रद्धा र सम्मान !!

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८० १८:२१