Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • ई-लाईब्ररीलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड
ई-लाईब्ररीलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, पुस २८, २०८०

ललितपुर । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नेपालको भाषा, कला, साहित्य, संस्कृति सम्वन्धि पुस्तकहरुलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिएकी छिन्।

त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागको ई लाईब्ररीको समुद्घाटन कार्यक्रममा उपमेयर डंगोलले यस्तो जोड दिएकी हुन् ।

कार्यक्रममा बोल्दै डंगोलले नेपालभाषाको साथमा नेपालकै भाषा, कला, साहित्य, संस्कृतिको साथमा नेपालसँग जोडिएका हरेक क्षेत्रको अध्ययन विश्वकै कुनाकाप्चामा बसेर गर्न सकिने गरी अघि बढ्नुपर्ने बताइन्।

‘अहिले २१औं शताब्दीको विकसित प्रविधिको सहायताले हामी एकैछिनमा संसारभरीका हरेक विषयवस्तु संसारको जुनै ठाउँमा बसेर पनि हेर्न सक्छौं। हाम्रो नेपालको बारेमा लेखिएका सामग्री, अध्ययन, अनुसन्धानलाई पनि विश्वव्यापीकरण गरिनुपर्छ’, उपप्रमुख डंगोलले भनिन्, ‘त्रिवि नेपालभाषा केन्द्रीय विभागले बनाएको यो ईलाइब्ररीमा काठमाडौं महानगरपालिकाले पनि सहकार्य गर्न पाउँदा खुसी लागेको छ। अघि बढ्नुस्, साथ दिन हामी छौं।’ 

विभागकै प्राङ्गण ललितपुरमा आयोजित एक कार्यक्रमका बीच कामपा उपमेयर डंगोलले नेपालभाषा केन्द्रीय विभागको ईलाइब्ररीको समुद्घाटन गरेकी थिइन्। काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा विभागले ईलाइब्ररी बनाएको हो।

कामपाले ई-लाइब्ररी बनाउन अहिले ५० लाख रुपैयाँ उपलब्ध गराएको र यसलाई अपग्रेड र अपडेट गर्दै जानको लागि महानगरपालिका थप बजेट उपलब्ध गराउने प्रतिवद्धता पनि डंगोलले व्यक्त गरिन् । 

त्यस्तै त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागका प्रमुख सहप्राध्यापक डा. राजनलाल जोशीले अहिले करीब चार हजार पुस्तकहरु ईलाइब्ररीमा अपलोड भइसकेको र यसमा नेपालभाषा, नेवार र नेपालकै भाषा, कला, साहित्य, संस्कृति सम्वन्धि लेखिएका हरेक पुस्तकहरु, पुराना थ्यासफू लगायतका ऐतिहासिक लिखित सामग्रीहरु खोजी खोजी यसमा अपलोड गर्ने लक्ष्य रहेको जानकारी दिए।

मन्तव्यको क्रममा विभागका प्रमुख सहप्राध्यापक डा. जोशीले नेपालभाषा क्षेत्र र नेवार समुदायले विभागलाई प्राज्ञिक मञ्चको रुपमा सदुपयोग गर्न पनि आह्वान गरे । ‘यो विभाग अध्ययन, अनुसन्धानको थलो हो।

अध्ययन, अनुसन्धानको क्षेत्रलाई व्यापक र सहज पनि बनाउनलाई हामीले ईलाइब्ररी ल्यायौं । नेपालभाषा क्षेत्र र नेवार समुदायले ई-लाइब्ररीको साथमा यो विभागलाई प्राज्ञिक थलोको रुपमा सक्दो सदुपयोग गर्नुहोस्’ डा. जोशीले भने। अमलद।भमग।लउ वेबसाइटमार्फत उक्त ई-लाइब्ररीमा अपलोड भएका पुस्तकहरु संसारको कुनै पनि कुनाकाप्चामा बसेर पढ्न सकिने विभागले जनाएको छ। 

कार्यक्रममा उपप्राध्यापक डा. वज्रमुनि वज्राचार्य, पाटन संयुक्त क्याम्पसका प्रमुख डा. लक्ष्मण वीर सिंह कुवँर, रत्नराज्यलक्ष्मी क्याम्पसका प्रमुख प्रा.डा. जीवनधर ज्ञवाली, प्रमुख, नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, नेपालभाषा केन्द्रीय विभागको विद्यार्थी संगठन लुमन्ति दबूका अध्यक्ष रामेश्वर श्रेष्ठलगायतकले आआफ्नो विचार राखेका थिए।

सोही कार्यक्रममा पुष्पदेवी छात्रवृत्ति, खैगुलि छात्रवृत्ति, योगवीर सिंह विद्वत्वृत्ति लगायतका छात्रवृत्ति प्रदान गरिएको थियो। साथमा नेपालभाषा स्नातकोत्तर विषयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, उत्कृष्ट अनुसन्धान लगायतलाई सत्यहिरा पुरस्कार, पियूष पदक, श्रेष्ठ पदक लगायतका पुरस्कार पनि प्रदान गरिएको थियो।

ई-लाइब्ररीमा निर्माणमा आर्थिक, भौतिक र विभिन्न प्रकारले सहयोग गरेका सहयोगीहरुलाई पनि सम्मान गरिएको थियो। सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठ, नेपालभाषा केन्द्रीय विभागका निवर्तमान प्रमुख प्रा. डा. ओमकारेश्वर श्रेष्ठ, पूर्व प्रमुख प्रा. प्रेमशान्ति तुलाधर, पूर्व प्रमुख सहप्रा. सिर्जना प्रधान लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो। 

TU E-Library 21705137707.jpg

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १५:०१
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाड उपभोक्ताको कि व्यवसायीको ? 
चाड उपभोक्ताको कि व्यवसायीको ?  बिहीबार, असोज १५, २०८३
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्