Top Navigation
Main Navigation
शुक्रबार, पुस ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शुक्रबार, पुस ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • ई-लाईब्ररीलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड
ई-लाईब्ररीलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, पुस २८, २०८०

ललितपुर । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नेपालको भाषा, कला, साहित्य, संस्कृति सम्वन्धि पुस्तकहरुलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिएकी छिन्।

त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागको ई लाईब्ररीको समुद्घाटन कार्यक्रममा उपमेयर डंगोलले यस्तो जोड दिएकी हुन् ।

कार्यक्रममा बोल्दै डंगोलले नेपालभाषाको साथमा नेपालकै भाषा, कला, साहित्य, संस्कृतिको साथमा नेपालसँग जोडिएका हरेक क्षेत्रको अध्ययन विश्वकै कुनाकाप्चामा बसेर गर्न सकिने गरी अघि बढ्नुपर्ने बताइन्।

‘अहिले २१औं शताब्दीको विकसित प्रविधिको सहायताले हामी एकैछिनमा संसारभरीका हरेक विषयवस्तु संसारको जुनै ठाउँमा बसेर पनि हेर्न सक्छौं। हाम्रो नेपालको बारेमा लेखिएका सामग्री, अध्ययन, अनुसन्धानलाई पनि विश्वव्यापीकरण गरिनुपर्छ’, उपप्रमुख डंगोलले भनिन्, ‘त्रिवि नेपालभाषा केन्द्रीय विभागले बनाएको यो ईलाइब्ररीमा काठमाडौं महानगरपालिकाले पनि सहकार्य गर्न पाउँदा खुसी लागेको छ। अघि बढ्नुस्, साथ दिन हामी छौं।’ 

विभागकै प्राङ्गण ललितपुरमा आयोजित एक कार्यक्रमका बीच कामपा उपमेयर डंगोलले नेपालभाषा केन्द्रीय विभागको ईलाइब्ररीको समुद्घाटन गरेकी थिइन्। काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा विभागले ईलाइब्ररी बनाएको हो।

कामपाले ई-लाइब्ररी बनाउन अहिले ५० लाख रुपैयाँ उपलब्ध गराएको र यसलाई अपग्रेड र अपडेट गर्दै जानको लागि महानगरपालिका थप बजेट उपलब्ध गराउने प्रतिवद्धता पनि डंगोलले व्यक्त गरिन् । 

त्यस्तै त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागका प्रमुख सहप्राध्यापक डा. राजनलाल जोशीले अहिले करीब चार हजार पुस्तकहरु ईलाइब्ररीमा अपलोड भइसकेको र यसमा नेपालभाषा, नेवार र नेपालकै भाषा, कला, साहित्य, संस्कृति सम्वन्धि लेखिएका हरेक पुस्तकहरु, पुराना थ्यासफू लगायतका ऐतिहासिक लिखित सामग्रीहरु खोजी खोजी यसमा अपलोड गर्ने लक्ष्य रहेको जानकारी दिए।

मन्तव्यको क्रममा विभागका प्रमुख सहप्राध्यापक डा. जोशीले नेपालभाषा क्षेत्र र नेवार समुदायले विभागलाई प्राज्ञिक मञ्चको रुपमा सदुपयोग गर्न पनि आह्वान गरे । ‘यो विभाग अध्ययन, अनुसन्धानको थलो हो।

अध्ययन, अनुसन्धानको क्षेत्रलाई व्यापक र सहज पनि बनाउनलाई हामीले ईलाइब्ररी ल्यायौं । नेपालभाषा क्षेत्र र नेवार समुदायले ई-लाइब्ररीको साथमा यो विभागलाई प्राज्ञिक थलोको रुपमा सक्दो सदुपयोग गर्नुहोस्’ डा. जोशीले भने। अमलद।भमग।लउ वेबसाइटमार्फत उक्त ई-लाइब्ररीमा अपलोड भएका पुस्तकहरु संसारको कुनै पनि कुनाकाप्चामा बसेर पढ्न सकिने विभागले जनाएको छ। 

कार्यक्रममा उपप्राध्यापक डा. वज्रमुनि वज्राचार्य, पाटन संयुक्त क्याम्पसका प्रमुख डा. लक्ष्मण वीर सिंह कुवँर, रत्नराज्यलक्ष्मी क्याम्पसका प्रमुख प्रा.डा. जीवनधर ज्ञवाली, प्रमुख, नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, नेपालभाषा केन्द्रीय विभागको विद्यार्थी संगठन लुमन्ति दबूका अध्यक्ष रामेश्वर श्रेष्ठलगायतकले आआफ्नो विचार राखेका थिए।

सोही कार्यक्रममा पुष्पदेवी छात्रवृत्ति, खैगुलि छात्रवृत्ति, योगवीर सिंह विद्वत्वृत्ति लगायतका छात्रवृत्ति प्रदान गरिएको थियो। साथमा नेपालभाषा स्नातकोत्तर विषयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, उत्कृष्ट अनुसन्धान लगायतलाई सत्यहिरा पुरस्कार, पियूष पदक, श्रेष्ठ पदक लगायतका पुरस्कार पनि प्रदान गरिएको थियो।

ई-लाइब्ररीमा निर्माणमा आर्थिक, भौतिक र विभिन्न प्रकारले सहयोग गरेका सहयोगीहरुलाई पनि सम्मान गरिएको थियो। सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठ, नेपालभाषा केन्द्रीय विभागका निवर्तमान प्रमुख प्रा. डा. ओमकारेश्वर श्रेष्ठ, पूर्व प्रमुख प्रा. प्रेमशान्ति तुलाधर, पूर्व प्रमुख सहप्रा. सिर्जना प्रधान लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो। 

TU E-Library 21705137707.jpg

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १५:०१
प्रतिक्रिया दिनुहोस्
थप समाज
बैंकर नारायणदास मानन्धरको निधन
बैंकर नारायणदास मानन्धरको निधन आइतबार, मंसिर २२, २०८२
लुकेका लोकप्रिय कथाहरू लोकार्पित
लुकेका लोकप्रिय कथाहरू लोकार्पित शनिबार, मंसिर २१, २०८२
गीत-गंगा भवन उद्घाटन
गीत-गंगा भवन उद्घाटन शुक्रबार, मंसिर २०, २०८२
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना बिहीबार, मंसिर १९, २०८२
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई....
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई.... शनिबार, मंसिर १४, २०८२
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम बुधबार, मंसिर ११, २०८२
फिल्म निर्माता दिलिप पौडेलको निधन
फिल्म निर्माता दिलिप पौडेलको निधन बिहीबार, मंसिर ५, २०८२
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि आइतबार, मंसिर १, २०८२
पृथ्वीबाटै लोप हुने सम्भावना
पृथ्वीबाटै लोप हुने सम्भावना शनिबार, कात्तिक ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र लेमन ट्री होटल्सबीच फ्रेन्चाइजी सम्झौता
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ श्रद्धा श्रेष्ठ मन्त्री पदमा नियुक्त, आजै पद बहाली
  • नंः ४ मन्त्रीपरिषद् विस्तार : चार मन्त्रीले लिए सपथ
  • नंः ५ होमस्टेले बन्दीपुरे महिलाको फेरियो दैनिकी
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्