Top Navigation
Main Navigation
सोमबार, भदौ २३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, भदौ २३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • भोजपुरको हतुवागढी र माइबेनी ओझेलमा
भोजपुरको हतुवागढी र माइबेनी ओझेलमा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, माघ २, २०८०
hatuwagadhi maibeni bhojpur

भोजपुर । भोजपुरको सबैभन्दा होचो स्थानमा रहेको प्रसिद्ध धार्मिकस्थल माइबेनी ओझेलमा परेको छ। धार्मिक महत्व बोकेको यो पर्यटकीयस्थल प्रचारप्रसार अभावले ओझेलमा परेको हो।

समुद्री सतहबाट १ सय ५३ मिटर उचाइमा रहेको यो स्थान हतुवागढी-९ हसनपुरमा रहेको छ। दूधकोशी र अरुण नदीको सङ्गमस्थलमा रहेको माइबेनीमा दर्शन गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ।

दशक अघिसम्म यहाँ भव्य मेला लाग्ने गरेको भए पनि पछिल्लो समय मेला लाग्न छाडेको स्थानीय ७० वर्षीय अशोक राईले बताए। यहाँ कात्तिक पूर्णिमा र माघे सङ्क्रान्तिमा ठूलो मेला लाग्छ । माइबेनीमा दर्शन गर्न तथा मेला भर्न भोजपुुर, उदयपुर, धनकुटालगायत देशका विभिन्न ठाउँबाट भक्तजन आउने गरेका छन्।

“यो पूर्वको एक प्रसिद्ध धार्मिकस्थल हो”, उनले भने, “यसको निकै ठूलो धार्मिक महत्व छ। यहाँ दर्शन गर्नका लागि देशका विभिन्न ठाउँबाट आउने गर्दथे। तर पछिल्लो समय यो स्थान ओझेलमा परेको छ।” खासगरी मानिस माइबेनीको दर्शनसँगै नदी पूजा गर्नका लागि यहाँ आउने गरेको राईले बताए।

Nepal Oil Corporation

माइबेनीको विकास तथा संरक्षणका लागि ध्यान दिँदै आएको हतुवागढी गाउँपालिकाले जनाएको छ। यहाँ पुग्नका लागि कोप्चेबाट अप्ठयारो ठाउँमा पदमार्ग निर्माण तथा मन्दिरको संरक्षणसँगै घेराबारा गरिएको छ। 

माइबेनी क्षेत्रको बृहत्तररूपमा विकास गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए। यसलाई गाउँपालिकासँगै जिल्लाको मुख्य धार्मिकस्थल तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना छ।

माइबेनीबाट किरातको आस्थाको केन्द्र खुवालुङ, अरुण, दूधकोशी र तमोर नदीको सङ्गमस्थल त्रिवेनी तथा बराहक्षेत्र नजिकै पर्ने भएकाले यसको बृहत्तर विकासमा जोड दिइएको अध्यक्ष राईको भनाइ छ।

यो क्षेत्रलाई तराईका जिल्लाबाट भोजपुर प्रवेश मार्गका रूपमा विकास गर्ने योजना छ। हिउँदको समयमा अरुण नदीमा जेटबोट चल्ने भएकाले यहाँसम्म पुग्न सहज भए पनि वर्षात्को समयमा भने आवतजावतमा समस्या छ।

यसको नजिकै दूधकोशीपारि उदयपुरको वेलका नगरपालिका-७ र अरुण नदीपारि धनकुटाको सहिदभूमि-१  पर्छ। यो तीन जिल्लाको सङ्गमस्थलका रुपमा रहेको छ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १५:२२
##bhojpur #hatuwagadhi #maibeni
प्रतिक्रिया दिनुहोस्
थप समाज
मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट
मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट शनिबार, भदौ २१, २०८२
धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार बुधबार, भदौ १८, २०८२
उदयपुरका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण
उदयपुरका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण शनिबार, भदौ ७, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भगवान श्रीकृष्णको पूजाआराधना
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भगवान श्रीकृष्णको पूजाआराधना शनिबार, साउन ३२, २०८२
मिसेस नेपाल वर्ल्ड-२०२५ का लागि आवेदन खुल्ला
मिसेस नेपाल वर्ल्ड-२०२५ का लागि आवेदन खुल्ला मंगलबार, साउन २८, २०८२
जनताको विपदको साथी || नेपाल रेडक्रस सोसाइटी कागेश्वर मनोहरा उपशाखा भद्रवास आलापोट
जनताको विपदको साथी || नेपाल रेडक्रस सोसाइटी कागेश्वर मनोहरा उपशाखा भद्रवास आलापोट शनिबार, साउन २५, २०८२
जनैपूर्णिमा जात्राकाे दृष्य
जनैपूर्णिमा जात्राकाे दृष्य शनिबार, साउन २५, २०८२
आज रक्षाबन्धन अर्थात जनै पूर्णिमा पर्व मनाइँदै
आज रक्षाबन्धन अर्थात जनै पूर्णिमा पर्व मनाइँदै शनिबार, साउन २५, २०८२
मिर्गौला पीडितलाई तनहुँ समाज हङकङको सहयोग
मिर्गौला पीडितलाई तनहुँ समाज हङकङको सहयोग शुक्रबार, साउन २४, २०८२
लाेकप्रिय समाचार
  • नंः १ अतिवाद आफैंमा गलत हुन्छ  
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
  • नंः ४ लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
  • नंः ५ मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट
विचार
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   प्रज्ज्वल घिमिरे
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  NamiNews- नामीन्यूज
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्