Top Navigation
Main Navigation
शनिबार, भदौ २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, भदौ २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • थुलुङ दुधकोशीकाे प्रशाेधित कफी अब विश्वबजारमा
थुलुङ दुधकोशीकाे प्रशाेधित कफी अब विश्वबजारमा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, माघ ५, २०८०
थुलुङ दुधकोशी गाउँपालिका

सोलुखुम्बू । थुलुङ दुधकोशी गाउँपालिकामा कफी प्रशोधन हुने भएको छ।

इको हिमाल नेपालको समन्वयमा द ग्लासियर ट्रष्ट बेलायत र थुलुङ दुधकोशी गाउँपालिकाको सहकार्यमा कफी प्रशोधन हुने भएको हो।

जसको लागि करिब ७० लाख मुल्य बराबरको प्रशोधनका उपकरण खरिद गरिने छ। उपकरण खरिदमा गाउँपालिका र द ग्लासियर ट्रष्टको लगानी हुने छ भने अन्य तालिम लगायतमा इको हिमाल नेपालको भुमिका रहने बताइएको छ।

थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, इको हिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकाल र द ग्लासियर ट्रष्ट बेलायतका प्रमुख रिचार्ड सहितको बैठक बसी निश्कर्षमा पुगेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए।

Nepal Oil Corporation

coffee solukhumbu1705645326.jpg

प्रवक्ता कार्कीका अनुसार गाउँपालिका केन्द्र मुक्लीमा विहिबार नै कफी प्रशोधनका लागि आवश्यक संरचना लगायतको अध्यायन गरिएको छ।

थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, इको हिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकाल र द ग्लासियर ट्रष्ट बेलायतका प्रमुख रिचार्ड सहितले स्थलगत अध्ययन गरेको हो।

थुलुङको कफी विश्व बजारमा पुर्याइने

थुलुङ दुधकोशी गाउँपालिकाले स्थानीय स्तरमा उत्पादित कफीलाई विश्व बजारमा पुर्याउने भएको छ। गाउँपालिका केन्द्र मुक्लीमा प्रशोधन गरि ब्राण्डिङ गर्ने र विश्ब बजारमा पु¥याइने गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए।

गाउँपालिकाको देउसा लगायतको क्षेत्रमा उत्पादन भएको कफी विश्वमानै उत्कृष्ट रहेको पाइएको इको हिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकालले बताए भने परीक्षणको क्रममा अन्य जिल्लाको तुलनामा सोलुखुम्बुको कफी विश्वमा नै उत्कृष्ट रहेको पाइएको उनको भनाई छ।

कफी खरिदका लागि बीऊ पुँजी निर्माण

कफी निर्यातमा रोक लगाएको थुलुङ दुधकोशी गाउँपालिकाले कृषकको कफी खरिदका लागि कृषि बनश्रोत केन्द्र देउसालाई जिम्मा दिने भएको छ।

यस अघिनै गाउँपालिकामा उत्पादन भएको कफी बाहीर निर्यात गर्न रोक लगाउने पालिका अध्यक्ष स्तरीय निर्णय भएको थियो। सोही निर्णय कार्यान्वयनार्थ बीऊ पुँजीको रुपमा थुलुङ दुधकोशी गाउँपालिकाले ४ लाख र इको हिमाल नेपालले ४ लाख गरि जम्मा ८ लाखको छुट्टै खाता निर्माण जम्मा गर्ने गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए।

कफीको बैज्ञानिक मुल्य निर्धारण गरि कृषकबाट खरिद गरि प्रशोधन गर्ने भएपछि कृषकलाई सहज हुने गाउँपालिकाले विश्वास लिएको छ। विगत ५ वर्ष देखि देउसा कृषि बन श्रोत केन्द्रले कफी खरिद गरि निर्यात गर्दै आएको छ। देउसामा संकलन भएको अधिकांश कफी नेपाल अर्गानिक कफी काठमाडौ लैजाने गरिएको छ।

इको हिमाल नेपालको समन्वयमा परीक्षणको लागि बेलायत र जर्मनमा समेत पुर्याएको इको हिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकालले बताउँदै उनले भने, “यहाँबाट त्यहा पठाइएको कफीको नजिता सबैभन्दा राम्रो आएको छ।”

भौतिक पुर्वधारसँगै आर्थिक विकासलाई जोड दिएर पालिकाले काम गरिरहेको गाउँपालिका अध्यक्ष असिम राईले बताए।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ११:५८
##coffee #solukhumbu #thulungdudhkoshi
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
महालक्ष्मी विकास बैंकको लाभांश वितरण क्षमतामा वृद्धि
महालक्ष्मी विकास बैंकको लाभांश वितरण क्षमतामा वृद्धि शुक्रबार, भदौ ६, २०८२
उड्ने कार हेर्नेकाे ओइरो
उड्ने कार हेर्नेकाे ओइरो बुधबार, भदौ ४, २०८२
१७ औं नाडा अटो शो मेला
१७ औं नाडा अटो शो मेला मंगलबार, भदौ ३, २०८२
अर्थमन्त्री पौडेलद्वारा अडानले वित्तीय अनुशासन र आर्थिक विकासमा गरेकाे कार्यपद्धती र भूमिकाको सराहना
अर्थमन्त्री पौडेलद्वारा अडानले वित्तीय अनुशासन र आर्थिक विकासमा गरेकाे कार्यपद्धती र भूमिकाको सराहना बिहीबार, साउन २३, २०८२
सिंहदरवारमा कोदोको दश परिकार
सिंहदरवारमा कोदोको दश परिकार मंगलबार, साउन २१, २०८२
महालक्ष्मी विकास बैंक र एच.डी.एफ.सी (HDFC)  बैंकबीच समझदारी
महालक्ष्मी विकास बैंक र एच.डी.एफ.सी (HDFC) बैंकबीच समझदारी सोमबार, साउन २०, २०८२
सात वर्षकाे प्रगति ३७ प्रतिशत मात्रै
सात वर्षकाे प्रगति ३७ प्रतिशत मात्रै आइतबार, साउन १९, २०८२
हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ विजेता घोषणा
हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ विजेता घोषणा शुक्रबार, साउन १७, २०८२
विश्वविख्यात प्रोटोन ब्राण्डको शोरुम पोखरामा
विश्वविख्यात प्रोटोन ब्राण्डको शोरुम पोखरामा बुधबार, साउन १५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ रम्भा गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्दैछ : अध्यक्ष भण्डारी
  • नंः २ अतिवाद आफैंमा गलत हुन्छ  
  • नंः ३ धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
विचार
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   प्रज्ज्वल घिमिरे
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  NamiNews- नामीन्यूज
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्