Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • थुलुङ दुधकोशीकाे प्रशाेधित कफी अब विश्वबजारमा
थुलुङ दुधकोशीकाे प्रशाेधित कफी अब विश्वबजारमा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, माघ ५, २०८०
थुलुङ दुधकोशी गाउँपालिका

सोलुखुम्बू । थुलुङ दुधकोशी गाउँपालिकामा कफी प्रशोधन हुने भएको छ।

इको हिमाल नेपालको समन्वयमा द ग्लासियर ट्रष्ट बेलायत र थुलुङ दुधकोशी गाउँपालिकाको सहकार्यमा कफी प्रशोधन हुने भएको हो।

जसको लागि करिब ७० लाख मुल्य बराबरको प्रशोधनका उपकरण खरिद गरिने छ। उपकरण खरिदमा गाउँपालिका र द ग्लासियर ट्रष्टको लगानी हुने छ भने अन्य तालिम लगायतमा इको हिमाल नेपालको भुमिका रहने बताइएको छ।

थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, इको हिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकाल र द ग्लासियर ट्रष्ट बेलायतका प्रमुख रिचार्ड सहितको बैठक बसी निश्कर्षमा पुगेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए।

coffee solukhumbu1705645326.jpg

प्रवक्ता कार्कीका अनुसार गाउँपालिका केन्द्र मुक्लीमा विहिबार नै कफी प्रशोधनका लागि आवश्यक संरचना लगायतको अध्यायन गरिएको छ।

थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, इको हिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकाल र द ग्लासियर ट्रष्ट बेलायतका प्रमुख रिचार्ड सहितले स्थलगत अध्ययन गरेको हो।

थुलुङको कफी विश्व बजारमा पुर्याइने

थुलुङ दुधकोशी गाउँपालिकाले स्थानीय स्तरमा उत्पादित कफीलाई विश्व बजारमा पुर्याउने भएको छ। गाउँपालिका केन्द्र मुक्लीमा प्रशोधन गरि ब्राण्डिङ गर्ने र विश्ब बजारमा पु¥याइने गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए।

गाउँपालिकाको देउसा लगायतको क्षेत्रमा उत्पादन भएको कफी विश्वमानै उत्कृष्ट रहेको पाइएको इको हिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकालले बताए भने परीक्षणको क्रममा अन्य जिल्लाको तुलनामा सोलुखुम्बुको कफी विश्वमा नै उत्कृष्ट रहेको पाइएको उनको भनाई छ।

कफी खरिदका लागि बीऊ पुँजी निर्माण

कफी निर्यातमा रोक लगाएको थुलुङ दुधकोशी गाउँपालिकाले कृषकको कफी खरिदका लागि कृषि बनश्रोत केन्द्र देउसालाई जिम्मा दिने भएको छ।

यस अघिनै गाउँपालिकामा उत्पादन भएको कफी बाहीर निर्यात गर्न रोक लगाउने पालिका अध्यक्ष स्तरीय निर्णय भएको थियो। सोही निर्णय कार्यान्वयनार्थ बीऊ पुँजीको रुपमा थुलुङ दुधकोशी गाउँपालिकाले ४ लाख र इको हिमाल नेपालले ४ लाख गरि जम्मा ८ लाखको छुट्टै खाता निर्माण जम्मा गर्ने गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए।

कफीको बैज्ञानिक मुल्य निर्धारण गरि कृषकबाट खरिद गरि प्रशोधन गर्ने भएपछि कृषकलाई सहज हुने गाउँपालिकाले विश्वास लिएको छ। विगत ५ वर्ष देखि देउसा कृषि बन श्रोत केन्द्रले कफी खरिद गरि निर्यात गर्दै आएको छ। देउसामा संकलन भएको अधिकांश कफी नेपाल अर्गानिक कफी काठमाडौ लैजाने गरिएको छ।

इको हिमाल नेपालको समन्वयमा परीक्षणको लागि बेलायत र जर्मनमा समेत पुर्याएको इको हिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकालले बताउँदै उनले भने, “यहाँबाट त्यहा पठाइएको कफीको नजिता सबैभन्दा राम्रो आएको छ।”

भौतिक पुर्वधारसँगै आर्थिक विकासलाई जोड दिएर पालिकाले काम गरिरहेको गाउँपालिका अध्यक्ष असिम राईले बताए।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ११:५८
##coffee #solukhumbu #thulungdudhkoshi
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ५ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्