उदयपुर : प्याराग्लाइडिङलाई व्यावसायिक बनाउन उदयपुरको त्रियुगा नगरपालिकामा स्कुल सञ्चालनमा ल्याइएको छ।
जिल्लाका पाँच स्थानीय तहका अग्ला डाँडाको अध्ययन र सफल परीक्षण उडानपछि फ्लाइङ वन्डर्स प्याराग्लाइडिङ विद्यालय सञ्चालनमा ल्याइएको हो।
२०७९ सालमा कानुनी प्रक्रिया पूरा गरी दर्ता भएको विद्यालयमा पछिल्लो समय चार विदेशी नागरिकसहित ५२ जनाले अध्ययन गरिरहेको प्रशिक्षक सुरेन गुरुङले बताए।
उनका अनुसार स्विट्जरल्यान्ड, नेदरल्यान्ड, यूके, बेल्जियमका चार जना र बाँकी नेपालको पहिलो रोडिज विजेता समन श्रेष्ठ, हिमाल आरोहीसहित नेपाली रहेका छन्।
प्रकाशित मिति: शनिबार, माघ ६, २०८० १९:०४