Top Navigation
Main Navigation
बिहीबार, भदौ १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, भदौ १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • पोखरा-६ वैदामकी भावना रानाभाटलाई 'कौसी क्विन' को ताज
पोखरा-६ वैदामकी भावना रानाभाटलाई 'कौसी क्विन' को ताज
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, फागुन ७, २०८०
kaushi queen phokhara 2080

पोखरा । पोखरा महानगरपालिका-६ वैदामकी भावना रानाभाट पेशाले पर्यटन व्यवसायी हुन्।

लेकसाइडको स्ट्रिट नम्बर २१ मा रहेको अक्टोबर इन होटल सञ्चालक रानाभाटको परिचयमा अहिले ‘कौसी क्विन’ उपमा थपिएको छ। होटलबाट निस्किएका कुहिने र नकुहिने फोहोर व्यवस्थापन गरी कौसी हराभरा बनाउन उनले चलाएको जाँगरले मूर्तरुप लिएको छ। मेहनत कौसीभरी हराभरा भइ फैलिएको छ।

महानगरले यही माघको २७ गते ‘मेरो फोहोर मेरो जिम्मेवारी, क्लिन सिटी ग्रिन सिटी’ भन्ने नाराकासाथ आयोजना गरेको ‘कौसी क्विन प्रतियोगिता २०८०’ मा उनले १८ प्रतिस्पर्धीपछि पार्दै १५ हजारसहित कौसी क्विनको ताज पहिरिएका छन्। सो सम्मानले उनलाई औँधी खुसी बनाएको छ।

“मलाई माटोसँगको प्रेमले मेहनती बनायो”, उनले भनिन्, “यही प्रेमकै कारण कौसी विभिन्न तरकारी र फलफुलले भरिएको छ।” उनको होटल बाहिर पनि खेर गएका साना ठूला डब्बा रङ्गाएर विभिन्न प्रजातिका फुलहरु रोपेको छ।

Nepal Oil Corporation

“विसं २०६९ सालमा किराना पसल चलाउँथे। श्रीमान बाहिर हुनुहुन्थ्यो। बच्चाहरु सानै  थिए। घरिघरि तरकारी लिन जान समय हुँदैनथ्यो। धनियाँ मलाई निकै मनपर्ने, एकदिन मोबाइलमा पुरानो भाँडामा निकै राम्रो धनियाँ फलाएको भिडियो देखेपछि त्यसैको सिको गरी धनियाँ उमारे”, उनले भने, “धनियाँ राम्रो भएपछि कौसी खेतीमा रुचि बढ्यो।”

माटो र विरुवासँग रमाउने बानी परेपछि आनन्द आउने उनको अनुभव छ। उनले कौसीमा लसुन, प्याज, धनियाँ, पुदिना, बेथे, रायो साग, ब्रोकाउली काउली, टमाटर, पेपिनो मेलोन, अम्बा, कागती, स्टार फ्रुट, स्ट्रबेरी, मरिज लगाएको छ।

होटलमा खपत हुने साग, लसुन, धनियाँ, गोलभेँडा कौसीमै फल्छ। रानाभाटले अहिले कौसी करेसाबारीमा मौसम अनुसारका तरकारी लगाएको छ। पोखरा कौसीखेती समुहको अध्यक्ष समेत रहेकी भावनाले फेसबुक पेजमा आफूले जानेका बुझेका कौसीखेतीसम्बन्धी ज्ञान दिँदै आएको छ।

उनी फेसबुकमार्फत नै फोहोर व्यवस्थापन तथा कुन समय कुन तरकारी  लगाउने, रोगबाट कसरी जोगाउने, घरमै किटनाशक औषधी कसरी तयार गर्ने भन्ने विषयमा पनि जानकारी दिने गर्छन्।

सोही प्रतियोगितामा उपविजेता पोखरा-७ की हरिकुमारी श्रेष्ठको अनुभव पनि त्यस्तै छ। कोठा भाडामा बस्दा सानो ठाउँमा एउटा प्लाष्टिकको भाँडामा भिण्डी, धनियाँ र लसुन रोपेर कौसीखेती सुरु गरेकी उहाँले २०७० सालमा आफ्नै घर बनाएपछि कौसीखेती बिस्तार गरेको हो।

उनको कौसीमा प्रायः सबैखाले तरकारी छन्। त्यति मात्रै होइन, घर अगाडि फुल र घरको छतमा तरकारीले हराभरा छ। आफूले गरेको कौसीखेती हेर्न किसानहरु आउँदा आफूलाई निकै खुसी लाग्ने उनले सुनाए।

पोखरा कौसीखेती समूहको सदस्य, कृषि सञ्जाल वडा नं ७ कि सदस्य समेत रहेकी श्रेष्ठले कौसीखेतीबाट पाँच जनाको परिवारका लागि तरकारी पुगिरहेको बताए। फोहोर व्यवस्थापन गर्न कौसीखेती उपयुक्त विकल्प भएको उनको भनाइ छ। “अलिकति मेहनत गर्न सके विषादीरहित ताजा तरकारी खान पाइन्छ, एकातिर पैसाको बचत हुने र अर्कोतर्फ फोहोर व्यवस्थापन हुने” श्रेष्ठले भने।

पोखरा ८ की कान्ति पौडेल अधिकारी पनि  कौसीखेतीमै रमाएको छ। प्रतियोगितामा तेस्रो भएकी उनी अहिले लहरे बाली लगाउने तयारीमा छन्। उनी २०७४ सालदेखि कौसीखेतीमा छन्। उनले भान्समा खपत हुने ९० प्रतिशत तरकारी कौसीखेतीबाटै उत्पादन हुने गरेको बताए।

वडा स्तरीय कृषि सञ्जाल वडा ८ संयोजक एवम् पोखरा कौसी करेसा समुहमा सचिव अधिकारीले अहिले कौसीखेतीको महत्व बुझाउन सक्रिय छन्। उनी घरमै तितेपाती, घिउकुमारी, निम, चरी अमिलो, खेर जाने मोहीको प्रयोगबाट किटनाशक औषधि  बनाउन पनि सिकाउँछन्।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले पोखरामा ‘क्लिन सिटी ग्रिन सिटी’को अवधारणालाई सार्थक बनाउन र फोहोर व्यवस्थापन गर्नका लागि कौसी करेसा कृषकलाई प्रोत्साहन गर्ने महानगरको नीति रहेको बताए।

“फोहोर व्यवस्थापन, सहरको सुन्दरता, वातावरण स्वच्छता, विषादीरहित तरकारीका लागि जोड दिनका लागि यस्ता कार्यक्रम ल्याइएको हो। अहिले सकारात्मक नतिजा आइरहेको छ”, उनले भने। उनले पोखरा महानगरमा रहेका १ लाख ५० हजार घरधुरीमध्ये करिब ३० हजार घरधुरीमा कौसीखेती गरिएको बताए।

महानगरले हाल वडा-वडामा कृषि सञ्जाल गठन गरेको छ। कौसी करेसबारी किसानलाई महानगरले विभिन्न तालिम पनि पनि दिँदै आएको छ। जसले गर्दा महानगरका अघिकांश घरका कौसीहरु हराभरा देखिने गरेको कडरियाको भनाइ छ।

उनका अनुसार  महानगरले सुरुआती दिनहरुमा वडा नं ८ लाई कौसीखेतीका लागि ‘पाइलटिङ’ गरेको थियो। त्यो अभियान निकै सफल भएपछि अहिले महानगरका मुख्य सहरी क्षेत्रमा पर्ने वडा नं १देखि १७ सम्ममा यो कार्यक्रम समेटिएको छ।

महानगरले हालसम्म करिब ४ हजार जनालाई कौसीखेतीका लागि तालिम समेत दिइसकेको छ। महानगरले किसानलाई मल, प्रविधि, विरुवा, गमला, कोकोपिट, कम्पोष्ट विनलगायतमा ५० प्रतिशत अनुदान समेत उपलब्ध गराउँदै आएको छ।

माछाका क्यारेट, पुराना ग्यालिन, बाल्टिलाई तरकारी फलाउने भाँडाका रुपमा प्रयोग गर्दै भान्साबाट निस्कने फोहोरको व्यवस्थापन गर्दै कौसीखेतीका लागि प्रयोग गरिएको महानगरका सरसफाइ शाखा प्रमुख कल्पना बराल बताउँछन्।

“सानो ठाउँमा घरकै भान्साको फोहोरलाई व्यवस्थापन गरेर नै कौसीमा अर्गानिक तरकारी फलाउन सकिन्छ। यसले वातावरणमा निकै सघाउ पुर्याउँछ।” महानगरले क्लिन सिटि ग्रिन सिटिको अवधारणालाई स्थापित गर्न विभिन्न कार्यक्रम गरिरहेको उनको भनाइ छ।

कौसीखेती आयआर्जनसँगै सरसफाइसँग पनि जोडिएको छ। बढ्दो सहरीकरणमा हुनसक्ने प्रदूषण र उत्सर्जन हुने फोहोरलाई सरल तरिकाले व्यवस्थापन गर्न कौसीखेती प्रभावकारी माध्यम भएको बरालको भनाइ छ।

वातावरणीय दृष्टिकोणबाट हेर्दा कुहिने फोहोर व्यवस्थापन र हरियाली निर्माणमा समेत कौसीखेती महत्वपूर्ण मानिने जलाधार एवम् वातावरण विज्ञ राजन सुवेदी बताउँछन्। “यसका फाइदाहरु निकै छन्। यसलाई वैज्ञानिक ढङ्गबाट व्यवस्थापन गर्दै हरेक घरमा यसको महत्व बुझाउन सके स्वस्थ्य जीवनयापनका लागि निकै राम्रो हुन्छ।”

उनले  घरको छत अथवा कौसीमा खेती गर्दा माटो पानीले घरको छत कमजोर हुने, पानी चुहिने, घरमा प्रयोग भएका रड बाङ्गिने लगायतका बुझाइहरु विद्यमान रहेकाले त्यसका लागि कस्तो तरिकाले कौसीमा खेती गर्दा यी समस्या रहँदैनन भन्नेबारेमा पनि जानकारी आवश्यक रहेको  बताए।

“महानगरबाट भइरहेका कौसीखेती प्रवद्र्धनका कार्यक्रम राम्रा छन्। यसलाई वृहत रुपमा लान सके यसले वातावरण स्वच्छता जोगाउन र अग्र्यानिक तरकारीले स्वस्थ्य जीवनमा सहयोग पुर्याउँछ”, सुवेदीले भने।

महानगरपालिकामा पूरा क्षेत्रफलको ४१ प्रतिशत भूमि कृषियोग्य रहेको पुरानो तथ्याङ्क रहेपनि जग्गा वर्गीकरण गर्दा भने उक्त तथ्याङ्क १९ दशमलव तीन प्रतिशतमा झरेको देखाउँछ। विसं २०७८ को जनगणनाअनुसार महानगरमा ५ लाख १३ हजार ५ सय ४ स्थायी बसोबास छ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १७:१६
##kaushiqueen #pokhara #kaski
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
महालक्ष्मी विकास बैंकको लाभांश वितरण क्षमतामा वृद्धि
महालक्ष्मी विकास बैंकको लाभांश वितरण क्षमतामा वृद्धि शुक्रबार, भदौ ६, २०८२
उड्ने कार हेर्नेकाे ओइरो
उड्ने कार हेर्नेकाे ओइरो बुधबार, भदौ ४, २०८२
१७ औं नाडा अटो शो मेला
१७ औं नाडा अटो शो मेला मंगलबार, भदौ ३, २०८२
अर्थमन्त्री पौडेलद्वारा अडानले वित्तीय अनुशासन र आर्थिक विकासमा गरेकाे कार्यपद्धती र भूमिकाको सराहना
अर्थमन्त्री पौडेलद्वारा अडानले वित्तीय अनुशासन र आर्थिक विकासमा गरेकाे कार्यपद्धती र भूमिकाको सराहना बिहीबार, साउन २३, २०८२
सिंहदरवारमा कोदोको दश परिकार
सिंहदरवारमा कोदोको दश परिकार मंगलबार, साउन २१, २०८२
महालक्ष्मी विकास बैंक र एच.डी.एफ.सी (HDFC)  बैंकबीच समझदारी
महालक्ष्मी विकास बैंक र एच.डी.एफ.सी (HDFC) बैंकबीच समझदारी सोमबार, साउन २०, २०८२
सात वर्षकाे प्रगति ३७ प्रतिशत मात्रै
सात वर्षकाे प्रगति ३७ प्रतिशत मात्रै आइतबार, साउन १९, २०८२
हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ विजेता घोषणा
हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ विजेता घोषणा शुक्रबार, साउन १७, २०८२
विश्वविख्यात प्रोटोन ब्राण्डको शोरुम पोखरामा
विश्वविख्यात प्रोटोन ब्राण्डको शोरुम पोखरामा बुधबार, साउन १५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ रम्भा गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्दैछ : अध्यक्ष भण्डारी
  • नंः २ अतिवाद आफैंमा गलत हुन्छ  
  • नंः ३ धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
विचार
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   प्रज्ज्वल घिमिरे
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  NamiNews- नामीन्यूज
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्