Top Navigation
  • Contact
Main Navigation
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • यात्रु ठगी गर्ने ८ जनालाई पक्राउ गरी कारवाही 
यात्रु ठगी गर्ने ८ जनालाई पक्राउ गरी कारवाही 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, असार १७, २०७८

काठमाडौ । उपत्यकामा सवारी सञ्चालन भएसँगै यातायातकर्मीहरु यात्रु ठगी गर्न थालेका छन्। 

बुधबार मात्रै ठगी गर्ने केही यातायातका कर्मचारीलाई पक्राउ गरी कारवाही गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज पनि ८ जनालाई पक्राउ गरी कारवाही गरेको छ।

उनीहरुले उपत्यकाको विभिन्न स्थानबाट यात्रुसँग ३ गुणा बढीसम्म भाडा लिइ ठगी गरेको फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा टिकट काउण्टरका कर्मचारीदेखि तथा निजी सवारी साधनका चालकसमेत रहेका छन। मुलुकमा हवाई यातायात समेत सञ्चालन भएसँगै उपत्यका बाहिरिने भित्रिने यात्रुहरु बढ्न थालेपछि यातायातको प्रयोगमा बृद्धि भएको छ। 

वैदेशिक रोजगारबाट आएका र उपत्यका बाहिरका जिल्ला जाने अधिकांश यात्रु यातायातकर्मीबाट ठगिन थालेपछि ट्राफिक प्रहरीले विशेष जाँच थालेको छ।

“जारी निषेधाज्ञा खुकुलो हुन थालेसँगै पुनः यात्रुहरु ठगीन सक्ने र यात्रुहरुलाई समस्या पर्न सक्ने कुरालाई मध्यनजर गरी छुट्टै टोली परिचालन गरेका छौँ, टोलीले यात्रु बनेर भाडा मोलमोलाई गर्ने, गोप्य रुपमा बुझ्ने, निगरानी गरी यात्रुसँग बढी भाडा लिएका व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेको छौँ”, महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले भने। 

ट्राफिक प्रहरीले कोटेश्वरबाट प्र १–०१–०० ज ३४९२ नम्बरको बोलेरो जीप चालक झापाका ३८ बर्षीय पुण्यप्रसाद गिरी, बा २० च २४२ नम्बरका गाडी चालक गोर्खा च्याङ्लीका ३८ वर्षीय सन्तबहादुर कुमाल र मे १ज २९९३ नम्बर गाडीका चालक खेमबहादुर पाँचकोटीलाई यात्रुसँग बढी भाडा लिई ठगी गरेको आरोपमा पक्राउ गरी कारबाहीका लागि प्रहरी प्रभाग कोटेश्वरमा बुझाएको छ।

त्यसैगरी बालकुमारी, ललितपुरबाट भक्तपुर बस्ने वर्ष ४६ का राजीव हिङ्गजुलाई बा१७च ५००१ नम्बरको स्कर्पियोसहित प्रयोजन विपरीत भाडामा यात्रु बोकेको अबस्थामा नियन्त्रणामा लिएको हो । 

सोही स्थानबाट सप्तकोसी हाइस काउण्टरमा काम गर्ने झापाका २८ बर्षे सञ्जय खड्कालाई समेत यात्रुसँग बढी भाडा लिदै गरेको अबस्थामा नियन्त्रणमा लिइ प्रहरी वृत्त सातदोबाटोमा बुझाइएको छ ।

अन्य पक्राउ पर्नेमा कलङ्कीबाट बा १४ च ४२८६ नम्बरको गाडी चालक कन्चनपुरका अम्मर ऐर, बा ६ च २१४९ नम्बरको स्कर्पियो चालक भक्तपुरका ३७ वर्षीय श्याम मछ्या र मित्रपार्कबाट को २ च २५८२ नं को मारुती भ्यान चालक धनकुटाका हरेन्द्र बुढाथोकी रहेका छन्। 

ट्राफिक प्रहरीले निरन्तर अनुगमन एब गोप्य निग्रानी गरिरहेको र तोकिएको भन्दा बढी भाडा लिएमा वा निजी गाडीले भाडामा यात्रु ओसारपसार गरेको पाइए नियन्त्रणमा लिइ आवश्यक कारबाही गर्ने चेतावनी दिएको छ।
 

प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  १९:३२
##crime
प्रतिक्रिया दिनुहोस्
थप समाज
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्