katari Municipality
x
Top Navigation
  • Contact
Main Navigation
आइतबार, असार २१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असार २१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • महासमितिबाट प्राप्त सुझाव दूरगामी महत्त्वको आधारः सभापति देउवा
महासमितिबाट प्राप्त सुझाव दूरगामी महत्त्वको आधारः सभापति देउवा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, फागुन १०, २०८०
sher Bahadur Deuba

ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमितिबाट प्राप्त सुझाव दूरगामी महत्त्वको आधार भएको बताएको छ।

नेपाली कांग्रेसको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा ४ दिनदेखि सञ्चालन भएको महासमिति बैठककोे समापन गर्दै उनले सहभागीबाट महत्वपूर्ण सुझाव प्राप्त भएको भन्दै प्राप्त सुझावलाई केन्द्रीय कार्यसमितिले परिमार्जन गरे पारित गर्ने बताएको हो।

“प्राप्त सुझावलाई समेटेर केन्द्रीय समितिले पूर्णता दिनेछ। यसैको आधारमा आगामी केन्द्रीय समितिले प्रतिवेदन प्रकाशित गर्नेछ”, सभापति देउवाले भने, “महासमितिबाट प्राप्त सुझाव दूरगामी महत्वको आधार बनेको छ। विगतमा आन्दोलन र अभियानको नेतृत्व गर्यौँ, अब विकास र समृद्धिका लागि नीतिगत नेतृत्व कांग्रेसले गर्छ।” उनले काँग्रेस सदैव नेपाली राजनीतिको मियोकारुपमा रहेको भन्दै आगामी दिनमा अझ प्रभावकारी ढङ्गले अगाडि बढ्ने बताए।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले महासमिति बैठकमा पार्टी र सरकार सञ्चालनका सन्दर्भमा महत्वपूर्ण सुझाव प्राप्त भएको बताए। “कांग्रेस जहिले पनि मुलुकको मध्यमार्गी पार्टीको रुपमा स्थापित हुँदै आएको छ। यो धारलाई दायाँबायाँ हुन दिँदैनौँ”, उनले भने।

उपसभापति खड्काले संविधान संशोधनको नेतृत्व कांग्रेसले लिनुपर्ने बताए। उनले महासमिति बैठकले एकताको सन्देश दिएको उल्लेख गर्दै राष्ट्रिय हितका पक्षमा पार्टी सधैँ क्रियाशील रहेको बताए।

उनले संविधान कार्यान्वयनको क्रममा भएको कमजोरीलाई सुधार र परिमार्जन गर्दै समृद्धितर्फ देशलाई लैजाने जिम्मेवारी कांग्रेसको काँधमा रहेको उल्लेख गरे।

कांग्रेसका उपसभापति एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कांग्रेसका नेता तथा कार्यकर्ताले पार्टीको सङ्गठन निर्माणमा लाग्नुपर्ने बताए। “कांग्रेस सिद्धान्तमा स्पष्ट र विचारमा प्रष्ट भएर अगाडि बढ्नुपर्छ”, उनले भने।

उपसभापति गुरुङले गरिबीको रेखामुनि रहेका सबै नेपालीलाई नाना, खाना र छानाको व्यवस्था गर्ने गरी कांग्रेस आगामी दिनमा लाग्नुपर्ने उल्लेख गरे।

लाभका पदमा पुगेका सबैको सम्पत्ति छानविन गर्ने कुरा व्यवहारमा उतारिनुपर्ने उनको भनाइ थियो। जनताको भावनालाई छुने गरी पार्टीले मार्गचित्र तय गर्नुपर्ने उपसभापति गुरुङले बताए।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  २२:४७
##sherbahadurdeuba #congress #nepalicongress
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कम्युनिस्ट एकता: पार्टी होइन, विचार जोड्ने समय
कम्युनिस्ट एकता: पार्टी होइन, विचार जोड्ने समय शुक्रबार, असार १९, २०८३
बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ?
बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ? सोमबार, असार १५, २०८३
फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ? शनिबार, असार १३, २०८३
रास्वपाको वैचारिक ‘सिफ्ट: नयाँ विचारधाराको जन्म कि मध्यपन्थी धारकाे ब्रान्डिङ
रास्वपाको वैचारिक ‘सिफ्ट: नयाँ विचारधाराको जन्म कि मध्यपन्थी धारकाे ब्रान्डिङ बुधबार, असार १०, २०८३
कांंग्रेसको युवा नेतृत्ववाट बालेन सरकारको मूल्याँकन र समीक्षा
कांंग्रेसको युवा नेतृत्ववाट बालेन सरकारको मूल्याँकन र समीक्षा आइतबार, असार ७, २०८३
किन स्थानीय तह गैरदलीय हुनुपर्छ ?
किन स्थानीय तह गैरदलीय हुनुपर्छ ? शनिबार, जेठ ३०, २०८३
किन वालेन र रविको भित्र-भित्रै दूरी बढ्याे ?
किन वालेन र रविको भित्र-भित्रै दूरी बढ्याे ? शुक्रबार, जेठ २९, २०८३
सरकारको अहंकार कालो डायरीमा दर्ज हुँदै
सरकारको अहंकार कालो डायरीमा दर्ज हुँदै बिहीबार, जेठ २८, २०८३
कतै प्रधानमन्त्री वालेन नेपालका लागि नयाँ ‘लेण्डुप दोर्जे’ त होइनन् ?
कतै प्रधानमन्त्री वालेन नेपालका लागि नयाँ ‘लेण्डुप दोर्जे’ त होइनन् ? शुक्रबार, जेठ २२, २०८३
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ १६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम
  • नंः २ स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य
  • नंः ३ बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ?
  • नंः ४ यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
  • नंः ५ कम्युनिस्ट एकता: पार्टी होइन, विचार जोड्ने समय
विचार
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्