Top Navigation
Main Navigation
मंगलबार, असार २४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, असार २४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • पछिल्लो खुलापनले भने त्योभन्दा पनि प्रभावित पार्नसक्ने विज्ञहरुको अनुमान
पछिल्लो खुलापनले भने त्योभन्दा पनि प्रभावित पार्नसक्ने विज्ञहरुको अनुमान
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, असार १८, २०७८

काठमाडौँ । भारतमा पछिल्ला केही महिना निकै सङ्क्रामक देखिएको ‘कोभिड–१९’ को दोस्रो लहरको प्रभाव घट्दो देखिएपछि राजधानी नयाँ दिल्लीलगायत धेरै शहर खुला गरिएको छ। त्यहाँका जनस्वास्थ्यविद्हरुले भने दोस्रो लहरको सङ्क्रमण दर घट्दैमा सबै क्षेत्र खोलेर भीडभाड बढाउनु घातक हुनसक्ने बताउँछन् । उनीहरु कोभिडको तेस्रो लहरको सम्भावनाले छोपिसकेकातर्फ सरकारको ध्यानाकर्षण गराउँछन् ।  

कुनै समय भारतमा दैनिक झण्डै ४ लाखजना सङ्क्रमित देखिने गरेकामा पछिल्ला केही हप्तायता भने घटेर ५० हजारभन्दा तल पुगेको छ। यसरी घट्दो क्रममा सङ्क्रमित देखिन थालेपछि यहाँको सरकारले प्रतिबन्धहरुलाई केही खुकुलो बनाएको छ। अहिले भने नागरिकहरु सडकमा निस्किन थालेका छन् । उनीहरुले सामाजिक दूरी कायम गर्ने तथा अरू जनस्वास्थ्यका आधारभूत मापदण्डहरु पनि पालना गर्न छोडेका छन् । 

भारतीय सञ्चारमाध्यमहरुमा आएअनुासर अहिले नयाँ दिल्लीका रेल स्टेनहरुमा हजारौँ जना जम्मा हुन्छन् भने कतिपय सार्वजनिक यातायातमा ठूलो भीडभाड देखिन्छ। ‘सपिङ मल’ हरुको अवस्था त्यस्तै छ भने खाना बनाउने र लैजाने मात्र सेवा दिने भनिएका रेष्टुरेन्टहरुमा बाहिरबाट ढोका लगाएर भित्र कैयौँ जना बसेर खाने गरेका छन्। सडकमा हिँड्डुल गर्ने मानिसले मास्क नलगाएको देख्दा प्रहरीले सोधपुछ गर्ने गरेपछि घर या कार्यालय परिसरमा मास्क लगाउनेहरु घटेका छन्। जसका कारण भारतमा अर्को खतरा आउने जनस्वास्थ्यविद्हरु बताइरहेका छन् । 

अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एआइएमएस) का निर्देशक रन्दीप गुलरिया भन्छन, “भारतमा कोभिड–१९ को तेस्रो लहर आगामी छदेखि आठ हप्तासम्ममा आउन सक्छ र यो दोस्रो लहरजत्तिकै र अझ त्योभन्दा पनि बढी घातक हुनसक्छ। अहिले सङ्क्रमितहरुको सङ्ख्या केही घट्दैमा सरकारले शान्तिको सास फेरेर सबै ठीक भयो भनेजस्तो गरी सबैतिर खुला गरिदिएको छ, यसले अवस्था अझै सोचेभन्दा पनि जटिल बनाउन सक्छ।”    

Nepal Oil Corporation

गत हप्ता भारतीय सञ्चारमाध्यमसँग उनले भने, “हामीले पहिलो र दोस्रो लहरको महामारीबाट कति दुःख पायौँ भन्ने कुरा सबैले बुझ्नुपर्ने हो। हामीले त्यसबाट भएको जनधनको क्षतिबाट पनि धेरै सिक्नुपर्ने हो तर पछिल्ला दिनहरुमा बढ्दो भीडभाड र सरकारले एकपछि अर्को गरी प्रतिबन्धहरु फुकाउँदै गएकाले विगतबाट हामीले पाठ सिक्यौँ जस्तो लाग्दैन। मलाई त अब आउने सम्भावित तेस्रो लहरहरुले हामीलाई अझ बढी क्षति दिनसक्छ भन्ने डर लागिरहेको छ।”   

विश्व स्वास्थ्य सङ्गठनका जनस्वास्थ्यविद्हरु कोरोना भाइरसका हरेक लहरहरुको आगमन मानिसले गर्ने व्यवहार र उनीहरुले जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्ने शैली एवं तदारुकतामा भरपर्ने बताउँछन् । मानिसकै क्रियाकलापकहरुले नै कोभिडका नयाँ नयाँ लहरहरुको निर्धारण गर्ने गर्दछ तर यही विन्दुमा केन्द्रित भएर न नागरिक र न त सरकारहरुले नै सोच्ने गरेका छन्। यसैले यो भाइरसले नयाँ स्वरुपहरुमा आफूलाई विकास गरिरहेको पाइएको उनीहरुको भनाइ छ।  

भारतमा दोस्रो लहर आउनसक्नेतर्फ सजग रहन र सोही बमोजिमको तयारी गर्न यसअघि विज्ञहरुले गरेको आग्रहलाई बेवास्ता गरेर विभिन्न राज्यमा निर्वाचन गर्ने, कुम्भ मेलाजस्तो आममानिस जम्मा हुने कार्यक्रमलाई अनुमति दिने, होटेल रेष्टुरेन्ट र शपिङ मलहरुमा मापदण्ड नअपनाएको अनुगमन नगर्ने गरेकाले यो दोस्रो लहरका लागि थप बल पुगेको विज्ञहरुको दाबी छ। त्यसैले अब आउनसक्ने सम्भावित तेस्रो लहर रोक्न विगतबाट पाठ सिकेर नीतिनियम बनाउन र व्यवहार गर्न उनीहरुको आग्रह छ ।    

भारतको यही अवस्थासँग नेपालको परिस्थिति पनि ठ्याक्कै मिल्न जान्छ । नेपालमा कोरोना भाइरसका दुवै लहर त्यतैबाट भित्रिएकाले यो अनुभव भारतसँग मेल खान्छ । यतिखेर नेपालले पनि यसै हप्तादेखि प्रायः सबै क्षेत्र खुला गरेको छ र कतिपय खुल्दै पनि छन्। 

दोस्रो लहरको असर देखिएको करीब २ महिनाको निषेधाज्ञापछि यही असार १५ गतेदेखि खुकुलो भएसँगै सरकारले त शान्तिको सास फेर्न खोजेको देखिन्छ, तर तेस्रो लहरको खतराको घन्टी भने नजीकै आइपुगेको विज्ञहरुको अनुमान छ । उनीहरु सम्भवतः अक्टोबर नोभेम्बरमा नेपालमा पनि तेस्रो लहर भित्रिन सक्ने आङ्कलन गर्छन् तर पछिल्लो खुलापनले भने त्योभन्दा पनि अगावै हामीलाई प्रभावित गर्नसक्ने बताइन्छ ।   

कोरोना भाइरसको पछिल्लो स्वरुप या प्रजातिका रुपमा देखिएको ‘डेल्टा प्लस’ यहाँ पनि देखिएको पुष्टि भएको छ। यो स्वरुपले नेपालमा धेरै प्रभाव पार्नसक्ने विज्ञहरूको आङ्कलन छ । छिमेकी मुलुक भारतलगायत ११ मुलुकमा यो नयाँस्वरुप देखिएको छ। 

अघिल्लो हप्तासम्म नै कम्तीमा नौवटा नमूनामा देखिएको यो ‘डेल्टा प्लस भेरिएन्ट’ अहिलेको भन्दा उच्च सङ्क्रामक रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ । नेपालका जनस्वास्थ्यविद्हरु पनि मानिसहरु जिम्मेवार नभएमा ‘डेल्टा प्लस’ नामको यो पछिल्लो स्वरुप अहिलेको भन्दा बढी सङ्क्रामक हुनसक्छ भन्छन् । 

यो स्वरुप वास्तवमा कोभिडको तेस्रो लहरको फैलावटका लागि कारक हुनसक्ने उनीहरुको भनाइ छ। यो ‘भेरियन्ट’ तेस्रो लहर ल्याउनमा जिम्मेवार हुनसक्ने उनीहरुको आङ्कलन छ। यो भाइरसको फैलावट र असर गर्ने दुवै क्षमता अहिलेसम्मका स्वरुपको भन्दा बढी र घातक देखिएको अनुसन्धानहरुले देखाएका छन् । 

भारत सरकारले डेल्टा प्लसलाई खतरनाक र थप अनुसन्धान हुनुपर्ने चासोको स्वरुपको श्रेणीमा राखेको भारतीय सञ्चारमाध्यम बताउँछन्। त्यसैले यो नयाँ स्वरुप तेस्रो लहरको जिम्मेवार हुनसक्नेतर्फ उनीहरुले अनुसन्धान थालेका छन् तर हामीकहाँ भने यो स्वरुप नै तेस्रो लहरको कारक हुन सक्छ या सक्दैन भन्ने कुरा अहिल्यै भन्न नसकिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन्। उनले तेस्रो लहरका लागि भाइरसमात्रलाई दोषी दिनुुभन्दा पनि निषेधाज्ञा खुकुलो भएपछि हामीले गर्ने व्यवहार र जनस्वास्थ्यका मापदण्डहरु अपनाउने शैलीमा पनि भर पर्ने बताउँछन्। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. जिडी ठाकुर स्वास्थ्य सुरक्षा अपनाउन हामीले जति बढी बेवास्ता गर्छौं त्यति नै यसको प्रभाव फैलिने बताउँछन्। एक त हामीकहाँ अहिलेसम्म खोपको सुनिश्चितता हुन सकेको छैन त्यसैमा पनि यो डेल्टा प्लस भेरियन्ट देखिइसकेकाले यसैले तेस्रो लहरका लागि उत्प्रेरकको काम पनि गर्नसक्ने भएकाले सबै सजग हुनुपर्ने सुझाव उनी दिन्छन्।  

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार परीक्षणमा पछिल्लो २४ घण्टामा चार हजार १७ जना सङ्क्रमित निको भएका छन् भने बुधबार कोरोनाबाट ३३ जनाको मृत्यु भएको छ । 

सो मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार १३० जनाको पिसिआर र ३ हजार ८५५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा यी सङ्क्रमितको पहिचान भएको हो। यसरी हेर्दा नेपालमा अहिले पनि सङ्क्रमणको दर झण्डै २४ प्रतिशत छ। पछिल्ला केही दिनको तुलनात्मक अध्ययन गर्दा यो भाइरसको सङ्क्रमण २० प्रतिशतबाट तल कुनै दिन पनि झरेको छैन। बरु यो दर दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । 

नेपाल सरकारले यही असार १५ गतेदेखि विभिन्न क्षेत्र खुला गरेको छ । सार्वजनिक यातायातका साधनहरु खुलेका छन्। जोरबिजोर गरी सञ्चालनमा ल्याइएको भए पनि यात्रुको ठूलो भीडभाड यी यातायातमा देखिन थालेको छ। होटेल, रेष्टुरेन्टहरु खाना बनाउनका लागिमात्र खोलिएको भने पनि त्यहाँ पनि जमघट हुने सङ्केतहरु देखिँदैछन्।

पसलहरु बारअनुसार सञ्चालन गर्न दिइएको छ तर त्यहाँ पनि मानिसहरुको भीड नै लाग्न थालेको छ। जनस्वास्थ्यका मापदण्डहरु अपनाउने काममा नागरिक सजग देखिँदैनन् । त्यसैले यहाँका जनस्वस्थ्यविद्हरु पनि तेस्रो लहरको खतरातर्फ सबैलाई सचेत बनाएका छन्। 

भारतमा जस्तै नेपालमा सङ्क्रमितहरुको सङ्ख्या केही घटेका समाचारहरु आउँदैमा युद्ध नै जितेजस्तो गरेर सरकारले निषेधाज्ञा हटाउने र नागरिकहरु पनि हजारौँको सङ्ख्यामा सडकमा निस्किने गर्नु राम्रो होइन भन्छन्, नेपालका जनस्वास्थ्यविद्हरु। उनीहरु अहिले पनि महामारी केही घटेको मात्र हो, हटेको होइन भन्दै पहिलेको भन्दा अझ बढी स्वास्थ्य सतर्कता अपनाउन र मानिसबीचको भौतिक दूरी कायम गर्न आग्रह गर्दछन् । 

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे निषेधाज्ञा खुल्दै गर्दा आफ्नो पेशा र व्यवसाय कसरी सुरक्षित बनाउने, आफू र आफ्ना कर्मचारीलाई कसरी सङ्क्रमणबाट बचाउने, कार्यालय वा ‘फिल्ड’ मा काम गर्ने मनोबल कसरी कायम गर्ने तथा हरेक पेशाका भिन्नताअनुरुप कसरी सुरक्षित रहेर काम गर्ने भन्ने विषयमा जनस्वास्थ्य विशेषज्ञहरुको परामर्श लिँदा प्रभावकारी हुने सुझाव दिन्छन्। 

पेशाबाट आफू र आफ्नो परिवार सुरक्षित गर्ने उपायले महामारीको प्रकोपबाट बच्न सकिने उनको धारणा छ। खोप र जनस्वास्थ्यका मापदण्डहरुको पालना नै यो महामारीबाट बच्ने उपाय हो भन्ने बारेमा लगभग सबै नेपाली जानकार रहेकाले आफू नै सजग र सतर्क हुनसके मात्र सुरक्षित रहन सकिन्छ भन्ने विषयमा सबैले सोच्नु जरुरी रहेको उनको भनाइ छ। 

भारत तथा अन्य देशहरुमा महामारीको तेस्रो या अन्य लहरहरु आउनसक्ने भनिएको भए पनि त्यसलाई नियन्त्रण गर्न खोप पर्याप्त हुनसक्ने बताइरहेका छन्। हामी कहाँ भने खोपको उपलब्धता नगण्य छ । कैयौँ देशमा कोरोना विरुद्धको खोप लगाउने कामलाई प्राथमिकतामा राखेर अभियान नै सञ्चालन गरिरहेका छन् तर नेपालमा यस्तो अवस्था छैन । 

जनस्वास्थ्य विज्ञहरु भाइरसको प्रकोपलाई रोक्न तथा सङ्क्रमण भइहाले पनि असर कम गर्न खोपले प्रभावकारी रुपमा काम गर्ने बताउँछन् तर हामीले खोप अभियानलाई सर्वसुलभ बनाउन सकेका छैनौँ। सरकार खोप ल्याउन प्रयत्नशील देखिन्छ तर आवश्यक मात्रामा खोप भित्रिइसकेको छैन । त्यसैले पनि अहिलेका लागि महामारीबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भनेको जनस्वास्थ्यका मापदण्ड अपानउनु नै हो । महामारी हटेको होइन, घटेको मात्र हो भनेर आफैँले मनन गर्नु नै उत्तम उपाय हो।  

प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  १७:१७
##coronavirus
प्रतिक्रिया दिनुहोस्
थप समाज
सङ्ग्रहालयका बारेमा  जानकारी लिँदै राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सबिता पौडेल
सङ्ग्रहालयका बारेमा जानकारी लिँदै राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सबिता पौडेल सोमबार, असार २३, २०८२
तुलसीपुरको पातुखोला जीर्ण पुलमा श्रमदानबाट तटबन्ध निर्माण
तुलसीपुरको पातुखोला जीर्ण पुलमा श्रमदानबाट तटबन्ध निर्माण आइतबार, असार २२, २०८२
साहित्यिक सर्जक प्रकाश कुइँकेललाई संसार राष्ट्रिय साहित्य तारा सम्मान
साहित्यिक सर्जक प्रकाश कुइँकेललाई संसार राष्ट्रिय साहित्य तारा सम्मान शनिबार, असार २१, २०८२
बजार अनुगमनले लियाे तीव्र रूप
बजार अनुगमनले लियाे तीव्र रूप मंगलबार, असार १७, २०८२
सिडियो हुनु त यस्ताे पाे हाे त, मध्यराती बाढी नियन्त्रणमा जुटे
सिडियो हुनु त यस्ताे पाे हाे त, मध्यराती बाढी नियन्त्रणमा जुटे सोमबार, असार १६, २०८२
खाडी मुलुकका उडान रद्द भएपछि विमानस्थलमा अलपत्र परेका यात्रु उड्न थाले
खाडी मुलुकका उडान रद्द भएपछि विमानस्थलमा अलपत्र परेका यात्रु उड्न थाले मंगलबार, असार १०, २०८२
सुँगुरको मासु खाने क्रममा घाँटीमा अड्किएर एक वृद्धको मृत्यु
सुँगुरको मासु खाने क्रममा घाँटीमा अड्किएर एक वृद्धको मृत्यु शनिबार, जेठ ३२, २०८२
उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु शनिबार, जेठ ३२, २०८२
जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण
जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण बिहीबार, जेठ ३०, २०८२
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा
  • नंः २ वेलका नगरपालिकाद्वारा सम्मर राईलाई 'उत्कृष्ट प्रधानअध्यापक' सम्मान प्रदान
  • नंः ३ दिदीभाइको कथानकतामा गजबको गीत सार्वजनिक
  • नंः ४ तुलसीपुरको पातुखोला जीर्ण पुलमा श्रमदानबाट तटबन्ध निर्माण
  • नंः ५ गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्