Top Navigation
Main Navigation
बुधबार, कात्तिक २०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, कात्तिक २०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • धरान एक्स्पोमा ९ करोडको व्यापार
धरान एक्स्पोमा ९ करोडको व्यापार व्यापारी उत्साहित
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, फागुन २२, २०८०
dharan

धरान । स्थानीय उत्पादन र व्यापारलाई प्रवद्र्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको धरान एक्स्पोमा ९ करोडको कारोबार भएको छ।

यही फागनु ११ गतेदेखि सुरु भएको एक्स्पोमा आजसम्ममा ९ करोडको कारोबार भएको र १ लाख ५ हजारजनाले अवलोकन गरेका सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव महेन्द्र प्रधानले जानकारी दिएको हो।

गत वर्षको तुलनामा यसपटकको एक्स्पोमा व्यापार-व्यवसायमा विविधता रहेकाले सहभागीहरु पनि उत्साहित बनेको महासचिव प्रधानले बताउँदै उनले भने, “यसपटक स्थानीय कृषि उत्पादनदेखि देश–विदेशका औद्योगिक उत्पादनसम्म समेटिएकाले व्यापारी र ग्राहक दुवै सन्तुष्ट रहेको पाएका छौँ।”

एक्स्पोमा स्थानीय रुपमा उत्पादित स्ट्रबेरी, किबी, बेसार र साबुनका स्टल राखिएका छन्। त्यसैगरी, धरानको खेल पर्यटनलाई प्रवद्र्धन गर्न जिपलाइनदेखि प्याराग्लाइडिङ र विभिन्न खेल समावेश गरिएका थिए।

Nepal Oil Corporation

त्यसैगरी, विभिन्न खानेकुरा, नर्सरी, गाडी र मोटरसाइकलका स्टलहरु एक्स्पोमा राखिएका छन्। व्यापारमा विविधतासँगै व्यवसायीहरु पनि उत्साहित भएका छन्।

विराटनगरबाट साबुनको व्यापार गर्न आएका व्यापारी मदन मास्के धरान एक्स्पोमा राम्रो व्यापार भइरहेकामा उत्साहित छन्। धेरै वर्षअगाडि देखि मार्केटिङको काम गर्दै आएको उनले अहिले धरान एक्स्पोमा बम्पर अफरसहित साबुन र सर्फ बिक्री गरिरहेको छ।

उनको स्टलमा निकै भीड लाग्ने गरेको छ। एक्स्पोमा तीनजना स्टाफ राखेर व्यापार गरिरहनुभएको उहाँ खुसी हुँदै भन्छन्, “एक दर्जन कपडा धुने साबुन किन्दा एक दर्जन साबुन निःशुल्क दिएको छु, सर्फ पनि एक प्याकेट किन्दा एक प्याकेट सित्तैमा दिएको छु। त्यसो गर्दा मेरो स्टलमा राम्रो व्यापार भइरहेको छ।”

उनले दैनिक रुपमा १ लाखदेखि १ लाख ८० हजारसम्मको व्यापार गर्दै आएको बताए। धरान एक्स्पोमा जुम्लाबाट अर्ग्यानिक स्याउ लिएर आएको गङ्गादेवी राउत पनि व्यापार राम्रो भइरहेको बताउँछन्।

दश वर्षअगाडि देखि यसरी नै प्रत्येक हाटबजार र उत्सवतिर गएर व्यापार गर्दै आएको राउत धरान एक्स्पोमा सोचेभन्दा राम्रो व्यापार भएको बताउँछन्।

दैनिक ४० देखि ५० हजारको स्याउ बिक्री भइरहेको बताउँदै उनी भन्छन, “धेरै ठाउँमा व्यापार गर्दै आएकी छु तर अहिले धरानमा जस्तो व्यापारमा उत्साहित चाहिँ पहिला कहिले भएकी थिइनँ।” 

उनले एक्स्पोमा जुम्लाबाट ल्याएको अग्र्यानिक स्याउ, मार्सी चामल, गहुँको चामल, सिलाजित, दाललगायत जुम्लाका स्थानीय उत्पादन बेचिरहेको छ।

यही फागुन २३ गतेसम्म सञ्चालन हुने धरान एक्स्पोमा पाकिस्तान, भारतलगायत देशका विभिन्न उत्पादन पनि बिक्री भइरहेका छन्। रोटे पिङलगायत खेलका साथै हरेक साँझ साङ्गीतिक कार्यक्रम पनि भइरहेको छ।

विगतको वर्षभन्दा यसपटकको एक्स्पो कारोबारका हिसाबले राम्रो रहेको सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले बताउँदै उनले भने, “धरानभित्र र कोशी प्रदेश क्षेत्रका उत्पादनसँगै देशका अन्य जिल्लादेखि विदेशका समान पाइने भएकाले एक्स्पोले ग्राहकका लागि आवश्यक पर्ने सबै कुरा एकै ठाउँमा जुटाइदिएको छ। त्यसैले पनि ग्राहक र व्यापारी दुवै उत्साहित छन्।”

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  ०९:२७
##dharanexpo
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
नेपालमा नेप्सेप्रति बढ्दो उत्साह: युवामा लगानीको रहर
नेपालमा नेप्सेप्रति बढ्दो उत्साह: युवामा लगानीको रहर सोमबार, कात्तिक १८, २०८२
आज सुनकाे मूल्य चार हजार आठ सयले घट्यो
आज सुनकाे मूल्य चार हजार आठ सयले घट्यो आइतबार, कात्तिक ३, २०८२
कर सुधार कार्यक्रमको ऐतिहासिक सफलता: ५ वर्षमा करदाता सङ्ख्या दोब्बर
कर सुधार कार्यक्रमको ऐतिहासिक सफलता: ५ वर्षमा करदाता सङ्ख्या दोब्बर आइतबार, कात्तिक ३, २०८२
चालु आर्थिक वर्षकाे हालसम्म पनि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन  बजेट
चालु आर्थिक वर्षकाे हालसम्म पनि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन  बजेट शुक्रबार, कात्तिक १, २०८२
सिन्धुलीका सफल कृषक पूर्णबहादुर मस्राङ्गीको कथा
सिन्धुलीका सफल कृषक पूर्णबहादुर मस्राङ्गीको कथा शनिबार, असोज ११, २०८२
दशैं लक्षित १३ हजारभन्दा बढी भेडाच्याङ्ग्रा निकासी
दशैं लक्षित १३ हजारभन्दा बढी भेडाच्याङ्ग्रा निकासी आइतबार, असोज ५, २०८२
आजबाट रेडमी नोट १४ सिरिजकाे विशेष ‘बन्डलिङ योजना’ शुरु
आजबाट रेडमी नोट १४ सिरिजकाे विशेष ‘बन्डलिङ योजना’ शुरु आइतबार, असोज ५, २०८२
धरान उपमहानगरपालिकाको बजेट सार्बजनिक
धरान उपमहानगरपालिकाको बजेट सार्बजनिक शनिबार, असोज ४, २०८२
तिलक थापा || रेसुङ्गाका जुँगे साहुजी || नेपालका प्रथम राष्ट्रपतिको सवारी चालक ||
तिलक थापा || रेसुङ्गाका जुँगे साहुजी || नेपालका प्रथम राष्ट्रपतिको सवारी चालक || शुक्रबार, असोज ३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नेपालमा नेप्सेप्रति बढ्दो उत्साह: युवामा लगानीको रहर
  • नंः २ सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ जेनजी सरकार र दलहरुबीचको निर्णयहरु
  • नंः ५ सेताम्मे हिउँ छिचोल्दै मिसन कोरला नाका यात्रा
विचार
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्