Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सामुदायिक वनमा आयमूलक कार्यक्रम लागू गर्न उपभोक्ताहरुकाे जोड्दार माग 
सामुदायिक वनमा आयमूलक कार्यक्रम लागू गर्न उपभोक्ताहरुकाे जोड्दार माग 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, फागुन २५, २०८०
rasuwa

रसुवा । सामुदायिक वनमा आधारित उद्यम तथा आयमूलक कार्यक्रम लागू गर्नुपर्नेमा उपभोक्ताहरुले जोड दिएका छन्। 

डिभिजन वन कार्यालयको आयोजनामा सामुदायिक वन उपभोक्ता समुहहरुको छलफल कार्यक्रममा उपभोक्ताहरुले वन तथा वातावरण संरक्षण र आयमूलक कार्यक्रम गर्नुपर्ने बताएको हो।

उत्तरगया गाउँपालिका-२ को दियालेपाखा सामुदायिक वनभित्र भिजिङग्रा नामको जडिबुटीको फल संकलन गरेर चोरी निकासी भएको थाहा पाएकोले डिभिजन वन कार्यालयमा खबर गरेको उपभोक्ता शेरबहादुर तामाङले बताए।

यस क्षेत्रमा भिजिङग्राको खेती गरेर आयआर्जन गर्न सकिन्छ। स्थानीय मायादेवी तामाङले भनिन् ‘औषधीय गुण भएको तेल निकाल्न सकिने भिजिङ्ग्राको व्यवसायीक खेती गर्न सकिने रहेछ।’

rasuwa21709866975.jpg

कार्यक्रममा सहभागीहरूले वन डढेलो नियन्त्रण, ओखर, अलैची खेती, टिमुर, बास, निगालोको बिरुवा आवश्यक रहेकोले उपयुक्त समयमा उपलब्ध गराउनु पर्ने बताए।

कुनाघारी सामुदायिक वनका उपभोक्ता समुहका जगतप्रसाद पौडेलले बाँदर तथा दुम्सीको कारण खेतीबाली नष्ट गरेर हैरानी पारेकोले समस्या परेको बताए। उनले भने ‘हाम्रो सामुदायिक वनमा अतिक्रमण पनि बढेको छ।’

आमाछोदिङमो गाउँपालिका-५ का ब्रानापाखा सामुदायिक वन उपभोक्ता समुहका लाक्पाछिरिङ तामाङले वर्षेनी रोपेको बिरुवा बाख्रा बस्तुले खाने कारण सामुदायिक वनमा समस्या भएको बताए। वनमा लौठसल्ल, डाचेचुक जस्ता जडिबुडी खेती गरेर आयआर्जन गर्न सकिन्छ। “बृक्षारोपण गरेर मात्र भएन, घेराबार गरेर संरक्षण गर्नुपर्छ।”

सामुदायिक वन महासंघका केन्द्रीय कोषाध्यक्ष शान्ता न्यौपानेले सामुदायिक वनमा उद्यम गरी आयआर्जन बढाउनुपर्ने बताउँदै उनले भनिन् ‘उपभोक्ताले खाली खुट्टा डोकोमा बिरुवा बोकेर बृक्षारोपण तथा संरक्षण गरेर हराभरा भएको जंगलबाट वनजन्य उत्पादन गरी गरिवी निवारणका लागि आयआर्जनमूलक गर्नुपर्छ।’  न्यौपानेले वनको संरक्षण तथा स्थानीय आदिवासी उपभोक्ताको अधिकार सुनिश्चित हुनुपर्नेमा जोड् दिइन।

वनलाई जीवन र जनजीविकासँग जोडेर आयमूलक काममा गर्नुपर्ने बताउँदै सवै उपभोक्ता समुहले समयमा वार्षिक साधारणसभा, लेखापरीक्षण र आयव्यय सार्वजनिक गर्नुपर्ने वार्षिक साधारणसभा तथा लेखा परीक्षण समयमा हुनुपर्ने बताएका छन् भने उपभोक्ताको मागप्रति ध्यान दिने र त्यस्ता कार्यक्रम तय गर्न आफू तयार डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत प्रेमा थापाले बताएकी छन्।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  ०९:०६
##rasuwa
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाड उपभोक्ताको कि व्यवसायीको ? 
चाड उपभोक्ताको कि व्यवसायीको ?  बिहीबार, असोज १५, २०८३
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्