Top Navigation
Main Navigation
शनिबार, मंसिर २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, मंसिर २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सामुदायिक वनमा आयमूलक कार्यक्रम लागू गर्न उपभोक्ताहरुकाे जोड्दार माग 
सामुदायिक वनमा आयमूलक कार्यक्रम लागू गर्न उपभोक्ताहरुकाे जोड्दार माग 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, फागुन २५, २०८०
rasuwa

रसुवा । सामुदायिक वनमा आधारित उद्यम तथा आयमूलक कार्यक्रम लागू गर्नुपर्नेमा उपभोक्ताहरुले जोड दिएका छन्। 

डिभिजन वन कार्यालयको आयोजनामा सामुदायिक वन उपभोक्ता समुहहरुको छलफल कार्यक्रममा उपभोक्ताहरुले वन तथा वातावरण संरक्षण र आयमूलक कार्यक्रम गर्नुपर्ने बताएको हो।

उत्तरगया गाउँपालिका-२ को दियालेपाखा सामुदायिक वनभित्र भिजिङग्रा नामको जडिबुटीको फल संकलन गरेर चोरी निकासी भएको थाहा पाएकोले डिभिजन वन कार्यालयमा खबर गरेको उपभोक्ता शेरबहादुर तामाङले बताए।

यस क्षेत्रमा भिजिङग्राको खेती गरेर आयआर्जन गर्न सकिन्छ। स्थानीय मायादेवी तामाङले भनिन् ‘औषधीय गुण भएको तेल निकाल्न सकिने भिजिङ्ग्राको व्यवसायीक खेती गर्न सकिने रहेछ।’

rasuwa21709866975.jpg

कार्यक्रममा सहभागीहरूले वन डढेलो नियन्त्रण, ओखर, अलैची खेती, टिमुर, बास, निगालोको बिरुवा आवश्यक रहेकोले उपयुक्त समयमा उपलब्ध गराउनु पर्ने बताए।

कुनाघारी सामुदायिक वनका उपभोक्ता समुहका जगतप्रसाद पौडेलले बाँदर तथा दुम्सीको कारण खेतीबाली नष्ट गरेर हैरानी पारेकोले समस्या परेको बताए। उनले भने ‘हाम्रो सामुदायिक वनमा अतिक्रमण पनि बढेको छ।’

आमाछोदिङमो गाउँपालिका-५ का ब्रानापाखा सामुदायिक वन उपभोक्ता समुहका लाक्पाछिरिङ तामाङले वर्षेनी रोपेको बिरुवा बाख्रा बस्तुले खाने कारण सामुदायिक वनमा समस्या भएको बताए। वनमा लौठसल्ल, डाचेचुक जस्ता जडिबुडी खेती गरेर आयआर्जन गर्न सकिन्छ। “बृक्षारोपण गरेर मात्र भएन, घेराबार गरेर संरक्षण गर्नुपर्छ।”

सामुदायिक वन महासंघका केन्द्रीय कोषाध्यक्ष शान्ता न्यौपानेले सामुदायिक वनमा उद्यम गरी आयआर्जन बढाउनुपर्ने बताउँदै उनले भनिन् ‘उपभोक्ताले खाली खुट्टा डोकोमा बिरुवा बोकेर बृक्षारोपण तथा संरक्षण गरेर हराभरा भएको जंगलबाट वनजन्य उत्पादन गरी गरिवी निवारणका लागि आयआर्जनमूलक गर्नुपर्छ।’  न्यौपानेले वनको संरक्षण तथा स्थानीय आदिवासी उपभोक्ताको अधिकार सुनिश्चित हुनुपर्नेमा जोड् दिइन।

वनलाई जीवन र जनजीविकासँग जोडेर आयमूलक काममा गर्नुपर्ने बताउँदै सवै उपभोक्ता समुहले समयमा वार्षिक साधारणसभा, लेखापरीक्षण र आयव्यय सार्वजनिक गर्नुपर्ने वार्षिक साधारणसभा तथा लेखा परीक्षण समयमा हुनुपर्ने बताएका छन् भने उपभोक्ताको मागप्रति ध्यान दिने र त्यस्ता कार्यक्रम तय गर्न आफू तयार डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत प्रेमा थापाले बताएकी छन्।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  ०९:०६
##rasuwa
प्रतिक्रिया दिनुहोस्
थप समाज
बैंकर नारायणदास मानन्धरको निधन
बैंकर नारायणदास मानन्धरको निधन आइतबार, मंसिर २२, २०८२
लुकेका लोकप्रिय कथाहरू लोकार्पित
लुकेका लोकप्रिय कथाहरू लोकार्पित शनिबार, मंसिर २१, २०८२
गीत-गंगा भवन उद्घाटन
गीत-गंगा भवन उद्घाटन शुक्रबार, मंसिर २०, २०८२
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना बिहीबार, मंसिर १९, २०८२
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई....
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई.... शनिबार, मंसिर १४, २०८२
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम बुधबार, मंसिर ११, २०८२
फिल्म निर्माता दिलिप पौडेलको निधन
फिल्म निर्माता दिलिप पौडेलको निधन बिहीबार, मंसिर ५, २०८२
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि आइतबार, मंसिर १, २०८२
पृथ्वीबाटै लोप हुने सम्भावना
पृथ्वीबाटै लोप हुने सम्भावना शनिबार, कात्तिक ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ लुकेका लोकप्रिय कथाहरू लोकार्पित
  • नंः २ १३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न
  • नंः ३ आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप
  • नंः ४ बैंकर नारायणदास मानन्धरको निधन
  • नंः ५ नामी साप्ताहिक
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्