Top Navigation
  • Contact
Main Navigation
सोमबार, साउन २५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, साउन २५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • दुबो खेतीमा रम्दै चितवनका तुलसीराम अर्याल
दुबो खेतीमा रम्दै चितवनका तुलसीराम अर्याल
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, चैत ८, २०८०
dubo kheti in chitwan

नारायणगढ, चितवन । वरीपरी गहुँ, मकै र तरकारी लगाएको ढकमक्क परेको बारी बिचमा पातलो दुबो देखिने खाली चौर, त्यही चौरमा रहेको पातलो दुबोमा पानी हाली फैलाएर बिक्री गरी आम्दानी गर्ने योजनाका साथ बारीमा खटिरहेको छ चितवनका तुलसीराम अर्याल।

“चैतको खडेरीमा यसलाई जोगाउनै गाह्रो छ पानी हालिरहन पर्छ।” उनले भने। दिनको २ बजेको घाममा उनीसँगै दुबो बारीमा अन्य कामदारहरु पनि काममा तल्लिन देखिन्थ्ये।

कोही दुबो लगाउने बारी मिलाउँदै थिए भने कोही दुबो रोप्दै र गोड्दै थिए। कसैले माग भएका दुबोका चाक्लालाई जमिनबाट निकाल्दै थिए। सबै आ–आफ्नो काममा व्यस्थ रहँदा अर्यालले भने “यो समय ग्राहकहरुले दुबो लगाउने र हाम्रो व्यापार हुने समय हो। काममा भ्याई नभ्याई छ।”

भरतपुर महानगरपालिका-२३ मदिपुरमा अर्यालले विगत ४ वर्षयता व्यवसायीक रुपमा चाइनिज दुबो खेती गर्दै आएको छ। अहिले उनीसँग १५ जना मजदुरहरुले काम गर्दै आएका छन्। कोही स्थानिय हुन भने कोही मधेस तथा छिमेकी देशबाट समेत आएका मजदुरहरु रहेका छन्।

घरको वरीपरि, होटल, बगैंचा, सडक पेटी, खेल मैदानहरुमा प्रयोग हुने यो दुबो भएकाले बर्षातको समयमा खासै काम नहुने उनले बताए। अर्यालले २ विगाहा १० कठ्ठा जग्गा भाडामा लिएर दुबोको खेती गरेको हो।

उनले भने, “बिगतमा तरकारी खेती गर्दै आएको थिए। त्यसको बिकल्पको रुपमा दुबो खेती गरेको हुँ।” उनको थप भनाई थियो “यो व्यवसाय नयाँ भएकाले कस्तो हुन्छ भनेर गरेको हुँ। अहिले राम्रौ छ।”

सबैले बुझ्ने भाषामा चाइनिज दुबो भनियतापनि उनले बारीमा अहिले मेक्सीकन, बर्मुडा र जर्मन जातका दुबोहरु लगाउँदै आएको बताए। भारत गएर यी दुबोको बारेमा बुझेर आएर यहाँ व्यवसायीक रुपमा खेती गर्न थालेको भन्दै उनले भने “बुटवलमा आफन्तले पनि यही व्यवसाय गर्दै आउनुभएको छ। यस काम गर्ने देन उहाँमा पनि जान्छ। उहाँकै सल्लाहामा दुबो लगाएको हो।”

दुबो तयार गर्नका लागि झार नभएको मलिलो माटो आबश्यक पर्ने उनले बताए। यसको लागि आवश्यक पर्नेे बीउ भारतबाट र कतिपय बीउको व्यवस्था आँफै पनि गर्ने गरेको अर्यालको भनाई छ।

संस्था तथा व्यक्तिसँगको सम्पर्कका कारण यसको बजारीकरण हुने भन्दै उनले अहिले चितवन सहित पोखरा, स्याङ्जा, धनगढी लगाएतका जिल्लामा दुबो पठाउँदै आएको बताए।

“भरतपुर भ्रमण वर्ष उद्घाटन भएको स्थान नारायणी किनारमा पनि दुबो हामिलै लगाएको हो। र अहिले पूल्चोक गोन्द्राङ सडक किनारामा पनि लगाउने कुरा भईरहेको छ।” उनले प्रचार शैलीमा भने।

दुई दशमबल पाँच बाई चार वर्ग फिटको एक पिसलाई होलसेल मूल्य ३५० र खुद्रा मूल्य ४ सयमा बेच्दै आएको उनले बताए। अहिले यही दुबोको कमाईले दुई वटा छोराछोरी र घर परिवार राम्रोसँग चलेको उनले सुनाए। अर्यालले भने “बिदेश जाने योजना थियो तर यही केही गरौ भनेर लागियो।”

बाहै महिना बारीमा खटिनुपर्ने र तयार भएको दुबो कहिलेकाही बिक्रि गर्न समस्या हुने भन्दै उनले हरेक पेसामा रहेको समस्या समाधान गर्दै अघि वढ्न सके यही केही गर्न सकीने बताए।

यसै प्रकारको व्यवसाय वा खेती कसैले गर्न चाहान्छ भने बुझेर मात्र गर्न र यसको बजार सिमित रहेको उनको भनाई थियो।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे शुक्रबार, साउन २२, २०८३
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस् 
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्  बुधबार, साउन २०, २०८३
काठमाडौं युथ कन्क्लेभ : युवालाई स्वदेशमै अवसर 
काठमाडौं युथ कन्क्लेभ : युवालाई स्वदेशमै अवसर  सोमबार, साउन १८, २०८३
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा बुधबार, साउन १३, २०८३
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित सोमबार, साउन ११, २०८३
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री मंगलबार, साउन ५, २०८३
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता बिहीबार, असार ३२, २०८३
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार सोमबार, असार २९, २०८३
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन शुक्रबार, असार २६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ४ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ५ इतिहासमै पहिलो खेलकुद प्रदर्शनी 
विचार
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्