Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • पर्यटकलाई परम्परागत पोशाकमा सजिएर स्वागत
पर्यटकलाई परम्परागत पोशाकमा सजिएर स्वागत
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, चैत १२, २०८०

गण्डकी । प्राग ऐतिहासिककालको झल्को दिने खालका ठूलाठूला ढुङ्गा, गाउँको शिर माझथुममा परम्परागत ढिकी जाँतो र पर्खालका अवशेषलगायत कारण मादी गाउँपालिका-५ स्थित ठूलास्वाराको छुट्टै पहिचान स्थापित हुँदै गएको छ।

ठूलो सङ्ख्यामा गुरुङ समुदायको बसोबास रहेको यस गाउँमा अन्य जातजातिका मानिस प्राचीनकालदेखि आपसी सद्भाव र एकता कायम गर्दै बसिरहेका छन्।

पर्यटकीय राजधानी पोखराबाट नजिकै रहेको प्रकृति र संस्कृतिले सम्पन्न यो गाउँ तत्कालीन बेलायती राजकुमार चाल्र्सले पदयात्रा गरेको रोयल ट्रेक क्षेत्रमा पर्ने भएकाले यसलाई पदयात्रा पर्यटनसँग जोड्दै विकास गर्ने योजना बनाइएको छ।

बेलायती राजकुमार चाल्र्स सन् १९८० डिसेम्बरमा पदयात्रा गर्दा ठूलोस्वारा नजिकैको चिन्तेको डाँडा हुँदै पदयात्रा गरेकाले यहाँका स्थानीय सोही बेलादेखि पदयात्रा पर्यटनसँग परिचित छन्।

गण्डकी प्रदेशभित्रका विभिन्न पदमार्गमध्येको एक महत्वपूर्ण मार्गका रुपमा ‘रोयल ट्रेक’ रहेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका पूर्वअध्यक्ष एवम् नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी सदस्य टीकाराम सापकोटाले बताए।

राजकुमार चाल्सले पदयात्रा गरेसँगै यस पदमार्गले रोयल ट्रेकका रुपमा चासो र चर्चा कमाएको उनको भनाइ छ। सडक विस्तारका क्रममा राजकुमार चाल्र्स हिँडेको पदमार्ग ठाउँ-ठाउँमा प्रभावित भएका अवस्थामा यसको महत्वलाई जीवन्त राख्नका लागि उनी हिँडेको बाटोसँगै आसपासका केही वैकल्पिक मार्ग समेतलाई समेटेर रोयल ट्रेकलाई जीवन्त राख्न खोजिएको उनले बताए।

रोयल ट्रेकसँगै गण्डकी प्रदेशमा विश्वकै १० उत्कृष्ट पदमार्गमध्येको अन्नपूर्ण चक्रीय, धवलागिरि, मर्दी र सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) चर्चित पदमार्ग छन्। तल्कालीन समयमा युवराज चाल्र्सले विजयपुरस्थित चाँपको चौरबाट पदयात्रा थालेको थियो।

उनी पहिलो दिन विजयपुरमाथिको चिन्तेको डाँडामा पुगी रात बिताएको थियो। दोस्रो दिन उनले कालिका, सौरे, लिपयानी, राम्चे, हुँदै स्याक्लुङको डाँडामा पुगी दोस्रो रात बिताएको थियो। तेस्रो दिन रुपाकोटको चिसापानीमा बास बसेका चाल्र्स बेगनास तालको जङ्गलमा चौँथोे रात बिताएर काठमाडौँ फर्किको उल्लेख छ।

युवराज चाल्र्सले पदयात्रा गरेको ‘रोयल ट्रेक’को गरिमा र महत्वलाई जोगाउनका लागि आसपासका ठूलास्वारा लगायतका गाउँलाई समेट्दै मार्ग निर्माणको पहल गरिएको सापकोटाको भनाइ छ।

उनका अनुसार रोयल ट्रेककै रुपमा पोखराको कसेरीबाट थामल्हाम्जा, ठूलास्वारा, चितेपानी, देउमाडी हुँदै ठूलाकोटसम्म एक दिने पदयात्रा मार्गका रुपमा अघि बढाइएको छ।

दोस्रो दिन ठूलाकोटबाट स्याक्लुङ, तेस्रो दिन स्याक्लुङबाट चिसापानी र चौँथो दिन चिसापानीबाट बेगनासाताल हुँदै पोखरा फर्कने गरी पदयात्रा मार्ग तय गरिएको सापकोटाले जानकारी दिए।

यस पदमार्गलाई बेगनास चिसापानीबाट स्याक्लुङहुँदै ठूलाकोट, भैँसे, थाक, पार्चे हुँदै सिक्लेस जोडेर लम्ब्याउन पनि सकिने उनको भनाइ छ। रोयल ट्रेकअन्तर्गतका गाउँमा पछिल्लो समयमा पदयात्रालाई घरवाससँग जोड्दै पर्यटकीय विकास बढाउन स्थानीयवासीले पनि पहल थालेका छन्।

स्थानीयवासीको जागरुकतासँगै पदमार्ग क्षेत्रस्थित मादी गाउँपालिका-५ ठूलास्वारामा दुई वर्षदेखि घरवास (होमस्टे) सञ्चालनमा ल्याइएको मादी गाउँपालिका होमस्टे महासङ्घका अध्यक्ष भीम गुरुङले बताए।

“यहाँका पाँचवटा घरमा होमस्टे सञ्चालनमा ल्याइएको छ”, उनले भने, “पोखराबाट छोटो दुरीमा रहेको यस ठाउँमा हामीले प्रत्येक दिन ४० जनासम्म पर्यटक राख्न सक्नेगरी पूर्वाधार विकास गरेका छौं।” पर्यटकका साथै विभिन्न सङ्घ संस्थाका कार्यक्रम, तालिमलगायत सञ्चालन गर्नका लागि ठूलास्वारा तमु समाजको सक्रियतामा सामुदायिक भवन समेत निर्माण गरिसकिएको छ।

गाउँको ऐतिहासिकता झल्काउने प्राग ऐतिहासिक कालदेखि नै रहेको अनुमान गरिने ठूलाठूला ढुङ्गाहरू, माझथुमा डाँडामा रहेका ढिकी, जाँतो, प्राचीन पर्खाल आदिका अवशेषका कारण यस ठाउँको पुरातात्विक महत्व रहेको गुरुङको भनाइ छ।

बाइसे चौबिसे राजाका पालामा रहेको घोडा लुकाउने ठाउँ, राजाहरू बस्ने बस्ने रानी ओढार आदिलाई पनि पर्यटनसँग जोड्ने आँफूहरूको लक्ष्य रहेको उनले बताए। घरवासमा आएका पर्यटकलाई स्थानीयवासीले परम्परागत पोशाकमा सजिएर स्वागत गर्ने गर्दछन्।

घरवासमा पुगिसकेपछि चियासँगै स्थानीय उत्पादन मकै, भट्टलगायत स्थानीय परिकारका स्वाद लिने पर्यटकले बेलुका प्राङ्गारिक उत्पादनकै खाना खान पाउँछन्।

बेलुकी स्थानीय ठूलास्वारा आमा समूहको सांस्कृतिक प्रस्तुति पनि अवलोकन गर्न पाइन्छ। घरवासहरूमा पर्यटकलाई सुत्नका लागि चटक्क मिलाइएको सफा विस्ताराको व्यवस्था गरिएको छ।

घरवासमा आएका पर्यटकलाई यथासक्य स्थानीय उत्पादन खुवाउन प्रयास गरिनु यहाँको विशिष्टता हो। यहाँको घरवासमा गाउँमा नै उत्पादन भएका कृषिजन्य वस्तुको खपत भइरहेको चितेपानी देउराली आमा समूहका अध्यक्ष सावित्री सापकोटाले जानकारी दिए।

ठूलास्वाराको पर्यटकीय सम्भावनालाई उजागर गर्न गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशले प्राथमिकतामा राखेको भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले बताए।

“गाउँको पर्यटन प्रवर्द्धनका लागि हामीले हालै पर्यटनसम्बद्ध सङ्घ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी सहितको गाउँ परिचयात्मक भ्रमण सम्पन्न गरेका छौँ”, उनले भने, “पर्यटकीयन राजधानी पोखरा नजिकै रहेको ठूलास्वारा पर्यटकीय दृष्टिबाट धेरै सम्भावना बोकेको स्थान हो।”

ठूलास्वारालाई पर्यटनसँग जोड्न सकिने धेरै सम्भावना रहेको बताउने मादी गाउँपालिकाका अध्यक्ष देवीजङग गुरुङले प्रकृति र संस्कृतिको उपयोगसँगै स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने बताए। ठूलास्वाराको पर्यटकीय विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेकोे उनको भनाइ छ।

ठूलास्वारालाई पोखराबाट एक दिने हाइकिङको गन्तव्यका रुपमा पनि विकास गर्न सकिने देखिएको हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण रानाभाटले बताए।

यस क्षेत्रलाई हाइकिङको गन्तव्यका रुपमा विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको आगमन थप बढ्ने उनको भनाइ छ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  २२:२१
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ५ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्