Top Navigation
  • Contact
Main Navigation
मंगलबार, भदौ ३०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, भदौ ३०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • महिनावारी भएको वेला दहिदुध खानुहुन्न भन्नु गलत
महिनावारी भएको वेला दहिदुध खानुहुन्न भन्नु गलत
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, चैत २१, २०८०
Bajhang.

टेकेन्द्र बोहरा, बझाङ ।

बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिका-७ किमुगडाकी सान्तिदेवी थापा गाउँकी स्वास्थ्य स्वयम सेविका हुन् । पेसाले स्वास्थ्य स्वयम सेविका भएकाले गाउँगाउँमा पुगेर महिनावारी सुरक्षित मातृत्व लगाएत महिला दिदीवहिनीहरुलाई स्वास्थ्य शिक्षाको वारेमा जनचेतना फैलाउनु उनको काम हो।

"म स्वयमसेविका भएको हुँदा वेलावेलामा हाम्रो तालिम गोष्ठी हुन्छ, तालिम गोष्ठीमा जाँदा डाक्टरहरुले (छाउ ) महिनावारी भएको वेला घरभन्दा टाढा वस्नु हुदैन, पोषिलो खानेकुराहरु खानुपर्छ लगाएतका कुराहरु गाउगाउमा तपाईहरुले गएर सचेतना फैलाउनुपर्छ भन्थे तर पहिला पहिला घरका सदस्यहरुलाई त सम्झाउन वुझाउन गार्हाे हुन्थ्यो, समाजका मान्छेहरु त परै जावस् आफू महिनावारी (छाउ) भएको वेला दहि दुध खानुपर्छ घरमै वस्नुपर्छ भन्दा घरका सदस्यहरुले अप्ठ्यारो मान्ने र रिसाउने गर्थे।" स्वास्थ्य स्वयम सेविका थापाले वताइन्।

आफू महिनावारी भएको वेला घरका अन्य सदस्यहरु र समाजले दही दुध खानदिन मान्दैनथे, गाई भैसीलाई काटेको घाँस दुई तिन दिनपछि मात्र दिने गरेका थिए, घरभन्दा वाहिरै वस्नुपथ्र्यो अहिले गरिमा परियोजना लागू भएपछि आफू पनि परिवर्तन भएको र घरका सदस्य र गाउँका महिला दिदीवहिनीहरुलाई सम्झाउन वुझाउन ठूलो ठूलो भुमिका खेलेकोमा,गैरसरकारी संस्था ग्रिन तारा नेपाल, ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्रप्रति आभारी रहेको बताए।

bajhang -21712217432.jpg

महिनावारी र सुत्केरीको वेला हाम्रा वावु वाजेदेखी घर भन्दा वाहिर वस्नुपर्छ दहि दुध खानु हुदैन गाँईभैसीलाई घाँस  दिनुहुदैन भन्ने चलिआएको चलन हामीले पनि जानी नजानी त्यही चलन अपनार्यौ हामीले अपनाइएको पुरानो परम्पराले हाम्रो स्वास्थ्यमा खरावी ल्याउँछ भने त्यो चलनलाई हामीले त्याग्नुपर्छ पुरानो कुरीती कुसस्कार यही रुपमा रहँदैन परिवर्तन भइरहेको छ, परियोजना लागू भएपछि धेरै परिवर्तन भएको स्थानिय लागादेवताका धामी भिमवहादुर थापाले बताए।

थापाले भने "महिनावारी भएको वेला दहि दुध खानुहुन्न भन्ने कुरा त गलत रहेछ हाम्री छोरी वुहारीहरु महिनावारी हुनु भनेको सृष्टी कर्ता हुन् तयार रहेको मानिदो रहेछ, हामीले जानी नजानी गल्ती गरेका रहेछौ, अहिले आँखा खुल्यो हामीले नजानेरै कति गलत काम गरेका रहेछौ।"

यो परियोजना लागू भएपछि परियोजनाको पहलमा हाम्रो गाउँठाउँका देवताका धामीहरुलाई एकिकृत गरी वेलावेलामा सुरक्षित महिनारी भनेको केहो प्रजनन् शिक्षा भनेको केहो र यो कसरी हुन्छ वाहिर राख्दा हुनसक्ने सम्भावित दुर्घटनाहरु फाईदा वेफाईदा वारे संस्थाले वेलावेलामा तालिम समेत दिएको र यसवारे आफू जानकार रहेको र कुसंस्कार हटाउन आफू पनि सधै तयार रहेको बताए।

यो परियोजना लागू भएपछि हाम्रो गाउठाउमा वर्षैदेखि जरो गाडीरहेको अन्धविश्वास तोड्न ठूलो भुमिका रहेको र गरीमा परियोजनाले असुरक्षित महिनावारी प्रजनन् शिक्षा लगाएत नारी दिवस लगाएतका कार्यक्रमहरुमा सहयोग गर्दै आएको भए ता पनि यो परियोजनालाई थप गरी गाउका महिला दिदीवहिनीलाई सिपमूलक कार्यक्रम ल्याई आत्मनिर्भर बनाउन पहल गरे यो कार्यक्रम थप प्रभावकारी वन्ने स्थानिय सुर्मा खड्काले बताईन्।

दुई वर्ष पहिलेदेखि नै खप्तडछान्ना गाँउपालिकामा यो परियोजना लागू भएको र यसले समुदाय स्तरमा व्यवस्थित महिनवारी बनाउन प्रजनन शिक्षा दिन यो परियोजना लागू भएको र यो परियोजना लागू भएपछि महिलाहरुको सम्पूर्ण विकासमा पहल भै रहेको र समाजमा रहेको कुसंस्कार कुरीती हटाउन धामी-पूजारी प्रशिक्षित गरेको परियोजना फिल्ड व्यवस्थापक विक्रम जोशीले बताए।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  २१:२६
प्रतिक्रिया दिनुहोस्
थप समाज
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु बुधबार, भदौ १७, २०८३
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण मंगलबार, भदौ १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः २ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ३ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः ४ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ५ नामी साप्ताहिक
विचार
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  NamiNews- नामीन्यूज
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्