Top Navigation
  • Contact
Main Navigation
शनिबार, असार १३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
शनिबार, असार १३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
Multimedia
  • Home
  • Multimedia
  • छुक्छुके रेल संरक्षणको पर्खाइमा
छुक्छुके रेल संरक्षणको पर्खाइमा A train waiting for protection
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, जेठ २१, २०८१

गोदार, धनुषा । भारतीय सहयोगमै भए पनि जनकपुरमा नौ दशक अघि नै रेल सञ्चालन भइसकेको थियो।

कोइला बालेर उत्पन्न हुने तापबाट सञ्चालन हुने त्यसबेलाको रेलको इञ्जिन र बोगीहरु थन्क्याएर यतिबेला आधुनिक उपकरण जडित रेल चलाइँदैछ ।

तत्कालिन समयमा भारतमा शासन गरिरहेको अंग्रेज र नेपालको राणा शासकबीच नेपालबाट भारतका लागि सखुवाको काठ ढुवानी गर्न सञ्चालन गरिएको उक्त रेल पछि यात्रु ओसार्न प्रयोग हुनथाल्यो ।

सुरुमा कोइलाबाट चल्ने रेललाई समयानुकुल डिजेल इञ्जिनमा रुपान्तरण गरियो तर न्यारोगेजमै । करिब आठ वर्ष सेवा बन्द गरी ब्रोडगेजमा रेल चल्न थालेको पनि दुई वर्ष बितिसक्यो ।

नेपालमा चलेको त्यो जमानाको रेलको चर्चा हुँदा भारतको दार्जिलिङ्गमा अहिले पनि चलिरहेको छुक्छुके रेल सम्झनामा आउँछ। खासगरी त्यो रेल यात्रु ओसार्न प्रयोग वा मालवाहक नभए पनि पर्यटकलाई लोभ्याउन सञ्चालनमा राखिएको हो ।

उक्त रेलको इञ्जिन मुनि बलिरहेको कोइला र हावामा उडिरहेको धुवाँको मुस्लो हेर्दा धनुषाको खजुरीमा थन्क्याएर राखिएको ९० वर्ष पुरानो रेललाई यसैगरी किन नचलाइएको होला भनि मनमा प्रश्न आउँछ ।

अत्याधुनिक सेवा सुविधासहितको नेपाल रेल्वे सेवा यतिबेला भंगहा-जनकपुरधाम–जयनगर सञ्चानलमा छ। नेपालको एकमात्र रेल सेवा दोश्रो फेजमा न्यारोगेजबाट ब्रोडगेजमा परिणत भई सुचारु भएको अवस्थामा छ ।

तर, तत्कालिन समयमा जयनगर-जनकपुरधाम-बिजलपुरासम्म कोइलाको तापबाट चल्ने निकै दुर्लभ मानिएको बहुमूल्य स्टिम इन्जिनहरु भने अलपत्र छ । कोइलाबाट चल्ने यी रेललाई छुक्छुके रेल भनिन्थ्यो ।

विश्वका अन्यदेशहरुमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न यस्ता ऐतिहासिक वस्तुहरुलाई जोगाउन सरकार अग्रसर भइरहेका हुन्छन्। 

दार्जिलिङ्गको त्यो कोइला रेल पनि यसकै उदाहरण हो । त्यहाँ अहिले पनि कोइलाबाट चल्ने इञ्जिन टोइ टे«न नामक रेल सेवा सञ्चालन गरेर आन्तरिक तथा बाह्य पर्यटकहरुबाट राम्रै आम्दानी गरिरहेको बुझ्न सकिन्छ ।

नेपालमा भने लामो इतिहास बोकेका कोइलाबाट चल्ने इन्जिनहरु संरक्षणको अभावमा माटोमा बिलिन हुँदै गएको छ ।

इन्जिनहरु खुल्ला आकाशमुनि माटोले खाएर बिग्रिने मात्रै होइन । दिनदिनै बहुमूल्य पार्टपुर्जाहरु चोरी पनिभइरहेको छ। यसको संरक्षण र सम्बद्र्धन गर्न न स्थानीयतह न त प्रदेश र संघीय सरकारको चासो देखिन्छ ।

जनकनन्दनी गाउँपालिका-४ स्थित खजुरीमा अलपत्र अवस्थामा रहेको ती इञ्जिनहरुसँगै कारखाना पनि खण्डहरमा परिणत हुँदै गएको छ। यहाँ रेलको कारखाना क्षेत्र भरीलाई घेराबेरा गर्न केही निर्माण कार्यको थालनी गरिएको देखिन्छ। त्यो पनि अधुरै छ।

पर्यटकको आकर्षण समेत रहेको ऐतिहासिक रेलका त्यो सीता-राम, गोरखनाथ, पशुपति, महावीर, चन्द्र, गुहेश्वरी नामकरण गरिएको ईञ्जिन र बोगीहरुमा खिया लागेर माटोमा विलिन हुँदै गएको छ ।

वि.सं.१९९४ सालमा तत्कालीन बेलायती शासकले महोत्तरी जंगलबाट सालको गोलिया काठ ओसार्न रेल सञ्चालन गरेको थियो। रेल महोत्तरीको बिजुलपुराबाट भारतको जयनगर ५२ किलोमिटर सञ्चालनमा रहेको थियो । केही वर्षपछि जनकपुर जयनगर मात्रै चल्न थालेको थियो।

सरोकारवालाको बेवास्ताका कारण खजुरीमा रहेको रेलको मुख्य कारखाना खण्डहरमा र इन्जिनहरु खिया लागेर माटोमा विलिन भइरहेको जनकनन्दनी गाउँपालिका-३, उदहाका विनोद मण्डल बताउँछन् ।

उनी भन्छन्, 'रेलका पुराना इन्जिनहरुलाई संग्रहालय बनाएर राखियो भने यो ठाउँ पर्यटकको लागि आकर्षणको केन्द्रमा परिणत हुन्छ नै साथै यी बहुमूल्य वस्तुको संरक्षण पनि हुने थियो ।'

चार सिलिन्डरको कोइलाबाट चल्ने रेलका इन्जिनहरु विश्वमा अन्य कहीँ भेटिन्न। नेपालमा मात्र उपलब्ध रहेकोले पनि यी दुलर्भ चिजलाई संरक्षण गर्नुपर्ने मण्डलको भनाई छ ।

‘ऐतिहासिक सम्पदा ध्वस्त भइरहेको छ । यसलाई संरक्षण गर्नुपर्ने हो, जनकनन्दनी गाउँपालिका-४ खजुरीका ललित कामत बताउँछन्। स्टिम इन्जिन भएका रेलका यी इन्जिनहरु नेपालको पुरानो र धरोहर नै छ । जुन अहिले कवाडाको हिसाबमा राखिएको छ, उनी भन्छन्, 'यसलाई म्युजियम बनाएर राख्नुपर्ने हो । यसलाई संरक्षण गर्न स्थानीय, प्रदेश र संघ सरकारलाई पटक पटक हामीले ध्यानाकर्षण नै गरायौँ । तर यस विषयमा कोही गम्भिर छैनन् ।’

कामतले उक्त बहुमुल्यर ऐतिहासिक चिज आउने सन्ततिको लागि पनि राम्रो हुने बताए । चालु आर्थिक वर्षमै तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले खजुरीमा रहेको सो कारखानालाई स्थलगत निरिक्षण गरी संग्रहालय बनाउन पहल गरेको थियो। तर हालसम्म सो कार्य सुरु हुन सकेको छैन ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झा भन्छन्, ‘बजेटको अभावका कारण खजुरीस्थित उक्त कारखानालाई संग्राहलय बनाउन ढिलाई भएको हो ।’ ऐतिहासिक ती रेलका इन्जिनहरुको संरक्षण गर्न आफूले पनि व्यापक प्रयास गरिरहेको महाप्रबन्धकझाले बताए।

‘हामीले रेल सञ्चालनको काम मात्रै गर्छौ । निर्माणको कार्य रेल विभागले हेर्ने हो । यद्यपि हामीले खजुरीमा रेल संग्रहालय बनाउन प्रत्येक आर्थिक वर्षमा लिखित रुपमै आग्रह गर्ने गरेको छु, उनले भने, अर्थ मन्त्रालयबाट बजेट प्राप्त नभएपछि पुराना रेलका इन्जिनहरुमा खिया लाग्दैछ ।’

ऐतिहासिक रेलको कारखानालाई संग्रहालय बनाएर पुराना स्टिम इन्जिनहरुलाई संरक्षण गर्न गाउँपालिकाले डिपिआर गरेर रेल्वेलाई दिए पनि हालसम्म उक्त निर्माण कार्य सुरु नहुँदा जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादव चिन्तित छन्।

उनी भन्छन्, ‘सिमित स्रोेत साधन भएको हाम्रो पालिकाले संग्रहालय बनाउनको निम्ति डिपिआर बनाएर दिएँ । टेण्डर पनि आह्वान भयो तर, निर्माण कार्य सुरु भएको छैन, उनले भने, रेल्वे संघ सरकारको मातहतमा रहेकोले यसमा उहाँहरु गम्भिर हुनुपर्ने हो।’

उनले यहाँ रेल्वेको १० विघा भन्दा बढी जग्गा रहेको बताए । अध्यक्ष यादवले त्यो जग्गालाई सदुपयोग गरेर रेल्वेको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन पनि गर्न सकिने बताए ।

जनकनन्दनी गाउँपालिकाले आर्थिक वर्ष ०७७/०७८ मा संग्रहालय निर्माणको लागि गरिदिएको डिपिआर बमोजिम टेण्डर आह्वान भएपनि सो को निर्माण कार्य अझै सुरु हुन सकेको छैन् ।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १८:३५
##chhukchhukerail #
प्रतिक्रिया दिनुहोस्
थप Multimedia
प्रश्नको जवाफ र स्पष्टीकरण दिँदै मन्त्री महावीर पुन
प्रश्नको जवाफ र स्पष्टीकरण दिँदै मन्त्री महावीर पुन शुक्रबार, असार ५, २०८३
कांग्रेस लास र दासको पार्टी होइन, त्यै हिम्मतमा त्यै नैतिक धरातलमा उभिएर आज बोल्न सकिरहेका छौं ।
कांग्रेस लास र दासको पार्टी होइन, त्यै हिम्मतमा त्यै नैतिक धरातलमा उभिएर आज बोल्न सकिरहेका छौं । बिहीबार, जेठ २८, २०८३
प्रधानमन्त्री बालेन्द्र शाहको राष्ट्रघाती अभिव्यक्ति
प्रधानमन्त्री बालेन्द्र शाहको राष्ट्रघाती अभिव्यक्ति आइतबार, जेठ १७, २०८३
बुढानिलकण्ठमा दर्शनार्थीको ओइरो
बुढानिलकण्ठमा दर्शनार्थीको ओइरो सोमबार, जेठ ११, २०८३
आफ्नो बिहेमा अरुलाई बेहुला पठाएर हुँदैन : हर्कराज साम्पाङ राई
आफ्नो बिहेमा अरुलाई बेहुला पठाएर हुँदैन : हर्कराज साम्पाङ राई बिहीबार, वैशाख ३१, २०८३
जनताको उत्तरदायित्व संसदबाट खोजिन्छ, रत्नपार्कबाट होइन
जनताको उत्तरदायित्व संसदबाट खोजिन्छ, रत्नपार्कबाट होइन बुधबार, वैशाख ३०, २०८३
मन्त्रीपरिषद बैठकले गरेको निर्णयहरु
मन्त्रीपरिषद बैठकले गरेको निर्णयहरु सोमबार, वैशाख १४, २०८३
मन्त्रीपरिषद् बैठकको निर्णयहरु
मन्त्रीपरिषद् बैठकको निर्णयहरु आइतबार, चैत २२, २०८२
रास्वपाको सांसद अभिमुखीकरण कार्यक्रममा स्वर्णिम वाग्लेको भनाई
रास्वपाको सांसद अभिमुखीकरण कार्यक्रममा स्वर्णिम वाग्लेको भनाई मंगलबार, चैत ३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
  • नंः २ पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
  • नंः ३ पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
  • नंः ४ कटारी नगरपालिकाको बजेट सार्वजनिक
  • नंः ५ उदयपुरगढी गाउँपालिकाको ६४ करोड ७७ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्