Top Navigation
  • Contact
Main Navigation
शनिबार, कात्तिक १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, कात्तिक १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • 'नामी' साप्ताहिकको १२ वर्षे यात्रा
'नामी' साप्ताहिकको १२ वर्षे यात्रा बाह्र वर्षको अनुभव, तेह्रौँ वर्षको दृढ संकल्प !
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, कात्तिक १४, २०८३

सञ्चार मिडिया ग्रुपद्वारा प्रकाशित 'नामी' साप्ताहिकले वि.सं. २०७१ साल असोज ३१ गतेदेखि आफ्नो प्रकाशन यात्रा आरम्भ गरेको हो । समयको प्रवाहसँगै अनेकौँ चुनौती, अनुभव र सम्भावनालाई आत्मसात् गर्दै 'नामी' साप्ताहिक १२ वर्षको यात्रा पूरा गरी १३औँ वर्षमा प्रवेश गरेको छ ।

यो केवल 'नामी' साप्ताहिकले वर्षगाँठ मनाएको अवसर होइन, पत्रकारितालाई मानवीय संवेदना, सकारात्मक सोच र प्रतिभाको सम्मानसँग जोड्ने हाम्रो यात्राको स्मरणीय उत्सव पनि हो । हाम्रो स्पष्ट विश्वास छ, पत्रकारिता समाजको ऐना मात्र होइन, समाजमा आशा जगाउने उज्यालो पनि बन्नुपर्छ। सत्यको खोजी गर्नु, जनताको आवाज उठाउनु, अन्याय र विकृतिविरुद्ध कलम चलाउनु पत्रकारिताको आधारभूत दायित्व हो ।

तर यही दायित्व निर्वाह गर्ने क्रममा मानिसको मानमर्दन गर्नु, कसैको प्रतिष्ठालाई अनावश्यक रूपमा चोट पुर्‍याउनु वा कसैलाई होच्याएर आफू ठूलो देखिन खोज्नु पत्रकारिताको अभीष्ट हुन सक्दैन । 'नामी' साप्ताहिकको सोच, खोज र उद्देश्य यही मानवीय विश्वासमा आधारित छ-कसैलाई खुइल्याएर होइन, उसभित्र लुकेको प्रतिभा उजागर गरेर समाजमा खुसी बाँड्ने ।

हामीले पत्रकारिताको यात्रामा एउटा फरक बाटो रोज्ने प्रयास गरेका छौँ । त्यो बाटो हो-‘ह्याप्पी जर्नालिज्म’, अर्थात् खुसी पत्रकारिता । खुसी पत्रकारिता भन्नुको अर्थ समस्यालाई नदेख्नु, कमजोरीलाई लुकाउनु, गलत काममाथि प्रश्न नउठाउनु वा सत्यलाई बेवास्ता गर्नु होइन ।

यसको अर्थ सत्य बोल्दा पनि मानवीय मर्यादा कायम राख्नु, आलोचना गर्दा पनि सुधारको सम्भावनालाई जीवित राख्नु र समाचार प्रस्तुत गर्दा पनि समाजमा आशा, आत्मविश्वास तथा सकारात्मक ऊर्जा प्रवाह गर्नु हो ।

हाम्रो समाजमा अनेकौँ प्रतिभा छन् । कोही वर्षौँदेखि चुपचाप समाजसेवामा समर्पित छन् । कोही आफ्नो कला र सीपमार्फत मौलिक संस्कृति जोगाइरहेका छन् । कोही राजनीति, शिक्षा, स्वास्थ्य, उद्यम, साहित्य, पत्रकारिता, खेलकुद वा सामाजिक अभियानमार्फत समाज परिवर्तनका लागि योगदान दिइरहेका छन्।

कतिपय व्यक्तिका उपलब्धि उनीहरूकै सीमित घेराभित्र हराइरहेका छन् । उनीहरूको परिश्रमले चर्चा पाउन सकेको छैन, उनीहरूको प्रतिभाले उचित पहिचान पाउन सकेको छैन र उनीहरूको योगदानले समाजबाट अपेक्षित सम्मान पाउन सकेको छैन ।

हामी त्यही मौन प्रतिभाको खोजीमा छौँ। हामी त्यही नदेखिएको योगदानलाई जनसमक्ष ल्याउन चाहन्छौँ। हामी त्यस्ता व्यक्तिका कथा लेख्न चाहन्छौँ, जसले ठूलो प्रचारबिना समाजका लागि सानो–सानो तर महत्त्वपूर्ण काम गरिरहेका छन्। किनकि हरेक प्रेरणादायी कथा कुनै ठूलो पद, प्रतिष्ठा वा सम्पत्तिबाट मात्र जन्मिँदैन।

कहिलेकाहीँ एउटा साधारण मानिसको असाधारण कर्मले समाजलाई सबैभन्दा ठूलो सन्देश दिइरहेको हुन्छ। हाम्रो खोजको केन्द्रमा मानिस छ, हाम्रो समाचारको मुटुमा उसको कर्म छ र हाम्रो पत्रकारिताको उद्देश्यमा उसको सम्मान छ ।

कसैको जीवनमा उसले गरेको राम्रो कामको चर्चा पुग्नु, उसको परिवारले उसको योगदानप्रति गर्व गर्न पाउनु, समाजले उसको कर्मबाट प्रेरणा लिनु र नयाँ पुस्ताले उसको यात्राबाट केही सिक्न सक्नु-यही हाम्रो पत्रकारिताको वास्तविक खुसी हो ।

कसैको प्रतिभा सार्वजनिक हुँदा उसको आत्मविश्वास बढ्छ। कसैको सामाजिक योगदानको चर्चा हुँदा उसलाई अझ राम्रो काम गर्न प्रेरणा मिल्छ। कसैको सङ्घर्ष र सफलताको कथा पढ्दा अर्को व्यक्तिले पनि निराशाबीच आशाको बाटो भेट्न सक्छ । यसरी एउटा सकारात्मक समाचारले एउटा व्यक्तिलाई मात्र होइन, परिवार, समुदाय र सिङ्गो समाजलाई प्रभावित गर्न सक्छ। हामी पत्रकारिताको यही रूपलाई बलियो बनाउन चाहन्छौँ ।

'नामी' साप्ताहिकको १२ वर्षे यात्रामा हामीले यही सोचलाई आफ्नो पहिचान बनाउने प्रयास गरेका छौँ। यस यात्रामा हाम्रा पाठक, लेखक, समाचारदाता, विज्ञापनदाता, वितरक, शुभेच्छुक तथा सहयात्रीहरूको साथ र विश्वास हाम्रा लागि अमूल्य पुँजी बनेको छ। उहाँहरूकै सहयोगले हामीले हरेक शुक्रबार पाठकसामु पुग्ने आफ्नो जिम्मेवारीलाई निरन्तरता दिन सकेका छौँ। यस अवसरमा हामी सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।

हामीलाई थाहा छ, पत्रकारिताको यात्रा सधैँ सहज हुँदैन । आर्थिक चुनौती हुन्छन्, समयको दबाब हुन्छ, समाचारको विश्वसनीयता कायम राख्नुपर्ने जिम्मेवारी हुन्छ र बदलिँदो सञ्चार प्रविधिसँगै पाठकको अपेक्षा पनि परिवर्तन भइरहन्छ। यस्ता चुनौतीबीच आफ्नो मूल उद्देश्यबाट विचलित नभई अघि बढ्नु नै हाम्रो आगामी यात्राको परीक्षा हुनेछ ।

तेह्रौँ वर्षमा प्रवेश गर्दै गर्दा हामी आफूलाई अझ जिम्मेवार, संवेदनशील र विश्वसनीय बनाउने संकल्प गर्दछौँ। सकारात्मक समाचारसँगै समाजका वास्तविक समस्या, जनताका आवाज, सार्वजनिक उत्तरदायित्व र सुधारका सम्भावनालाई पनि उत्तिकै महत्व दिनेछौँ । हाम्रो प्राथमिकता कुनै व्यक्तिको अनावश्यक प्रशंसा गर्नु होइन, उसको वास्तविक योगदानलाई तथ्य र प्रमाणका आधारमा उजागर गर्नु हो ।

हामी प्रशंसालाई पनि सत्यको सीमाभित्र राख्न चाहन्छौँ र आलोचनालाई पनि मर्यादाको घेराभित्र। किनकि खुसी पत्रकारिताको जग सत्य हो, यसको शक्ति संवेदना हो र यसको गन्तव्य समाजमा सकारात्मक परिवर्तन हो । १२ वर्षको सहयात्रा र १३औँ वर्षको नयाँ संकल्पसहित, खुसी पत्रकारिताको यो यात्रा निरन्तर जारी रहनेछ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  १५:१६
#Nami #namiweekly #naminews #namisaptahik
प्रतिक्रिया दिनुहोस्
थप विचार
'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता
'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता शनिबार, कात्तिक १४, २०८३
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शनिबार, असोज २४, २०८३
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा बिहीबार, असोज २२, २०८३
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? बुधबार, असोज २१, २०८३
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेकपाको राष्ट्रिय जागरण अभियानः तीन लक्ष्य, एउटै चुनौती
  • नंः २ प्रेसमाथि बालेनको प्रहारः नयाँ सत्ता, पुरानै दमन
  • नंः ३ थाइल्यान्डकी मिसेस वर्ल्ड स्यामी नेपालमा 
  • नंः ४ उदयपुरमा ठाउँ नपाएपछि इलाम पुगे गोविन्द केसी, चिकित्सा शिक्षा सुधारका लागि २५औँ सत्याग्रह
  • नंः ५ उदयपुरगढी पर्यटनको रोजाइको केन्द्र बन्दै 
विचार
'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता
'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता शारदा बजगाईँ
'नामी' साप्ताहिकको १२ वर्षे यात्रा
'नामी' साप्ताहिकको १२ वर्षे यात्रा NamiNews- नामीन्यूज
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्