Top Navigation
Main Navigation
शनिबार, असार २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असार २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • दश वर्षपछि नेपालकाे पुनरागमन
दश वर्षपछि नेपालकाे पुनरागमन विश्वकप क्रिकेट
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, जेठ २२, २०८१

काठमाडौँ । आइसिसी टी-२० विश्वकप क्रिकेटमा १० वर्षपछि पुनरागमन गरेको नेपालले आज नेदरल्याण्डसँग खेल्दै प्रतियोगताको उद्घाटन गर्दैछ ।

नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक टी-२० विश्वकप खेलेको थियो । काठमाडौँमा गत कात्तिकमा मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेटमैदानमा भएको एसिया छनोट खेलमा नेपालले संयुक्त अरब इरिरेट्स (युएई)लाई सेमिफाइनलमा पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो ।

नेपालले दोस्रो पटक टी-२० विश्वकपमा सहभागिता जनाउँदा नेदरल्याण्ड भने पाँचौँ पटक सहभागिता जनाउँदैछ।

नेपाल र नेदरल्याण्ड दुवै चिरपरिचित प्रतिद्वन्द्वी हुन् । तीन महिना अघि नेपालमा नै भएको त्रिदेशीय टी-२० शृङ्खलामा नेदरल्याण्डले दुई खेल जित्दा नेपालले एक खेलमा जित हासिल गरेको थियो ।

Nepal Oil Corporation

विश्वकप अन्तर्गत अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी रङ्गशालामा आज राति हुने उक्त खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रँदैछ ।

त्यसो त नेदरल्यान्ड पनि आफ्नो पहिलो खेलमा जित हासिल गर्दै आगामी यात्रालाई सहज बनाउने कोसिसमा रहनेछ ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले नेदरल्याण्डविरुद्धको खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

उनले अमेरिकाको हावापानी र त्यहाँको अवस्थासँग भिज्ने राम्रो असवर पाएको जनाउँदै पहिलो खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेको बताए । नेपाली टोलीले करिब एक महिनासम्म अमेरिकामा अभ्यास गरेको थियो ।

त्यसैगरी यस विश्वकप क्रिकेट प्रतियोगितामा सवैभन्दा कम उमेरमा कप्तानीको भूमिका निर्वाह गरेका २१ वर्षीय नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्डविरुद्धको खेलमा उत्कृष्ट क्रिकेट खेलेर देश र नेपाली फ्यानलाई गर्व गर्न सक्ने वातावरण तय गर्ने विश्वास व्यक्त गरे ।

यसैगरी यसपटकको विश्वकपमा नेपालका अर्का खेलाडी गुलशन झा सबैभन्दा कम उमेरमा विश्वकप खेल्ने खेलाडीको कीर्तिमानी बनाउने भएका छन् । उनी १८ वर्ष भएका छन् ।

विश्वकप खेल्ने तयारी अवस्थामा रहेका नेपाली क्रिकेट टोलीलाई उच्च मनोबलका साथ खेलमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना समेत प्रदान गरेको छ ।

अमेरिका र वेस्टइन्डिजमा चालु टी-२० विश्वकप क्रिकेटका विजेता टोलीले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउँदा उपविजेताले १२ लाख २८ हजार डलर पाउनेछन् ।

त्यस्तै विश्वकपमा सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही ७ लाख ८७ हजार डलर पाउनेछन् भने प्रतियोगितामा सहभागी सबै टोलीले २ लाख २५ हजार अमेरिकी डलर पाउनेछन् ।

विश्वकपमा नेपाल र नेदरल्यान्ड समूह ‘डी’मा रहेका छन् । नेपालको समूहमा टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्गलादेश छन् ।

नेपाल र नेदरल्याण्डबीचको खेल नेपाली समयानुसार आज राति ९ः३० हुनेछ ।

त्यस्तै समूह ‘डी’मा नै रहेको दक्षिण अफ्रिकाले श्रीलङ्कालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरिसकेको छ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १०:१९
##Cricket
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सर्वाधिक राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु  
सर्वाधिक राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु   मंगलबार, असार ३, २०८२
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा शनिबार, जेठ ११, २०८२
कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जकाे उपाधि शुक्रलाई 
कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जकाे उपाधि शुक्रलाई  शुक्रबार, जेठ १०, २०८२
सूर्य नेपाल च्यालेन्ज : शुक्रको अग्रता कायमै
सूर्य नेपाल च्यालेन्ज : शुक्रको अग्रता कायमै शुक्रबार, जेठ १०, २०८२
चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु
चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु मंगलबार, जेठ ७, २०८२
लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप
लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप सोमबार, वैशाख २२, २०८२
गोरखा ब्वाईज क्लबले चुमे 'युवा कप-२०२५ उपाधि'
गोरखा ब्वाईज क्लबले चुमे 'युवा कप-२०२५ उपाधि' बिहीबार, चैत १४, २०८१
पूजा र कविता एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा नियुक्त
पूजा र कविता एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा नियुक्त सोमबार, फागुन १९, २०८१
यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु
यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु बिहीबार, पुस ११, २०८१
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा
  • नंः २ तुलसीपुरको पातुखोला जीर्ण पुलमा श्रमदानबाट तटबन्ध निर्माण
  • नंः ३ वेलका नगरपालिकाद्वारा सम्मर राईलाई 'उत्कृष्ट प्रधानअध्यापक' सम्मान प्रदान
  • नंः ४ दिदीभाइको कथानकतामा गजबको गीत सार्वजनिक
  • नंः ५ उदयपुरकाे त्रियुगा नदीमा बेपत्ता युवाकाे शव फेला
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्