Top Navigation
Main Navigation
बिहीबार, फागुन २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, फागुन २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • अव महत्वपूर्ण गन्तव्य मिलेनियम ट्रेकमा समेटिँदै
अव महत्वपूर्ण गन्तव्य मिलेनियम ट्रेकमा समेटिँदै
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, असार ५, २०८१

गण्डकी । तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोड्ने मध्यपहाडी पदमार्ग मिलेनियम ट्रेकमा विभिन्न नयाँ गन्तव्य जोड्न पहल थालिएको छ ।

पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको अवस्थामा पर्यटकको बसाइँ लम्ब्याउन आसपासका गन्तव्यको प्रवर्द्धन र विकासका लागि पोखरा महानगरसँग जोडिएको यस पदमार्गलाई अन्य गन्तव्यसँग जोड्ने गरी मिलेनियम ट्रेक व्यवस्थापन समितिले सक्रियता बढाएको हो।

स्थापनाको २५औँ वर्ष लाग्दै गर्दा यस मार्ग क्षेत्रमा २५ वटै विशेष कायक्रम गर्ने तयारी गरिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए ।

“स्थापनाको २५औँ वर्षका अवसरमा सन् २०२५ को जनवरी १ देखि डिसेम्बरको अन्त्यसम्म हामीले विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेका छौँ”, उनले भने, “यो पदमार्गको उद्घाटन सन् २००० जनवरी १ मा हालका राष्ट्रपति रामचन्द्र पौडेल ९तत्कालीन मन्त्री०ले गर्नुभएका कारण २५औँ वर्ष विशेष कार्यक्रमसहित मनाउने सोच छ ।”

स्थापना भएको केही समयपछि नै देशमा सुरु भएको द्वन्द्वलगायत कारण अपेक्षित गति लिन नसके पनि कोरोना महामारीयता पदमार्गमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बढिरहेको उनले बताए ।

पछिल्लो समयमा समितिले विभिन्न अत्यावश्यकीय पूर्वाधार विकाससँगै यसको दायरालाई अझै फराकिलो बनाउने सोच राखी नयाँ नक्साङ्कनसमेत गरिरहेको छ ।

यसैक्रममा तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीमा रहेको पदमार्गमा नछोएका पोखराका महत्वपूर्ण गन्तव्यलाई नक्साङ्कन समेटिएको छ । पदमार्गको पुनःनक्साङ्कनको काम भूगोलविद् सहप्राध्यापक डा रामजी पोखरेल नेतृत्वको टोलीले गरेको हो।

नयाँ नक्साङ्कनमा पोखरा महानगरपालिका-१७ को विरौटादेखि निर्मलपोखरी, भरतपोखरी, प्युरीदोभान हुँदै मिलेनियम ट्रेककको लामागाउँमा जोडिसकिएको सहप्राध्यापक डा पोखरेलले जानकारी दिए ।

यसले भरतपोखरी र निर्मलपोखरीका पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने र ओझेलमा परेका भरतपोखरीको मल्लकालीन कोटभैरव मन्दिर, हुडिकोट, बरपाण्डेथुमको महारुद्रथान फोक्सिङकोट आदि धार्मिक एवं पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा पनि टेवा पुग्ने उहाँको विश्वास छ।

नयाँ नक्साङ्कनमा यसअघि छुटेका तनहुँकै धार्मिक पर्यटकीयस्थल च्यवनधाम, वंशु पार्क, तमु हिल पार्क आदि सांस्कृतिक एवं ऐतिहासिकस्थल समेटिएका छन्। 

समुद्री सतहबाट ४ सय २० मिटरदेखि १ हजार ७ सय १५ मिटर उचाइसम्ममा रहेको यो पदमार्ग उच्च पहाडी क्षेत्रमा जान नसक्ने तर पदयात्राको इच्छा राख्नेका लागि उपयुक्त मानिन्छ ।

पदमार्गको दायरा फराकिलो बनाउने प्रयासस्वरुप मिलेनियम ट्रेक व्यवस्थापन समितिले हालै पुतलीबजार नगरपालिका-८ स्थित क्रान्ति चौतारा, बहाकोट कालिका मन्दिरका साथै पुतलीबजार नगरपालिका-७ स्थित बौद्धस्तूपालाई जोड्ने गरी पहल बढाएको महासचिव गुरुङले बताए।

विसं २००७ मा जहानियाँ राणाशासनको अन्त्यका लागि क्रान्ति सुरु गरिएको स्थलमध्येको एक क्रान्ति चौतारालाई राजनीतिकरुपमा महत्वपूर्णस्थलका रुपमा लिइन्छ ।

यहाँस्थित बहाकोट कालिका मन्दिर नेपालका बाइसेचौबिसे राजाको पालादेखि नै अस्तित्वमा आएको प्राचीन तीर्थस्थल हो। अन्यत्र कालिका मन्दिरमा ठाडो मौलो रहने भए पनि यहाँको मौलो भने तेर्स्याएर राखिएको पाइन्छ ।

दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वासले यसको गरिमा र महत्व बढाएको पाइन्छ । यी ऐतिहासिक महत्वका गन्तव्यलाई मिलेनियम ट्रेकमा जोड्ने गरी स्थलगत अध्ययन अवलोकन गरिसकिएको उनले बताए ।

प्रस्तावित मार्गमा मिलेनियम ट्रेकअन्तर्गतको सादिखोलादेखि सुरु भई लुम्छाक पन्ध्रमुरे, हुदिभञ्ज्याङ, भार्कोट, गैया धोवादी, क्रान्ति चौतारा, बहाकोट कालिका, डाँडास्वरा हुँदै काउलेमा पुगी पुनःमिलेनियम ट्रेकमा जोडिन्छ ।

यसले यस क्षेत्रको पर्यटन प्रवर्द्धनसँगै महत्वपूर्ण स्थललाई ट्रेकसँग जोड्ने महासचिव गुरुङले जानकारी दिए । प्राकृतिक विविधताले सम्पन्न यस ट्रेकमा नेपालमा मात्रै पाइने ‘काँडेभ्याकुर’ चरा पाइने गन्तव्य पनि हो । कूल ७२ किमी दूरीसहितको क्षेत्रफलमा समेटिएको यस पदमार्गको ५२ किमी क्षेत्र वन जङ्गलले ढाकिएको छ ।

जुनसुकै मौसमममा पदयात्रा गर्न सक्ने यो पदमार्गका अधिकांश स्थानबाट धवलागिरि, अन्नपूर्णलगायत हिमशृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ भने वनजङ्गल, चराचुरुङ्गी आदिको अवलोकनले यहाँ आउने जोकोहीलाई लोभ्याउने गरेको छ।

पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले नेपालमा मात्रै पाइने चरा काँडेभ्याकुरसमेत देख्न पाइने भएकाले पदमार्गको महत्व अझ बढी रहेको बताए। स्थलगत अध्ययनअनुसार पदमार्ग क्षेत्रमा तनहुँको प्रसिद्ध ढोरबाराही मन्दिरबाट रजस्थल, कोल्माबाट भैँसेगौँडा, बुढाकोट तलतिरको भागलगायत विभिन्न स्थानमा ठूलो सङ्ख्यामा काँडेभ्याकुर पाइएका छन् ।

पदमार्गका लामागाउँ, घरेडी, भैँसेगौँडा, गहते, बलुलगायत स्थानमा पनि काँडेभ्याकुर फेला परेका उनले जानकारी दिए। अध्ययनबाट पदमार्ग क्षेत्रमा १ सय ७३ प्रजातिका चरा फेला परिसकेको बताउँदै घिमिरेले सीमित क्षेत्रमा पाइने प्रजातिमध्येको पहाडी चुइँया, पहाडी सेन बाज पनि यस पदमार्गमा फेला परेका बताए।

उनका अनुसार विश्वकै दुलर्भ प्रजाति डङ्गोर गिद्ध,, सुन गिद्ध, अतिसङ्कटापन्न प्रजाति सानो खैरो गिद्ध, सङ्कटापन्न प्रजाति सेतो गिद्धजस्ता धेरै प्रजाति यहाँ पाइएका छन् ।

अध्ययनले वर्षात्को समयमा यस क्षेत्रमा ६० भन्दाबढी प्रजातिका चराले बच्चा कोरलेको पाइएको बताउँदै उनले यस पदमार्गलाई चरा पर्यटनको गन्तव्यका रुपमा पनि विकास गर्न सकिने बताए ।

पदमार्गर्मा पर्यटकको आकर्षण बढ्दै जाँदा यहाँका बाजस्थल ट्रेडिस्नल रिसोर्ट, कोल्मामा रिसोर्टका साथै विभिन्न १९ स्थानमा घरबाससमेत सञ्चालनमा आइसकेका छन् ।

पर्यटकलाई स्थानीय उत्पादनका परिकार खुवाउने गरी घरबास सञ्चालक लागिरहेका मिलेनियम भैँसेगौँडा सामुदायिक ‘होमस्टे’का अध्यक्ष एवं मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य बालकुमार गुरुङले बताए ।

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  २२:५०
##millennium #trek
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबीच सम्झौता
नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबीच सम्झौता सोमबार, फागुन १८, २०८२
बुद्ध एयरमा क्रिटिकल इरर हुँदा उडानमा ढिलाइ, यात्रुमा असहज
बुद्ध एयरमा क्रिटिकल इरर हुँदा उडानमा ढिलाइ, यात्रुमा असहज शुक्रबार, फागुन ८, २०८२
नागरिक लगानी कोषले पायो ‘ए प्लस’ रेटिङ 
नागरिक लगानी कोषले पायो ‘ए प्लस’ रेटिङ  मंगलबार, फागुन ५, २०८२
नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो पृथक विशेषतासहितको नारी सुरक्षा जीवन बीमा योजना
नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो पृथक विशेषतासहितको नारी सुरक्षा जीवन बीमा योजना मंगलबार, फागुन ५, २०८२
 खाना पकाउने एलपी ग्यासको अभाव चुलिएपछि निगमले नै दिन थाल्यो ग्यास
 खाना पकाउने एलपी ग्यासको अभाव चुलिएपछि निगमले नै दिन थाल्यो ग्यास बिहीबार, माघ ३०, २०८२
अन्नपूर्ण क्षेत्रमा साँढे दुई दशकमा भित्रिए २६ लाख विदेशी पर्यटक
अन्नपूर्ण क्षेत्रमा साँढे दुई दशकमा भित्रिए २६ लाख विदेशी पर्यटक सोमबार, माघ २७, २०८२
अर्थतन्त्रलाई चलायमान बनाउन ‘उदयपुर एक्स्पो-२०८२’
अर्थतन्त्रलाई चलायमान बनाउन ‘उदयपुर एक्स्पो-२०८२’ शुक्रबार, माघ २४, २०८२
हिउँदे फलफुलबाटै उदयपुरमा वर्षमै ३१ करोड भित्रियाे
हिउँदे फलफुलबाटै उदयपुरमा वर्षमै ३१ करोड भित्रियाे बुधबार, माघ २२, २०८२
सन् २०२६ सुरु भएसँगै नेपालमा विदेशी पर्यटक पर्यटक आगमन बढ्याे
सन् २०२६ सुरु भएसँगै नेपालमा विदेशी पर्यटक पर्यटक आगमन बढ्याे सोमबार, माघ २०, २०८२
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ मतदानका दिन अत्यावश्यक सवारीसाधनलाई पास नचाहिने
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा मध्यपूर्वकाे तनावमा नेपालीकाे  सुरक्षालाई पहिलो प्राथमिकता राख्न सरकारसँग माग
  • नंः ४ मध्यपूर्वको तनाव: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र
  • नंः ५ नेपाल र भुटान वीचको प्रेमील अधुरो यात्रा
विचार
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि :  समृद्धिका भरोसा 
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि : समृद्धिका भरोसा  शारदा बजगाईँ
वैदेशिक रोजगारीले जन्माएको प्रश्न
वैदेशिक रोजगारीले जन्माएको प्रश्न प्रज्ज्वल घिमिरे
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्