Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • विकासको बाटोमा देश अगाडि बढिरहेको छ : मास्टर सेफ साह
विकासको बाटोमा देश अगाडि बढिरहेको छ : मास्टर सेफ साह
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, असार ५, २०८१

काठमाडौँ । मास्टर सेफ सन्तोष साहले गणतन्त्रप्राप्तिपछि देश विकास र आर्थिक समृद्धिको बाटोमा अगाडि बढेको बताएको छ।

‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनीको  अवलोकनपश्चात् उनले प्रदर्शनीले गणतन्त्रपछि विकास भएको छ भन्ने सन्देश प्रवाह गरेको बताए ।

उनले भने, “गणतन्त्रपछि विकासै भएको छैन भन्ने भाष्यहरु बनिरहेका बेला राससले विकास पूर्वाधारका क्षेत्रमा प्राप्त उपलब्धि समेटेर गरेको प्रदर्शनीले देशविकास र परिवर्तनको सकारात्मक सन्देश दिएको छ । युवापुस्तामा ऊर्जा र उत्साह जगाएको छ।”

सेफ साहले देशको भौतिक पूर्वाधार, आर्थिक समृद्धिका विविध आयामलाई समेटिएको प्रदर्शनीको प्रशंसा गरे। “मलाई एकदमै खुसी लागेको छ, यो प्रदर्शनीका ज्ञानवद्र्धक कुराले । यदि म नआएको भए धेरैकुरा जान्ने अवसर गुम्ने रहेछ ”, उनले भने, “अरु नेपालीजस्तै म सोच्दथे देश विकास भएकै छैन तर राससको तस्बिर अवलोकन गरेपछि थाहा भयो कि देशमा धेरै कुरा भएका रहेछन्।”

उनले आगामी दिनमा देशविकास र आर्थिक समृद्धिका अझ धेरै विषयवस्तु समेटेर यस किसिमको प्रदर्शनीलाई निरन्तरता दिन जरुरी रहेको बताए।“नेपालमा केही प्रगति भइरहेको छ भन्ने कुरा यी तस्बिरले बोलिरहेका छन् । सबै नेपाली सकारात्मक बनेर देश विकासमा लाग्न आवश्यक छ। सकारात्मक सोच र पहलकदमी भए लाग्छ तर पक्कै देश बन्ने छ”, उनको भनाइ थियो ।

‘फुड टुरिज्म’ प्रवर्द्धन

सेफ साहले नेपालमा ‘फुड टुरिज्म’ को प्रवर्द्धनका लागि आफू लागिपरेको बताउँदै फुड टूरका लागि आफू भर्खरै कर्णाली गएर फर्किएको र त्यहाँको विकास र प्रगति देख्दा निकै उत्साहित भएको पनि बताए ।

उनले नेपालको फुड पर्यटनमा अत्यन्तै सम्भावना रहेको भन्दै सबै सरोकारवाला मिलेर यसको प्रवर्द्धनमा जुट्नुपर्ने खाँचो औँल्याए।

पाककलामा उत्कृष्ट प्रदर्शन गर्दै सेफ साह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स युके’ को विजेता बनेको थियो । पाककलामा नेपालका रैथाने खानालाई विश्वमाँझ परिचित गराउने अभियानमा लाएका उनले मधेसको रैथाने परिकार मिथिला थालीको स्वाद नेपालसहित अन्तर्राष्ट्रियस्तरमा पस्किरहेको छ ।

मिथिला थालीलाई जनकपुर, काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा विस्तार गर्नुभएका साहले चाँडै भारत र कतारमा मिथिला थाली विस्तार गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  २२:५८
##santoshshah
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ महिनावारी सुकेपछि हुने चर्को गर्मी
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्