Top Navigation
Main Navigation
मंगलबार, असार ३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, असार ३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • जङ्गलमै बास बसेर आइसफल पदमार्ग निर्माण
जङ्गलमै बास बसेर आइसफल पदमार्ग निर्माण
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, असार ९, २०८१
Api Himal

म्याग्दी, बेनी । म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्ग निर्माणले तिब्रता पाएको छ ।

वि.स.२०६८ सालमा पहिलो पटक सम्भाव्यत्ता अध्ययन गरिएको धौलागिरि आइसफल पदमार्गको पूर्वाधार विकास र प्रवद्र्धनका लागि रघुगंगा गाउँपालिकाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरेपछि पर्यटन विभागले क्रमागत योजनाको रुपमा आइसफल पदमार्गलाई अघि बढाएको हो ।

अहिले चिमखोलाको ससलधारा हुँदै आधार शिविर नजिकको धौलागिरी भ्यू पोइन्ट हिल सम्म पदमार्ग निर्माण गरिएको छ।
चिमखोलाको कछुवा ओढार क्षेत्रमा अहिले करिब ३० जनाको समूह जंगलमै बास बसेर पदमार्ग निर्माण गरिरहेका छन्। विगत दुई महिनादेखि जंगलमै अस्थायी बसोबासको व्यवस्था मिलाएर सिंढी चिनेर पदमार्ग बनाउने काम भइरहेको छ।

पर्यटन विभागसँग दुई वटा प्याकेजमा ठेक्का सम्झौता गरेको कल्पबृक्ष विल्डर्सले आइसफल पदमार्ग बनाउन थालेको हो। गत बर्षदेखि पदमार्ग बनाउने काम गरेको कम्पनीले प्रतिकुल मौसम र बाढी, पहिरोको कारण योजनालाई सम्पन्न गर्न दुई बर्ष लागेको जनाएको छ ।

Nepal Oil Corporation

बस्तीदेखि टाढा र हिमालको नजिकका भू-भागमा पदमार्ग बनाउन मजदुर र व्यवस्थापकहरु वनजंगलमै त्रिपाल टाँगेर बास बस्ने गरेका छन् । हिमालको फेदी नजिकै बाटो बनाउनुपर्ने भएकाले जंगलमै बसेर काम गर्नुपरेको सोलुखुम्बुबाट पदमार्ग बनाउन आएका खड्क बस्नेतले बताए ।

आर्थिक बर्ष २०७९/०८० मा पर्यटन मन्त्रालयबाट विनियोजन भएको बजेटबाट सुरु भएको आइसफल पदमार्ग निर्माण योजना अन्तर्गत अहिले सिँढी चिनेर पदमार्ग बनाउने कामले गति पाएको छ । निर्माण कम्पनीका सञ्चालक रामेश्वर पुडासैनीले दुई वटा प्याकेजमा कुल रु १ करोड ५४ लाख बजेटबाट ठेक्का सम्झौता गरेको र अहिलेसम्म ८ किलोमिटर बढी पदमार्ग निर्माण भैसकेको जानकारी दिए ।

यो बर्ष मात्रै तीन किलोमिटर बढी पदमार्ग बनेको छ । अक्करे भीर बाहेक अन्य ठाउँको पदमार्ग बनाएर सक्ने लक्ष्य रहेको छ। यो बर्ष छिस, कछुवा ओढार हुँदै धौलागिरि भ्यू पोइन्ट हिलसम्मको नदी किनार र घना जंगलमा व्यवस्थित पदमार्ग बनाउने काम भैरहेको छ ।

पदमार्ग बनाउन सोलुखुम्बु, उदयपुर, पाल्पा, नुवाकोट, रसुवा लगायतका जिल्लाबाट मजदुरहरु यहाँ आइपुगेका छन् । दुई समूहमा बाँडीएर झाँडी फाँडेर पदमार्ग बनाउने गरेको फुर्वा तामाङले बताए ।

जंगलमा बास बसेका मजदुरहरुले विहानेखि साँझसम्म नै पदमार्ग बनाउन खटिने गरेका छन् । झाडी फाँडने, ढुंगा फोर्ने, बोक्ने, सिँढी चिन्ने र खाना, खाजा बनाउन काम विभाजन गरेका मजदुरहरुले सामूहिक रुपमा बाटो बनाउने काम गरिरहेका छन्।

जंगल, भीर पहाड र खोला किनारमा दुइ मिटर फराकिलो सिँढी चिनेको पदमार्ग निर्माण हुन थालेपछि पर्यटकहरुलाई धौलागिरि आइसफल आधार शिविर पुग्न सहज हुन थालेको छ । परम्परागत गोरटो बाटोमा सिँढी चिनेपछि पदमार्ग चिटिक्क भएको छ। उच्च हिमाली क्षेत्र भएकाले चिसो अत्यधिक हुने र हिमपात तथा बर्षाको प्रतिकुलताका बिच पदमार्ग बनाउने कामलाई तिब्रता दिएको कार्यक्षेत्रमा खटिएका निर्माण कम्पनीका प्रतिनिधि लाक्पा लामाले बताए ।

पर्यटन विभागबाट कार्यान्वनय भएको यस पदमार्ग निर्माण योजना अन्तर्गत रघुगंगा गाउँपालिका ७ चिमखोलाको ससलधाराक्षेत्रबाट गत बर्षदेखि पदमार्ग निर्माण थालिएको थियो । असार अन्तिमसम्म पदमार्ग निर्माणलाई सक्ने लक्ष्य रहेको छ।

यस पदमार्ग अन्तर्गत कोखेभिर र धौलागिरि भ्यू पोइन्ट हिलको अक्करे पहाडमा पदमार्ग छिचोल्न बाँकी छ। यस अघि चिमखोलाका स्थानीयले कोखे भिरमा पहाड काटेर पदमार्ग बनाउने प्रयास गरेपनि कडा चट्टानको कारण उक्त भिरमा अझै ५० मिटर बढी पहाड काट्न काट्न बाँकी रहेको छ ।

धौलागिरि भ्यू हिलको भिर र खोँचमा पदमार्ग बनाउन कठिनाई भएपछि पर्यटन विभागले पुल बनाउने गरि अध्ययन गरिरहेको जनाएको छ । गत बर्ष ससलधारादेखि पदमार्ग बनाउन सुरु गरेकोमा यस बर्ष कालीबराह दोभान अघिदेखि काम भइरहेको छ।

धौलागिरि आइसफल पदमार्गको पूर्वाधार विकास र प्रवद्र्धनका लागि रघुगंगा गाउँपालिकाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको छ । धौलागिरि हिमालको आधारशिविरलाई समेटिएको १ सय ८२ किलोमिटर लामो आइसफल पदमार्ग डिपिआर) तयार गरि संघीय र प्रदेश सरकार माफृत पूर्वाधार बनाउन पहल थालिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।

अहिले चिमखोलाको ससलधारा हुँदै आधार शिविर पुग्ने पदमार्ग निर्माण सुरु गरिएपनि आधार शिविरदेखि कालीबराह हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरेटोबाटो र भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पहिचान गरिएको पदमार्गमा समेत सिँढी चिनेर पदमार्गलाई स्तरोन्नती गर्नुपर्ने काम बाँकी रहेको छ ।

नेपाल सरकारले धौलागिरि आइसफल पदमार्गलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा छनौट गरेकोे एक दशक पुगिसकेको छ। संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यको रुपमा समेत रुईसे डाँडादेखि धवलागिरि आइसफलसम्मको पदमार्गलाई छनौट गरेको थियो ।

तर पूर्वाधार र आबश्यक व्यवस्थापकीय अभाबले यो पदमार्ग औपचारिक रुपमा अझै सञ्चालनमा आउन सकेको छैन।

प्रकाशित मिति: आइतबार, असार १०, २०८१  १४:१७
##dhaulagirii
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विजनेश
नागरिक लगानी कोष र रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता
नागरिक लगानी कोष र रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता सोमबार, असार २, २०८२
नाराबाजीलाई वेवास्ता गर्दै अर्थमन्त्री पौडेलको जवाफ
नाराबाजीलाई वेवास्ता गर्दै अर्थमन्त्री पौडेलको जवाफ सोमबार, असार २, २०८२
आ‍.व. २०८२/०८३ काे राजश्व र व्ययको प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री
आ‍.व. २०८२/०८३ काे राजश्व र व्ययको प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री आइतबार, असार १, २०८२
न्यूरोडमा धर्मपथ महोत्सव, कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुति
न्यूरोडमा धर्मपथ महोत्सव, कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुति शुक्रबार, जेठ ३१, २०८२
सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता बिहीबार, जेठ ३०, २०८२
रामेछापका आठ स्थानीय तहले संघीय सरकारबाट तीन अर्वमाथि बजेट पाउने
रामेछापका आठ स्थानीय तहले संघीय सरकारबाट तीन अर्वमाथि बजेट पाउने बिहीबार, जेठ २३, २०८२
उद्यमशीलता विकासको विकल्प छैन : प्रधानमन्त्री ओली
उद्यमशीलता विकासको विकल्प छैन : प्रधानमन्त्री ओली बिहीबार, जेठ २३, २०८२
धम्पुस जोडियो पक्की सडकमा
धम्पुस जोडियो पक्की सडकमा बुधबार, जेठ २२, २०८२
८४ सदस्यीय कार्यसमिति चयन गर्दै अडानको राष्ट्रिय महाधिवेशन सम्पन्न
८४ सदस्यीय कार्यसमिति चयन गर्दै अडानको राष्ट्रिय महाधिवेशन सम्पन्न मंगलबार, जेठ २१, २०८२
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ३ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्