Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • जङ्गलमै बास बसेर आइसफल पदमार्ग निर्माण
जङ्गलमै बास बसेर आइसफल पदमार्ग निर्माण
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, असार ९, २०८१

म्याग्दी, बेनी । म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्ग निर्माणले तिब्रता पाएको छ ।

वि.स.२०६८ सालमा पहिलो पटक सम्भाव्यत्ता अध्ययन गरिएको धौलागिरि आइसफल पदमार्गको पूर्वाधार विकास र प्रवद्र्धनका लागि रघुगंगा गाउँपालिकाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरेपछि पर्यटन विभागले क्रमागत योजनाको रुपमा आइसफल पदमार्गलाई अघि बढाएको हो ।

अहिले चिमखोलाको ससलधारा हुँदै आधार शिविर नजिकको धौलागिरी भ्यू पोइन्ट हिल सम्म पदमार्ग निर्माण गरिएको छ।
चिमखोलाको कछुवा ओढार क्षेत्रमा अहिले करिब ३० जनाको समूह जंगलमै बास बसेर पदमार्ग निर्माण गरिरहेका छन्। विगत दुई महिनादेखि जंगलमै अस्थायी बसोबासको व्यवस्था मिलाएर सिंढी चिनेर पदमार्ग बनाउने काम भइरहेको छ।

पर्यटन विभागसँग दुई वटा प्याकेजमा ठेक्का सम्झौता गरेको कल्पबृक्ष विल्डर्सले आइसफल पदमार्ग बनाउन थालेको हो। गत बर्षदेखि पदमार्ग बनाउने काम गरेको कम्पनीले प्रतिकुल मौसम र बाढी, पहिरोको कारण योजनालाई सम्पन्न गर्न दुई बर्ष लागेको जनाएको छ ।

बस्तीदेखि टाढा र हिमालको नजिकका भू-भागमा पदमार्ग बनाउन मजदुर र व्यवस्थापकहरु वनजंगलमै त्रिपाल टाँगेर बास बस्ने गरेका छन् । हिमालको फेदी नजिकै बाटो बनाउनुपर्ने भएकाले जंगलमै बसेर काम गर्नुपरेको सोलुखुम्बुबाट पदमार्ग बनाउन आएका खड्क बस्नेतले बताए ।

आर्थिक बर्ष २०७९/०८० मा पर्यटन मन्त्रालयबाट विनियोजन भएको बजेटबाट सुरु भएको आइसफल पदमार्ग निर्माण योजना अन्तर्गत अहिले सिँढी चिनेर पदमार्ग बनाउने कामले गति पाएको छ । निर्माण कम्पनीका सञ्चालक रामेश्वर पुडासैनीले दुई वटा प्याकेजमा कुल रु १ करोड ५४ लाख बजेटबाट ठेक्का सम्झौता गरेको र अहिलेसम्म ८ किलोमिटर बढी पदमार्ग निर्माण भैसकेको जानकारी दिए ।

यो बर्ष मात्रै तीन किलोमिटर बढी पदमार्ग बनेको छ । अक्करे भीर बाहेक अन्य ठाउँको पदमार्ग बनाएर सक्ने लक्ष्य रहेको छ। यो बर्ष छिस, कछुवा ओढार हुँदै धौलागिरि भ्यू पोइन्ट हिलसम्मको नदी किनार र घना जंगलमा व्यवस्थित पदमार्ग बनाउने काम भैरहेको छ ।

पदमार्ग बनाउन सोलुखुम्बु, उदयपुर, पाल्पा, नुवाकोट, रसुवा लगायतका जिल्लाबाट मजदुरहरु यहाँ आइपुगेका छन् । दुई समूहमा बाँडीएर झाँडी फाँडेर पदमार्ग बनाउने गरेको फुर्वा तामाङले बताए ।

जंगलमा बास बसेका मजदुरहरुले विहानेखि साँझसम्म नै पदमार्ग बनाउन खटिने गरेका छन् । झाडी फाँडने, ढुंगा फोर्ने, बोक्ने, सिँढी चिन्ने र खाना, खाजा बनाउन काम विभाजन गरेका मजदुरहरुले सामूहिक रुपमा बाटो बनाउने काम गरिरहेका छन्।

जंगल, भीर पहाड र खोला किनारमा दुइ मिटर फराकिलो सिँढी चिनेको पदमार्ग निर्माण हुन थालेपछि पर्यटकहरुलाई धौलागिरि आइसफल आधार शिविर पुग्न सहज हुन थालेको छ । परम्परागत गोरटो बाटोमा सिँढी चिनेपछि पदमार्ग चिटिक्क भएको छ। उच्च हिमाली क्षेत्र भएकाले चिसो अत्यधिक हुने र हिमपात तथा बर्षाको प्रतिकुलताका बिच पदमार्ग बनाउने कामलाई तिब्रता दिएको कार्यक्षेत्रमा खटिएका निर्माण कम्पनीका प्रतिनिधि लाक्पा लामाले बताए ।

पर्यटन विभागबाट कार्यान्वनय भएको यस पदमार्ग निर्माण योजना अन्तर्गत रघुगंगा गाउँपालिका ७ चिमखोलाको ससलधाराक्षेत्रबाट गत बर्षदेखि पदमार्ग निर्माण थालिएको थियो । असार अन्तिमसम्म पदमार्ग निर्माणलाई सक्ने लक्ष्य रहेको छ।

यस पदमार्ग अन्तर्गत कोखेभिर र धौलागिरि भ्यू पोइन्ट हिलको अक्करे पहाडमा पदमार्ग छिचोल्न बाँकी छ। यस अघि चिमखोलाका स्थानीयले कोखे भिरमा पहाड काटेर पदमार्ग बनाउने प्रयास गरेपनि कडा चट्टानको कारण उक्त भिरमा अझै ५० मिटर बढी पहाड काट्न काट्न बाँकी रहेको छ ।

धौलागिरि भ्यू हिलको भिर र खोँचमा पदमार्ग बनाउन कठिनाई भएपछि पर्यटन विभागले पुल बनाउने गरि अध्ययन गरिरहेको जनाएको छ । गत बर्ष ससलधारादेखि पदमार्ग बनाउन सुरु गरेकोमा यस बर्ष कालीबराह दोभान अघिदेखि काम भइरहेको छ।

धौलागिरि आइसफल पदमार्गको पूर्वाधार विकास र प्रवद्र्धनका लागि रघुगंगा गाउँपालिकाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको छ । धौलागिरि हिमालको आधारशिविरलाई समेटिएको १ सय ८२ किलोमिटर लामो आइसफल पदमार्ग डिपिआर) तयार गरि संघीय र प्रदेश सरकार माफृत पूर्वाधार बनाउन पहल थालिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।

अहिले चिमखोलाको ससलधारा हुँदै आधार शिविर पुग्ने पदमार्ग निर्माण सुरु गरिएपनि आधार शिविरदेखि कालीबराह हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरेटोबाटो र भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पहिचान गरिएको पदमार्गमा समेत सिँढी चिनेर पदमार्गलाई स्तरोन्नती गर्नुपर्ने काम बाँकी रहेको छ ।

नेपाल सरकारले धौलागिरि आइसफल पदमार्गलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा छनौट गरेकोे एक दशक पुगिसकेको छ। संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यको रुपमा समेत रुईसे डाँडादेखि धवलागिरि आइसफलसम्मको पदमार्गलाई छनौट गरेको थियो ।

तर पूर्वाधार र आबश्यक व्यवस्थापकीय अभाबले यो पदमार्ग औपचारिक रुपमा अझै सञ्चालनमा आउन सकेको छैन।

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १४:१७
##dhaulagirii
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ महिनावारी सुकेपछि हुने चर्को गर्मी
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्