Top Navigation
Main Navigation
शनिबार, मंसिर २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, मंसिर २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • मनसुन सक्रिय हुने सम्भावना सतर्कता रहन आग्रह
मनसुन सक्रिय हुने सम्भावना सतर्कता रहन आग्रह
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, असार २७, २०८१

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले असार २९ गते बिहानसम्म मुलुकका अधिकांश क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कताका लागि आग्रह गरेको छ।

महाशाखाका अनुसार हाल मनसुन न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग/सिमाना आसपास) रहेको छ।

उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ। साथै आजदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ।

यी दुवै प्रणालीको प्रभावले रातिदेखि २९ गते बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना देखिएको छ। महाशाखाले मनसुन विशेष मौसम बुलेटिन प्रकाशितगरी सतर्कताका लागि अनुरोध गरेको हो।

आज रातिदेखि असार २९ गतेको बिहानसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका अधिकांश स्थानमा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एकर/दुई स्थानमा भारी वर्षा तथा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको छ।

त्यस अवधिमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कताका लागि अनुरोध गरिएको छ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  ०७:४३
##monsoon #rain
प्रतिक्रिया दिनुहोस्
थप समाज
बैंकर नारायणदास मानन्धरको निधन
बैंकर नारायणदास मानन्धरको निधन आइतबार, मंसिर २२, २०८२
लुकेका लोकप्रिय कथाहरू लोकार्पित
लुकेका लोकप्रिय कथाहरू लोकार्पित शनिबार, मंसिर २१, २०८२
गीत-गंगा भवन उद्घाटन
गीत-गंगा भवन उद्घाटन शुक्रबार, मंसिर २०, २०८२
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना बिहीबार, मंसिर १९, २०८२
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई....
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई.... शनिबार, मंसिर १४, २०८२
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम बुधबार, मंसिर ११, २०८२
फिल्म निर्माता दिलिप पौडेलको निधन
फिल्म निर्माता दिलिप पौडेलको निधन बिहीबार, मंसिर ५, २०८२
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि आइतबार, मंसिर १, २०८२
पृथ्वीबाटै लोप हुने सम्भावना
पृथ्वीबाटै लोप हुने सम्भावना शनिबार, कात्तिक ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ लुकेका लोकप्रिय कथाहरू लोकार्पित
  • नंः २ १३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न
  • नंः ३ आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप
  • नंः ४ बैंकर नारायणदास मानन्धरको निधन
  • नंः ५ नामी साप्ताहिक
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्