Top Navigation
  • Contact
Main Navigation
सोमबार, असोज २६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असोज २६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • गण्डकी प्रदेशले ४ देखि ११ दिनको यात्रा, १३ वटा गन्तव्यस्थल सार्वजनिक गर्याे
गण्डकी प्रदेशले ४ देखि ११ दिनको यात्रा, १३ वटा गन्तव्यस्थल सार्वजनिक गर्याे
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, असार २८, २०८१

गण्डकी । गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल)मा चारदेखि ११ दिनको पदयात्रासहित १३ वटा गन्तव्यस्थल (आइटिनरी) सार्वजनिक गरेको छ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको सहयोगमा प्रचारात्मक पर्चा (ब्रोसर) तयार गर्दै सङ्घले चारदेखि ११ दिनको पदयात्रासहित १३ वटा आइटिनरी सार्वजनिक गरेको संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले जानकारी दिएको हो।

जथाभावी बाटो खन्ने नाममा पदमार्ग मासिँदै गएको अवस्थामा सङ्घले गुरुङ जातिको उद्गमस्थल क्होलासोँथरसँगै प्राचीन बस्तीलाई समेट्दै १३ वटा आइटिनरी सार्वजनिक गरिएको अध्यक्ष गुरुङले बताए । यहाँको संस्कार, संस्कृतिसमेत पदयात्रा पर्यटनसँग जोड्ने गरी यस पदमार्गको प्रवर्द्धन र विकासका लागि पहल थालिएको उनको भनाइ छ।

गुरुङहरूको प्राचीन बस्ती ताङतिङबाट करापुडाँडा–ताप्रो–क्होलासोँथर–ठूलो लेक–थुर्जु–दूध पोखरी–गुरुङ देउराली–डाँफे खर्क–तिमाङ हुँदै बेँसीसहरसम्मलाई समेटेर गुरुङ सम्पदा पदमार्गका रूपमा विकास गर्न खोजिएको अध्यक्ष गुरुङले बताए।

उक्त पदमार्गमा पदयात्रा गर्न चाहने स्वदेशी एवं विदेशी पर्यटकलाई सहज होस् भन्ने उद्देश्यले मन्त्रालयको सहयोगमा ब्रोसर तयार गरिएको बताउँदै उनले पर्यटकको इच्छा र समयअनुसार पदयात्रा गर्न सक्नेगरी विभिन्न १३ वटा आइटिनरी तय गरिएको जानकारी दिए ।

सङ्घले नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय गण्डकी प्रदेश र पदमार्ग क्षेत्रका मादी, क्होलासोँथर, मस्र्याङ्दी र चामे गाउँपालिकाको सहयोगमा गत जेठ २१ देखि ३० गतेसम्म उक्त क्षेत्रमा १० दिने पदयात्रा अन्वेषण एवं प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको थियो । नक्साङ्कनसँगै पदयात्रा पर्यटनको विकासका लागि आवश्यक विषयको अध्ययन एवं अनुसन्धानसमेत गरिएको गुरुङले बताए।

गुरुङ समुदायको मौलिक संस्कार र संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ अघि बढाउन लागिएको यो पदमार्गले परापूर्वकालमा भोटमा नुन लिन जाने संस्कृतिलाई पनि जीवन्त राख्ने विश्वास लिइएको सङ्घका महासचिव तुल गुरुङले बताए। कास्कीको लमजुुङ हुँदै मनाङसम्म जोडिने यस पदमार्ग क्षेत्रमा परापूर्वकालमा भोटमा नुन लिन जाने मार्गका रूपमा चासो र चर्चा कमाएको थियो ।

पदमार्गमार्फत माथिल्लो भेगमा क्याम्पिङस्थलको विकाससँगै तल्लो भेगका गाउँका सामुदायिक घरबासलाई जोड्ने सङ्घको योजना छ । पदमार्गले पसगाउँ, भाचोक, याङजाकोट, तान्तिङ, सिक्लेसलगायत स्थानका सामुदायिक घरबासलाई पनि जोड्ने छ।

पदमार्गको नक्साङ्कन कार्य भइरहेको बताउँदै संस्थापक अध्यक्ष गुरुङले चालु आर्थिक वर्षभित्रमा नक्साङ्कन कार्यलाई पूर्णता दिइसक्ने योजना रहेकोे जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १६:३८
##gurungtrail #trail
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी शनिबार, असोज २४, २०८३
सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट शुक्रबार, असोज २३, २०८३
ध्वजावाहक अलपत्र, सरकार र सांसद भाडाको राजनीतिमा
ध्वजावाहक अलपत्र, सरकार र सांसद भाडाको राजनीतिमा शुक्रबार, असोज २३, २०८३
आफ्नो बाइक ल्याउनुहोस् । आफ्नो पावर अपग्रेड गर्नुहोस् ।
आफ्नो बाइक ल्याउनुहोस् । आफ्नो पावर अपग्रेड गर्नुहोस् । बिहीबार, असोज २२, २०८३
पासपोर्टमा सरकारको लापरबाही किन ?
पासपोर्टमा सरकारको लापरबाही किन ? शुक्रबार, असोज १६, २०८३
काठमाडौंपछि बुटवलमा हुँदैछ पल्सर आरपीएम रोमाञ्चक तयारी 
काठमाडौंपछि बुटवलमा हुँदैछ पल्सर आरपीएम रोमाञ्चक तयारी  बिहीबार, असोज १५, २०८३
रविन्द्र ढाँट ब्रान्ड एम्बेसडरमा नियुक्त 
रविन्द्र ढाँट ब्रान्ड एम्बेसडरमा नियुक्त  बुधबार, असोज १४, २०८३
बजाजको 'चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
बजाजको 'चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक मंगलबार, असोज १३, २०८३
महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता 
महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता  सोमबार, असोज १२, २०८३
लाेकप्रिय समाचार
  • नंः १ जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
  • नंः २ ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
  • नंः ५ दम्भ होइन, धैर्य र मधुरता प्रिय
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्