Top Navigation
Main Navigation
बुधबार, माघ २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, माघ २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • भू-स्वर्ग पुनहिल : प्रकृति प्रेमीहरुको प्रतिक्षामा
भू-स्वर्ग पुनहिल : प्रकृति प्रेमीहरुको प्रतिक्षामा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, भदौ १५, २०८१

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा समुन्द्रि सतहदेखि ३ हजार २ सय १० मिटरको उचाईमा रहेको पुनहिलबाट मौसममा सुधार हुन थालेसँगै मनमोहक र रमणीय दृष्य देखिन थालेको छ ।

“चुरेन, पुथा, गुर्जा, धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, बराह शिखर, माछापुच्छ्रे, लमजुङ र मनास्लु हिमालका साथै सुर्योदयको अवलोकन गर्न पाउँदा मनमा उमंग छाउँछ । शितल हावापानी, शान्त वातावरण र पुनहिलको मनमोहक दृष्यले यात्राको दुख भुलाउँछ।” बेनीका आन्तरिक पर्यटक, ओस्कार श्रेष्ठले बताए ।

“अन्य समयमा सुख्खा हुने पुनहिल बर्खा ऋतुमा हरियाली हुन्छ । पर्यटकीय राजधानी पोखरा नजिकै सहज र आकर्षक गन्तव्य खोज्नेहरुको लागि चक्रीय अन्नपूर्ण पदयात्रामा समेटिएको पुनहिल/घोडेपानी आकर्षक र रोमाञ्चक गन्तब्य हो । पोखरादेखि कास्कीको नयाँपुलसम्म गाडी र त्यहाँदेखि पदयात्रा गरेर एकै दिनमा पुगिने घोडेपानीदेखि आधा घण्टाको उकालो हिडेपछि पुनहिल पुगिन्छ।” घोडेपानी, होटल व्यावसायी, डमबहादुर पुनले बताए।

म्याग्दीको बेनीदेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुदै साढे दुई घण्टामा सवारी साधन मार्फत घोडेपानी पुगिन्छ। पुनहिल र घोडेपानी पदयात्रामा निस्कनेहरू धम्पुस वा घान्द्रुकसम्म घुमेर आउन सक्छन् । घोडेपानीमा बास बसेका पर्यटकहरू सूर्योदय र हिमाल हेर्नका लागि मिर्मिरेमै पुनहिल पुग्छन् । सूर्योदयको बेलामा घामको झुल्कोसँगै देखिने हिमालको सुन्दरताले मन लोभ्याउँछ। 

घोडेपानीमा दैनिक एक हजार जना बास बस्न सक्ने २५ वटा सुविधायुक्त होटलहरु रहेका छन्। गुराँसको जंगलको बिचमा अवस्थित घोडेपानीका होटलको कोठाबाटै हिमाल देखिन्छ । मगर संग्रहालय र संस्कृति तथा जिवनशैली पनि घोडेपानीको आकर्षण हो। पुनहिल भ्रमणका लागि अन्नपूर्ण गाउँपालिकालाई नेपालीले प्रतिव्यक्ति ५० र विदेशीले १ सय ५० का दरले प्रवेश शूल्क तिर्नुपर्छ।

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १६:५०
##punhill #myagdi #ghodepani #tourist
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
सन् २०२६ सुरु भएसँगै नेपालमा विदेशी पर्यटक पर्यटक आगमन बढ्याे
सन् २०२६ सुरु भएसँगै नेपालमा विदेशी पर्यटक पर्यटक आगमन बढ्याे सोमबार, माघ २०, २०८२
विकास बैङ्कको कुल नाफा ३१.८४ प्रतिशतले बढ्याे
विकास बैङ्कको कुल नाफा ३१.८४ प्रतिशतले बढ्याे शनिबार, माघ १८, २०८२
चुनाव खर्चका लागि दल र उम्मेदवारकाे छुट्टै बैंक खाता हुनु पर्ने
चुनाव खर्चका लागि दल र उम्मेदवारकाे छुट्टै बैंक खाता हुनु पर्ने मंगलबार, माघ १४, २०८२
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत आइतबार, माघ १२, २०८२
किन सुनको मूल्य तोलामा तीन लाख नाघ्यो
किन सुनको मूल्य तोलामा तीन लाख नाघ्यो शनिबार, माघ ११, २०८२
पूर्वीनाकाबाट सात अर्बको अलैँची निर्यात
पूर्वीनाकाबाट सात अर्बको अलैँची निर्यात सोमबार, माघ ६, २०८२
आज विदेशी मुद्राकाे विनिमय दर कति ?
आज विदेशी मुद्राकाे विनिमय दर कति ? सोमबार, माघ ६, २०८२
आज अमेरिकी डलरको मूल्य उच्च 
आज अमेरिकी डलरको मूल्य उच्च  शनिबार, माघ ४, २०८२
प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस शेयर पारित
प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस शेयर पारित बुधबार, माघ १, २०८२
लाेकप्रिय समाचार
  • नंः १ पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगको स्पष्टीकरण
  • नंः २ परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
  • नंः ३ विद्यार्थीलाई उद्घोषण कला कार्यक्रम सञ्चालन
  • नंः ४ आचारसंहिता उल्लंघन नियन्त्रणमा आयोग सक्रिय बन्दै
  • नंः ५ नामी साप्ताहिक
विचार
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्