Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • ठमेल र दरबारमार्गका रात्रिकालीन व्यवसाय आचारसंहिता विपरित
ठमेल र दरबारमार्गका रात्रिकालीन व्यवसाय आचारसंहिता विपरित
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, भदौ १८, २०८१

काठमाडौँ । रात छिप्पिँदै जाँदा ठमेलका महेन्द्र महर्जन आनन्दले सुत्न सक्दैनन् । छाँया सेन्टरको नजिकै बस्ने उनी निदाउँन नसक्नुको एउटै कारण चर्को ध्वनि प्रदूषण हो ।

कोभिड महामारी पछि बन्द गरिएको ठमेलको रात्रिकालीन व्यवसाय गत वैशाखदेखि पुनःसञ्चालनमा आएको छ। सरकारले ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुला गर्ने भनेपछि ठमेलको रात्रिकालीन व्यवसाय चलायमान हुन थालेको हो। रात्रिकालीन पर्यटन व्यवसायलाई मर्यादित र अनुशासित बनाउने उद्दश्यले व्यवसायीले आचारसंहिता बनाएर लागू गरेका छन् ।

बनेका आचारसंहिता व्यवसायीले लागू गरे पनि क्लब तथा डान्सबारमा छोटो समयका लागि रमाइलो गर्न आउने आगन्तुकले नमान्दा ठमेल आसपासमा होहल्लाका कारण ध्वनि प्रदूषणले सास्ती हुने गरेको महर्जनले बताए ।

ठमेलको रात्रिकालीन व्यवसायको सबैभन्दा ठूलो समस्या ध्वनि प्रदूषण रहेको स्थानीय बताउँछन्। रातमा होहल्ला गर्ने, होटल, क्लबले चर्को स्वरमा गीत सङ्गीत बजाउँदा ठमेल र आसपासका बासिन्दालाई असर परेको स्थानीय मर्हजनले सुनाए।

“क्लब र होटलहरुलाई पटकपटक अनुरोध गरिरहेका छौँ, हालसम्म सुनुवाइ भएको छैन”, उनले भने, “प्रहरीमा कुरा पुर्याउँदा केही समय नियम पालना गरे जस्तो गर्छन्, त्यसपछि उस्तै हुन्छ।” स्थानीयको मात्रै नभई होटलमा बस्ने पाहुना तथा पर्यटकलेसमेत ठमेल व्यवस्थित बनाउनुपर्नेमा जोड दिँदै आएका महर्जनले उल्लेख गरे।

होटलमा रातिको समयमा निदाउन नपाउँदा स्वास्थ्यमा समस्या देखिन थालेको पीडित पर्यटकले गुनासो सुनाउने गरेका पर्यटक व्यवसायी भविश्वर शर्माले बताए। ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्षसमेत रहेका उनले २४सै घण्टा सञ्चालन गर्न बनाएको आचारसंहिता पालना नभएकाले यहाँका स्थानीय, पर्यटक र व्यवसायीलाई सास्ती हुने गरेको उनले जानकारी दिए ।

“ध्वनि प्रदूषण भयो भनेर पर्यटकहरुको गुनासो आउँछ”, शर्माले भने, “जथाभावी मादक पदार्थ सेवन गरेर सिसाका बोतल बाटोमै फाल्छन्। राति अबेरसम्म रमाइलोका नाममा चर्को स्वरमा गीत सङ्गीत बजाउँदा हामीलाई यहाँ रात काट्न सास्ती हुँदै आएको छ।” सरोकार भएका निकायले कारबाहीको दायरामा ल्याउने कुनै पनि गतिविधि नगरेका उनले बताए ।

शर्माका अनुसार ठमेल क्षेत्रमा ३६ हजार पर्यटकलाई बस्न र खानसक्ने क्षमताका होटल सञ्चालनमा छन्। कोभिडयता आन्तरिक र बाह्य पर्यटक बढ्दै गए पनि रात्रिकालीन पर्यटन व्यवसाय व्यवस्थित बनाउन नसकिएको उनले सुनाए ।

ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष शर्माले आफ्नो कार्यकालमा जिल्ला सुरक्षा परिषद्, स्थानीय निकायसँग मिलेर प्रत्येक दुई महिनामा अनुगमन गर्दै आए पनि अहिले त्यस्तो निगरानी कम भएको जिकिर गरे ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले प्रहरी प्रशासनले रात्रिकालीन ठमेल र दरबारमार्ग क्षेत्रमा सञ्चालित व्यवसायलाई सुरक्षा दिई स्थानीयलाई शान्ति दिनका लागि गुनासो सङ्कलन गरी समाधानको प्रयास गरिरहेको जानकारी दिए। “यस क्षेत्रमा शान्तिसुरुक्षाका हिसाबले सन्तोषजनक रहेको छ”, उनले भने ।

अपराधजन्य क्रियाकलाप नभए पनि प्रहरीसमक्ष राति बोटोमा हिँड्नेले हल्ला गरे भनेर फोनमार्फत गुनासो आउने गरेको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले बताए । “सुरक्षाका दृष्टिले ठमेल र दरबारमार्ग वृत्तमा थप जनशक्ति खटाएका छौँ”, उनले भने, “ट्याक्सीले बढी रकम मागे भनेर ग्राहकबाट गुनासो आउने गर्छन् । यस्तो बेला हामी तुरुन्तै प्रहरीले ठगी गर्नेलाई खोजी कारबाही गर्दै आएका छौँ।”

परिषद्ले निर्धारण गरेको रात्रिकालीन ठमेल र दरबारमार्ग पर्यटन व्यवसाय आचारसंहितामा राति १० बजेपछि मनोरञ्जनसहित सेवा प्रदान गर्ने व्यवसायीले अनिवार्य रूपमा ध्वनि नियन्त्रण व्यवस्था गर्नुपर्ने, अत्यधिक मादक पदार्थ सेवनबाट अचेत भएको सेवाग्राहीलाई घरसम्म पुर्याउन तथा सुरक्षित रूपमा बस्ने व्यवस्था मिलाउनुपर्ने, सबै व्यवसायीको व्यापार मूल्यसूचीमा एकरुपता हुनुपर्ने, ग्राहकलाई भ्याटबिल दिनुपर्ने, रातिमा खोलिने व्यवसायीले शौचालयको व्यवस्था र सुरक्षा गार्ड अनिवार्य रुपमा राख्नुपर्ने, सबै व्यवसायी करको दायरामा आउनुपर्नेलगायत बुँदा रहेका छन्।

त्यस्तै कलाकारले मौलिकता, संस्कृति झल्किने किसिमका गायन तथा नृत्य प्रदर्शन गर्नुपर्ने उल्लेख छ। डान्सबार तथा नृत्य प्रदर्शन हुने ठाउँमा अश्लीलता प्रदर्शन नहुनेगरी स्वस्थ मनोरञ्जन दिँदै कलाकृति र सुस्कृति झल्कने किसिमका देखाउनुपर्ने आचारसंहिता उल्लेख गरिएको छ।

ठमेल पर्यटन विकास परिषद्का महासचिव बद्री तिमल्सिनाले होटल व्यवसायी र सेवाग्राहीले आचारसंहिता आत्मसात् नगरेको बताए। परिषद्ले समयसमयमा अनुगमन गर्नुका साथै सुरक्षालाई कडाइ गर्न प्रहरी परिचालन गरिरहेको उनले जानकारी दिए। “आचारसंहिता पूर्ण रुपमा कार्यान्वयन गराउन अभ्यासरत छौँ । आचारसंहिता उल्लेख गरिएका बुँदाको पर्यन व्यवसायीले पालना गरी सहयोग गर्न अनुरोध गर्दछौँ”, उनले भने।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ०९:०३
##thamel #durbarmarga #kathmandu #business #nightlife #nightbusiness
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ३ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्